• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आम मान्छेको कथा आम मान्छेले नै लेख्ने रहेछ : ललित विष्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  ०६:०७
1140x725

ललित विष्ट आफ्नो पहिलो कृति ‘मोहपथ’ लिएर बजारमा आउँदैछन्। यो कथासंग्रह हो। आफ्नै दुनियाँमा रमाउने लेखकमध्येमा पर्छन् उनी। एक दशकदेखि काठमाडौं केन्द्रित बसाइले उनलाई यही स्वभावमा रहिरहन थप बल दिएको छ। तर, उनको लेखकीय चेत भने डेरामा मात्र सीमित छैन। आफूजस्तै डेरामा बस्दै आएका, आफ्नै पागलपनमा रमाइरहेका र भ्रममा बाँचिरहेकाहरुसम्म पनि पुग्छ। कतिपय अवस्थामा भौतिक संसारभन्दा पर काल्पनिकतामा रमाउन समेत बानी परेको उनी सुनाउँछन्। मोहपथभित्र के छ त? यो पथसम्म आइपुग्नु पछाडिको अन्तर्य र नेपाली सहित्यमा कथाको स्थानका सम्बन्धमा विष्टसँग नेपाल लाइभका विमर्श कँडेलले कुराकानी गरेका छन्।

कथा लेखनसम्म कसरी तानिनुभयो?
मलाई सानैदेखि लाग्थ्यो, दुनियाँमा आफ्नो कथा लेखूँ। अधिकांश मान्छेको सपना पनि यही हुँदो हो। तर, म चाहिँ सपना देखिसकेपछि निदाउन सक्दो रहेनछु, न त ब्युँझिन नै। यही छटपटीले नै मलाई यहाँसम्म डोर्‍याएको होला।

कथा आफैंमा पुरानो र प्रमुखमध्येको एक विधा, त्यसमाथि कथासँग हरेकले बाल्यकालदेखिकै लगाव र सम्बन्ध रहिआएको बताउँछन्। तर, नयाँ सर्जकलाई औपचारिक रुपमा अर्थात् पुस्तक नै लिएर यहाँसम्म आइपुग्न सहज/असहज के हुने रहेछ?
लेखन र लगावको सवालमा मैले अघिल्लो प्रश्नमै स्पष्ट जवाफ दिइसकेको छु। यो बाटोमा धेरैका पैताला खिइसकेका छन्। मैले सहजता/असहजताको विषयमा नबोल्नु पर्ने हो। यद्यपि, म बोल्छु। हरेक कार्यका लागि पूर्णयोग (ज्ञान, कर्म र भक्ति) को आवश्यकता रहन्छ। पुस्तक लेखन अन्य कार्यभन्दा पक्कै जटिल कार्य हो। यसमा पूर्णयोगको अभाव नै प्रथामिक समस्या र असहजता हो भन्ने मेरो बुझाई रह्यो। बजार र प्रकाशन गृह कहिलेकाहीँ सहायक असहजता र समस्या बनिदिन्छन्।

नेपाली साहित्यमा पछिल्लो समय उपन्यासको बोलवाला छ। यस्तो समयमा कथासँग जोडिएर किन चुनौती मोल्नुभयो?
कुनै वर्ग र समुदायलाई आम मान्छेले साहित्य लेख्दा आपत्ति लागेको हुन सक्छ। यो समय आम मान्छेको कथा भन्ने समय हो। आम मान्छेले कथा लेख्नसक्छ। त्यही आम मान्छेको प्रतिनिधित्व गरेर कथा लेखेको हुँ।

यो समयमा ‘आतंक’ सिर्जना गर्ने होइन, बरु आम मान्छेबाट पनि आख्यान लेख्ने प्रयत्न भएको देखिन्छ। त्यही प्रयत्न नै सुन्दर कुरा हो। सफलता चाहिँ प्रयत्नपछिको प्रतिफल हो। त्यस विषयमा पछिल्लो पुस्ताले विश्लेषण गर्ला। अन्य आख्यानकारले झैँ मैले पनि प्रयत्न गरेको हुँ। त्यसैले आम मान्छेको कथा हामी आम मान्छेले नलेखे कसले लेख्ने?

उपन्यासको 'आतंक'मा कविहरु दिग्भ्रमित भए भन्ने प्रश्न थप पेचिलो बनिरहेको स्वयं कविहरु नै स्वीकार गर्छन्। के तपाईंलाई गजलबाट बर्हिगमित हुनुभएको भनियो भने स्वीकार गर्नुहुन्छ?
जीवन आफैंमा परीक्षण हो। आख्यान लेखन परीक्षण यो आफैंमा सुन्दर कुरा हो। यो समय अर्को महत्वपूर्ण कुरा पुँजी हुनसक्छ। यस कुरामा कविमात्रै पर्दैनन्, अरु विधामा कलम चलाइरहेका लेखक पनि आकर्षित छन्। मेरो व्यक्तिगत कुरा कि म गजलका बारेमा प्रष्ट छु। मैले राम्रो गजल लेख्न सकिनँ, न म राम्रोसँग खुल्न नै। म गजलबाट बहिरिएको कुरा सहजै स्वीकार गर्छु।

अब कृतितर्फै प्रवेश गरौं। ‘मोहपथ’ नाम आम लाग्दैन। यही शब्द नै कृतिको नाम रहनुको केही विशेष कारण छ कि?
‘मोहपथ’ शब्दको अर्थ मेरो व्यक्तिगत कुरासँग जोडिन्छ, त्यो व्यक्तिगत नै रहोस्। कृतिकै नाम रहनुको कारण के छ भने यसमा प्रस्तुत कथा भ्रम र पागलपनमा केन्द्रित छन्। सोही अनुकुल रहनेगरी कृतिको नामकरण भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

कृतिको नामले यसभित्र हुने सामग्रीलाई प्रतिबिम्बित गर्दछ। ‘मोहपथ’ जीवन र दर्शनसँग जोडिएको शब्द हो। संक्षेपमा भन्दिनुहोस् न के कथासंग्रह पढ्दै जाँदा पाठकले यही पेरिफेरिकै स्वाद चाख्न पाउने हुन्?
सुरुमै प्रष्ट पार्छु कि स्वादको विषयप्रति मभित्र कुनै सन्देह छैन। अब म मोहपथमा केन्द्रित हुन्छु। हामीसँग महाअँध्यारो व्याप्त छ। शिक्षा, स्वास्थ्य र रोजगारी निश्चित वर्ग अनुकूल छ। त्यही अनुकूलताभित्र नअटेका पात्र प्रतिकूलताको शिकार छन्। त्यहाँ भ्रम र पागलपनबाहेक के रहन्छ र? अन्य धेरै विषयवस्तु र पात्रलाई कृतिले व्याख्या गर्दछ। मेरो प्रयास यही पेरिफेरिमै रह्यो। अन्य स्वादको कुरा स्वयं पुस्तक पढ्ने पाठकमा निहीत कुरा हो। पाठक र पुस्तककै कुरा आइसकेपछि त्यसको नतिजा पाठकले नै दिन मिल्छ।

कथा क्षेत्रमा कलम चलाउन जोकोहीको सामर्थ्यले भेट्दैन। कथाको आफ्नै गति, यति र लय हुन्छ। एउटा बृहत् आयामलाई कथाको रुप दिँदा उपन्यास र फिचरको प्रभावबाट अलग राखेर लेख्नुपर्छ। यो चुनौतीका बीचमा ‘मोहपथ’को इन्जिनियरिङ कस्तो छ?
कति टाढा र अलग? यो दूरी मैले लेखेको पुस्तकमाथि मैले नै नाप्नु उपयुक्त नहोला। पुस्तकमा फिक्सनकै संयन्त्रहरु प्रयोग भएका छन्। ‘इन्जिनियरिङ’ भाषाकै शब्द प्रयोग गर्नुपर्दा विभिन्न विषयवस्तुमाथि यो पुस्तक मानवीय संवेगको नापतौल हो। उपन्यास र फिचरमा जडित व्याख्यानभन्दा पनि कथामै जडित हुने व्याख्यानलाई आत्मसाथ गर्ने मेरो प्रयत्न रहेको छ।

यसलाई अझै विश्वव्यापी रुपमा हेरौं। आन्तोन चेखब, गुई डी मोपासाँ र ओ हेनरीको समययताका कथाहरु हालसम्म जानी-नजानी यी तीन कथाकारले लेखेकै फ्रेमभित्र रहेर लेखिएको बताइन्छ। ‘मोहपथ’ले के यो फ्रेमबाट अलग दिशातर्फ आफ्नो पथ निर्धारण गरेको छ त?
तपाईंले उल्लेख गर्नुभएका प्रसिद्ध लेखकहरुले बाँचेको जीवन, सामाजिक परिवेश, समय, भाषा, धर्म आदिअदि र मैले बाँचेको जीवनमा पक्कै पनि ठूलो अन्तर छ। यही अन्तरबाट पनि लेखनीमा अन्तर हुन जान्छ।

Xtrem

Xtrem

फ्रेमको कुरालाई फ्रेममात्रै बुझौँ, उदाहरणका लागि फोटोफ्रेम लिऊँ। फ्रेमको आकारमा कति नै अन्तर भेटिन्छ र? महत्वपूर्ण कुरा त्यसभित्र राखिने वस्तुको हुँदो रहेछ। त्यसको आकृति, बनोट, ब्याकग्राउन्ड, खिच्ने शैली र प्रयोग गरिने प्रविधिले अन्तर ल्याउँछ। मैले जुन फ्रेम र फ्रेमभित्र राखेका साम्रागी छन्, ती हाम्रो जीवन, परिवेश र समयसँग सम्बन्धित छन्।

कथानकको कुरा गरौं। नेपाली कथाको इतिहास हेर्ने हो भने अधिकांश लेखकले आँसु, गरिबी, अभाव, भोक, सम्बन्ध, आक्रोश लगायतलाई नै कथानक बनाएका छन्। त्यसमाथि प्रस्तुति पनि परम्परागत मूल्यमान्यता र सीमाभन्दा बाहिर आउन सकेको छैन। ‘मोहपथ’मा यसबाहेकका विषयवस्तु तथा प्रस्तुतिमा केही काम भएका छन् त?
दुनियाँमा धनाढ्यको संख्या कति नै छ र? यसमा कुनै शंका छैन, अधिकांश मानिसको आर्थिक अवस्था औसतभन्दा माथि छैन। तिनै मानिसले अनुभूत गरेका संवेग के होलान्? प्रश्नमा उल्लेखित सबै शब्दहरुको गरिमा तिनै पात्रका जीवनसँग सम्बन्धित छन्। त्यसमाथि ती पात्रलाई न्याय दिन यीबाहेक अरु कुनै कथानक विकल्पमा छन् र? मलाई लाग्दैन। हुन सक्छ, अन्य कुनै प्रयोगको कथानक छनोट गर्दा कम प्रयोग गर्न सकिने होला। पूर्णतया उल्लेख गरिएका शब्दले इंगित गर्ने कथानक नआउने कुरा हुँदैन।

मोहपथका कथाहरु विषयवस्तु र प्रस्तुतिमा पनि फरक नै छन् भन्ने मेरो बुझाइ हो। सरुभक्त, कुमार नगरकोटी र अन्य धेरै लेखक हुनुहुन्छ, उहाँहरुको शैली र प्रस्तुति मलाई लाग्दैन, गुरुप्रसाद मैनालीको जस्तो। बरु जुन मात्रामा साहित्यमा प्रयोग हुनुपर्थ्यो, त्यो एकदमै कम प्रयोग भएको मान्न सकिन्छ। मैले पनि विषयवस्तु तथा प्रस्तुतिलाई मध्यनजर गरेर काम गर्ने कोशिस गरेँ। यस बारेमा थप स्पष्टीकरण पढेपछि नै मिल्छ होला।

लेखनको सकस र दबाब झेलेको लेखकले त्यसभन्दा पनि बढी पुस्तक प्रकाशनका क्रममा पापड बेल्नु परेको तथा प्रकाशकसामु विश्वास दिलाउन ठूलै परिश्रम गर्नुपर्ने अवस्था यथावत रहेको सुनिन्छ। मोहपथको पाण्डुलिपिले पुस्तकको आकार पाउन पनि लामो यात्रा तय गर्नुपरेको सुनेको छु। के अहिले पनि नयाँ तर क्षमतावान् युवा लेखकप्रति पनि प्रकाशन गृहको व्यवहार उस्तै छ?
अहिले टिकटकबाट समाजिक सञ्जालमा आएर कलाकार बनिरहेको समयमा पुस्तक छाप्न गाह्रो छ, मलाई लाग्दैन। हाम्रो लेखन नै कमजोर छ, थप अझै कमजोर रहेपछि स्वभाविक हो किताब बजारमा ल्याउन गाह्रो पर्छ। नयाँ लेखकमाथि लगानी गर्न प्रकाशन गृह केही हदसम्म डराउँछन्। तर, कुनै क्षमतावान् लेखक वा पुस्तक त्यति नै कुरामा अड्किएर बस्दैन।

सायद म अलिक जटिल र जिद्दी स्वभावको छु। मेरो यही व्यक्तिगत व्यवहारको कारण पुस्तक आउन लामो समय कुर्नु परेको साँचो हो।

कतिपय लेखक बजार, पाठकको अभिरुचि र सामान्य अध्ययनकै जगमा लहडमै यो बाटोसम्म आइपुग्छन् भनिन्छ। नयाँ लेखकले प्रकाशकको विश्वास नजित्नुमा यी कारण कत्तिका बलियो लाग्छन्?
हरेक कुराको पहिलो चरण नै अभिरुचि हो। अध्ययन हिँड्न चाहेको बाटोलाई बोध गर्ने माध्यम हो। कति टाढासम्मको बाटो तय गर्ने व्याक्तिगत कुरा हो। र, बजारीकरणले लेखक र प्रकाशक भ्रमित बनाउन सक्छ तर पाठक भ्रममा छैन। पाठक सहजै विश्वभरकै पुस्तक पढ्छ। यस मामलामा प्रकाशक पनि पहिले पाठक नै बन्दो हो। पहिले पाठक नै बन्न नसक्ने प्रकाशकले कुनै चोकमा गएर साग बेचे हुन्छ र लेखकले पनि प्रकाशककोबाट पाण्डुलिपि झिकेर प्रकाशनका लागि अरु नै स्रोत खोजे हुन्छ। प्रकाशकीय कार्य, सामूहिक कार्य भएकाले ढिलासुस्ति भने अवश्य हुन्छ। गम्भीर र सुन्दर लेखनले विश्वास दिलाउँछ नै।

बिक्री–वितरणको दृष्टिले लेखनमै लागिरहनका लागि हाम्रो बजार ठूलो कमजोरी र सीमा भने पक्कै हो।

नेपाली साहित्यमा विधाभञ्जन, विधामिश्रण र विधान्तरले कथा चेपुवामा परेको त स्वभाविक सत्य हो। यस्तो समयमा तपाईं जस्ता नयाँ कथाकारका सामु कथाको गरिमा कायम राख्न के–कस्ता चुनौती देख्नुहुन्छ?
हाम्रो समाजमा जस्तो जातीय र वर्गीय विभेद साहित्यमा हुँदैन। कुरा कमजोर र राम्रो लेखनको हो। विधाकै दृष्टिले कुन विधामा हाम्रो साहित्यको विशाल फैलावट छ र? छैन नि। बरु हाम्रो साहित्यलाई मान्न सकिन्छ कि यहाँ शोषकवर्ग छैन तर यहाँका सबै मानिस गरिब, अशिक्षित र रोगीजस्ता छन्।

राष्ट्रिय पत्रपत्रिकामा मुस्कुराएको ठूलै तस्बिरसहित आउने लेखकभन्दा नयाँ लेखकलाई प्रकाशनसम्बन्धी समस्या झेल्नुपर्ने हुन सक्छ। अन्य सीमाहरु सबै लेखकमा यथावत छन्।

अन्त्यमा, कथा लेखिन्छन्। कथाकारहरू आउँछन्। जान्छन्। तपाईंलाई पनि समयले कथाकार बनाउँदै छ। यसको दिगो प्रभाव पाठकमा परोस् भन्ने आधारहरू केके छन्?
गतिशीलता आदिम युगदेखि थियो र छ। सधैँ रहिरहन्छ पनि। दिर्घकाल मेरो हातमा छैन, बरु हातलाई दिर्घकालसम्म लैजाने कोसिस गर्न सकूँला।

समय मिलेको बखत ऐना हेर्छु। लाग्छ, म धेरै सुन्दर पुरुष होइन र दुनियाँको कुरुप पुरुष पनि होइन। निधारको सानो खत, अनुहारको सानो बनोट, गहुँगोरो हुलिया, झुसे दाह्री र मेरो सम्पूर्ण स्वरुपसँगसँगै मभित्र यथावत अनौठो महसुस गराउने जुन परिवेश छ। यिनै नै हुन्, मलाई म जस्तो बनाउने आधार।

भविष्य देख्न हरेक मानिस दौडिरहेको नै छ, देखिसकेको मानिस मैले भेटेको छैन। सायद भविष्यप्रति अनभिज्ञ छ। तर, अनुमानविहीन नै छ भन्न खोजेको होइन।

(लेखक विष्टको 'मोहपथ' शनिबार काठमाडौंमा विमोचन हुँदैछ।)

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्