• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अझै मधेस झरेनन् राजपाका ४ शीर्ष नेता

64x64
नेपाल लाइभ सोमबार, भदौ २६, २०७४  १०:४४
1140x725

सर्लाही– प्रदेश–२ मा स्थानीय तहको तेस्रो चरणको चुनावको सरगर्मी बढे पनि राजपाका ४ शीर्ष नेताहरु अझै मधेस झर्न सकेका छैनन्।

टिकट वितरणमा असन्तुष्टि बढेपछि ६ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाका शीर्ष नेताहरु मधेस झर्न हिचकिचाएका हुन्। राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका तीन शीर्ष नेता रहेका कारण पनि ‘हेडक्वार्टर’ मानिने सर्लाही जिल्लामै नेताहरु झर्न सकेका छैनन्। अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महत्तो र महेन्द्र राय यादव सर्लाहीका हुन्। यादव आइतबारमात्र सर्लाही झरेका छन् भने अन्य २ नेता काठमाडौंमै छन्।

प्रतिकूल अवस्थामा पनि सर्लाही–५ बाट प्रत्यक्ष चुनाव जितेका जंगीलाल राय यादव दलबलसहित बाहिरिएपछि स्थानीय कार्यकर्तामा रहेको असन्तुष्टि झेल्नुपर्ने अवस्था भएकाले शीर्ष नेता आफ्नै गृहजिल्ला झर्न हच्किएका हुन्। राजपा महासचिव समेत रहेका जंगीलाल आफ्ना पक्षका केही कार्यकर्तालाई टिकट दिलाउन नसकेपछि एमालेसँग मोलमोलाई गरी पार्टीबाट बाहिरिएका हुन्। उनी औपचारिक रुपमा एमाले प्रवेश गर्न भने बाँकी नै छ। एमाले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्का अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै जिल्ला झिकाएर जंगीलाललाई पार्टी प्रवेश गराउने तयारी भइरहेको छ।

पछिल्लो संविधानसभामा यादवले सर्लाही क्षेत्र–४ बाट चुनाव जितेका थिए भने ठाकुर र महतो क्रमश: क्षेत्र–६ र क्षेत्र–४ बाट पराजित हुन्। ठाकुर तराई मधेस लोकतान्त्रिक पार्टी, महतो सद्भावना र यादव तराई मधेस समाजवादी पार्टीका अध्यक्ष हुन्। 

राजपा अध्यक्ष मण्डलका अन्य नेतामा राष्ट्रिय मधेस समाजवादी पार्टीका शरतसिंह भण्डारी (महोत्तरी), मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादव र संघीय सद्भावना पार्टीका अनिल झा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश–२ का ८ वटै जिल्लामा टिकट वितरणमा विवाद भएका कारण यादव र झा मधेस झरेका छैनन्। भण्डारी भने आइतबार बेलुकी महोत्तरी पुगेका छन्। 

राजपा महासचिव तथा वीरगन्ज महानगरपालिकाका मेयर पदका उम्मेदवार राजेशमान सिंह उम्मेदवारहरु आफै सक्षम रहेकाले नेताहरु मधेस नझरेको दाबी गर्छन्। ‘उहाँहरुलाई आफ्नो पार्टीका इमानदार सिपाहीप्रति विश्वास छ, त्यसैले नआउनुभएको हो,’ उनले भने, ‘तर एकपटक आइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ। वीरगन्जमा एक दिन नभए पनि आधा दिनमात्रै आइदिनुस् भनेर मैले नेताहरु समक्ष कुरा पुर्याजएको छु। आशा छ चुनावअघि एकपटक आउनुहुनेछ।’

एकै हातका ५ औंला त समान नभएको अवस्थामा ६ पार्टी मिलेर बनेको राजपामा पनि केही असन्तुष्टि देखिनु स्वभाविक भएको सिंहले बताए। तर त्यसले खासै असर नपार्ने उनको दाबी छ। राजपाबाट मेयर पदका आकांक्षी पुराना नेता विमल श्रीवास्तव टिकट नपाएपछि रातारात पार्टी परिवर्तन गरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका छन्। 
राजपाका सर्लाही अध्यक्ष दिनेश राय बाँकी शीर्ष नेताहरु पनि चाँडै मधेस झरेर चुनाव प्रचारमा होमिने बताउँछन्। ‘निर्वाचन आयोगसँग सम्बन्धित केही कामहरु बाँकी रहेकाले काठमाडौं बस्नुभएको हो, अब चाँडै झर्नुहुन्छ,’ उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका दोस्रो तहका नेताहरु मधेस झरेर आफ्ना उम्मेदवारका प्रचारमा जुटिरहेका छन्। उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शनिबार र आइतबार वीरगन्जमै रहेर श्रीवास्तवको प्रचारमा जुटे। यस्तोमा दुई चरणको स्थानीय तहको चुनावमा सहभागी नभएको र तेस्रो चरणको चुनावलाई प्रतिष्ठाको विषय बनाएको राजपाका शीर्ष नेताहरु भने खासै सक्रिय देखिएका छैनन्।   

प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्