• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘श्रीमानलाई डोजर चलाउन सिकाएँ, व्यवसायी पनि बनाएँ’

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  ०५:४५
1140x725

काठमाडौं- सोमबार बुद्धनगरस्थित धोबिखोलामा एक जना महिला डोजर चलाइरहेकी भेटिइन्। 

नजिकै वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीका नाममा ठगिएका युवाहरुको खचाखच भीड लागिरहेको थियो। 

यो दृश्य नियालिरहेका केही बुढापाका मानिस भनिरहेका थिए, ‘नेपालमा काम नभएर होइन, काम गर्न लाज मानेर युवा विदेश जान्छन्, र यसरी दुःख पाउँछन्।  यी नानी जस्तै हिम्मत हुनुपर्छ देशमै काम गर्न त।’

डोजर चलाइरहेकी महिला हुन् गोरखा जिल्ला भिमसेन गाउँपालिकाकी मुना घिमिरे (श्रेष्ठ)। 

पुरुष सरह महिलाहरुले हेभी इक्विप्मेन्ट चलाउन सक्दैनन् भन्ने मानसिकतालाई मुनाले चिरिदिएकी छन्। २०५६ सालदेखि एक्साभेटर चलाउन थालेकी मुनालाई आफ्नो कामसँग गर्व लाग्छ।

‘एक्साभेटर चलाउन थालेको २० वर्ष भइसक्यो, म त्यतिबेला १७ वर्षकी थिएँ,’ उनले सुनाइन्। उमेर सानै भएपनि परिस्थितिले उनलाई परिपक्क बनाइसकेको थियो।

‘मानिसहरु अचम्म मानेर हेरिरहन्छन्। कतिले त तपाइँलाई गाह्रो हुँदैन भनेर पनि सोध्छन्। यसरी मेरो कामलाई सबैले अचम्म मानेर हेर्दा झन् झन् काम गर्न जोस् बढेर आउँछ। हामी महिला पनि पुरुषभन्दा के कमर?’ मुना मुस्कुराउँछिन्। 

हिम्मतले बनाएको एक्साभेटर अप्रेटर
सामान्य परिवारमा जन्मिएकी मुनाका परिवारमा आमाबुबा र दुई दिदी बहिनी मात्रै हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मुनाका आमाबुबाबाट छोरा नभएपछि गाउँका मानिसले उनीहरुलाई हेप्ने र होच्याउने गर्थे। सानै बेलादेखि तिमीहरुका छोरा छैनन्, यी छोरीहरु अर्काको घरमा गइहाल्छन् तिमीहरुलाई कस्ले हेर्छ भनेर मानिसहरुले आमाबुबालाई भनेको सुन्दा चस्स बिझाउँथ्यो मुनालाई। 

‘लैङ्गिक आधारमा छोरी भएर जन्मिए पनि छोराले जस्तै काम गर्न हिम्मत आट्नुु थियो। म पनि छोरा मान्छेभन्दा के कम’ गर्वका साथ सुनाउँछिन् मुना। त्यति बेलैदेखि उनलाई आफू पनि छोरा मानिस जसरी नै काम गर्ने हिम्मत जुट्दै गयो। 

‘म पनि छोराजस्तै बनेर सबैलाई देखाउँछु, छोराले जसरी नै आमाबुबालाई पाल्छु भन्ने सोच भएपछि मनमा हिम्मतको विकास हुँदै गयो,’ मुना सुनाउँछिन्। 

९ कक्षामा पढ्दापढ्दै पढाइ छाडेर उनी रोजगारीका लागि गाउँबाट नेपालगञ्ज तर्फ लागिन्। नेपालगञ्जमा उनले धेरै हेभी इक्विप्मेन्ट देखिन्। उनलाई हेभी इक्विप्मेन्ट देख्दा नै लाग्थ्यो मानिस ले कसरी चलाएका होलान्, सिकेँ भने मैले पनि सक्छु होला। 

विस्तारै एक्साभेटर (डोजर) चलाउने रहर विकास हुँदै थियो। त्यस्तै हेभी इक्विप्मेन्टहरुको मेसिन बेच्न राखिने कम्पनीमा उनले काम पाइन्। उनी डोजर चलाएको, गुडेको नियाली रहेकी हुन्थिन्, यो देखेपछि उनी कार्यरत कम्पनीका मालिकले मुनालाई भने, ‘ तिमी पनि डोजर चलाउन सिक्छ्यौँ?’

‘डोजर चलाउने रहर त पहिले नै लागिसकेकोे थियो तर पहिलो दिन सोध्दा केही पनि बोलिनँ,’ मुना सुनाउँछिन्।  

भोलिपल्ट पनि कम्पनीका म्यानेजरले उनलाई त्यसै गरी सोधे, मुनाले हिम्मत गरिन्, र आफूलाई डोजर चलाउने रहर भएको बताइन्। त्यसपछि सोही कम्पनीमा काम गर्दै बाँकी समयमा उनले डोजर चलाउन सिक्न थालिन्। 

पहिलो एक्साभेटर अप्रेटर भन्दा..
मुनाभन्दा अगाडी नेपालमा महिलाले एक्साभेटर चलाउने हिम्मत गरेका सायद कोही पनि महिला थिएनन्। ०५६ सालदेखि एक्साभेटर चलाउन थालेकी मुना नै नेपालको पहिलो एक्साभेटर चालक भएको उनको दाबी छ। 

‘डोजर चलाएको हेर्ने मान्छेहरुको निकै भीड लाग्थ्यो, मैले डोजर चलाएको देखेपछि अन्तरवार्ताका लागि मिडियाका क्यामेरा पनि बाक्लिन थाले। झन् झ्न खुसी बाक्लिन थाल्यो,’ मुना खुसी साट्छिन्। 

'डोजर चलाउने पहिलो महिला हुने हिम्मतकै कारण सम्मान, र प्रशंसा पनि पाइयो। आफ्नो कामप्रतिको लगाव, आत्मसन्तुष्टि र आम मानिसले गर्ने गरेको प्रशंसाबाट मुनालाई सबैभन्दा बढी खुसी मिल्छ,' उनले भनिन्। 

चुनौतीमाथि कामको विजय
१७ वर्षको उमेरदेखि डोजर चलाउन थालेकी मुनाले २१ वर्षको उमेरमा गोरखामै विवाह गरिन्। 

‘महिला भएर पनि के डोजर चलाउनु, छाड् त्यो काम भनेर कतिले आत्मबल गिराउन खोजे। तर मैले कसैको कुरा सुनिनँ, आफ्नो अडिग यसैमा राखेँ,’ मुना सुनाउँछिन्। ‘काम गर्न पनि महिला र पुरुष भनेर छुट्याइराख्नु पर्छ र?’ समाजलाई प्रश्न तेस्र्याउँछिन् मुना। 

आफूले डोजर चलाउन हिम्मत गर्दागर्दै पनि थुप्रै चुनौती सामना गर्नुपर्यो उनले। 

तर विवाहपछि काठमाडौं आएकी उनी काठमाडौंस्थित तेज कस्ट्रक्सनबाट व्यवसायिक रुपमा नै डोजर चलाउन सुरु गरिन्। 

श्रीमानलाई हेभी इक्विप्मेन्ट व्यवसायी बन्न प्रेरित गरेँ
आफू डोजर चलाउँदै मुनाले आफ्ना श्रीमानलाई पनि डोजर चलाउन सिकाइन्। बिस्तारै हेभी इक्विप्मेन्टसम्बन्धी आवश्यक पार्टपुर्जाकै व्यवसाय गर्न श्रीमानलाई प्रेरित गरिन्। 

‘म मेरो कामलाई निरन्तरता दिईरहेकी छु। श्रीमान् डोजर चलाउन पनि मैले नै सिकाएँ। अहिले व्यवसाय गर्नुहुन्छ। जिन्दगी राम्रोसँग चलिरहेको छ।’

सिनियर अप्रेटर बन्दाको खुसी
कक्षा ९ मा अध्ययन गर्दागर्दै नेपालगन्ज हिडेकी मुनाको जीवनमा जिम्मेवारीले थिच्दै गयो। विस्तारै मुनालाई फेरि पनि आफ्नो बिचैमा छोडिएको पढाइलाई अगाडी बढाउन मन लाग्यो। 

२०६८ सालमा उनी काठमाडौं कलंकीस्थित जनसेवा वैकल्पिक माध्यमिक विद्यालयमा भर्ना भइन्। एसएलसी परीक्षा दिइन्। सानैदेखि पढाइ पनि राम्रो भएकाले उनले एसएलसी पास गरिन्।

२०७२ सालमा उनले १२ कक्षासम्मको अध्ययन पनि सकिन्। त्यसपछि सिनियर अप्रेटर (सुब्बा लेभल) मा नाम निकाल्न सफल भइन् मुना। त्यो नै जिन्दगीको सबैभन्दा खुसी थियो मुनाको। तर त्यो खुशीलाई अर्कै दुःखले थिच्यो। 

‘म सरकारी जागिरे पनि भएँ, आमा पनि बित्नु भयो,’ मुना सुनाउँछिन्। आफू सरकारी जागिरे भएपछि छोराले जस्तै आमाबुबा पाल्ने सपना देखेकी मुनाको त्यो सपना भने पूरा भएन। 

सरकारी जागिरपछि आमाबुबा दुबै जना नै बित्नु भयो। उहाँहरुले मलाई दिनु भएको आर्शिवाद सम्भिएर म आफ्नो बाटोमा निरन्तर हिडिरहेकी छु। 

उनी हाल हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय बानेश्वरमा कार्यरत छिन्। 

‘आँट र साहस भएपछि जसले पनि जस्तो सुकै काम गर्न सकिन्छ। आफू लक्ष्यमा पुग्नका लागि निरन्तर मेहनत र लगाबको खाँचो पर्दछ।’ मुना हरेक महिलाहरुको प्रेरणाको स्रोत बन्न सक्छिन्। 

‘खाडीमा पसिना बगाउन महिलाहरु गइराख्नु भएको छ, आउनुस् न देशमै पसिना बगाऔं,’ मुनाको आग्रह छ। ‘म डोजर चलाएर पसिना बगाउँछु, पसिनाले दुख बगाएर खुसीको मुहान् रसाउँछ,’ उनी थप्छिन्।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्