• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‍मा परराष्ट्र नीति हाक्ने ‘टावरिङ पर्सनालिटी’को खोजी

प्रधानमन्त्रीको युरोप भ्रमण र राजदूत नियुक्तिबारे सांसदबीच चर्काचर्की
64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  २०:५७
1140x725

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी युरोप भ्रमणलाई लिएर संसद्‍मा कुरा उठेको छ। 

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको परराष्ट्र मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिदै सांसदहरुले प्रधानमन्त्रीको भ्रमणको उपलब्धि खोजी गरे। 

प्रधानमन्त्रीको युरोप भ्रमणकै उपलब्धि खोज्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद नाराण खड्काले आफ्नो नीतिमा विदेशीलाई समेत ‘इन्गेज’ गर्न सक्ने ‘टावरिङ पर्सनालिटी’ चाहिएको कुरा उठाए। 

‘परराष्ट्र नीतिका लागि एउटा टावरिङ पर्सनालिटी पनि चाहिने रहेछ,’ उनको भनाइ थियो,  ‘जसले संवाद गर्न सकोस्। जसले छिमेकीलाई ‘इन्गेज’ गर्न सकोस्, आफ्नो  समयकालनमा विपी कोइरला त्यस्तो ‘टावरिङ पर्सनालिटी’ हुनुहुन्थ्यो।’

तर खड्काको त्यो भनाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिवाद्ध गरे। विपी ‘टावरिङ पर्सनालिटी’ रहेको भन्ने भनाईको खण्डन गर्दै उनले अहिले प्रधानमन्त्री ओली त्यस्तो व्यक्तित्व भएको दाबी गरे। 

‘यहाँ टावरिङ पर्सनालिटी नभएकाले भन्ने कुरा आयो,’ उनको भनाइ थियो, ‘दुनियाँका अगाडि नझुकिकन आफ्नो संविधान आफै निर्माण गर्ने र नाकाबन्दीलाई चुनौती दिन सक्ने टावरिङ पर्सनालिटी यसबेला कोही छ छ भने त्यो नेपालको अहिलेको प्रधानमन्त्रीमा छ।’

प्रधानमन्त्री ओलीको युरोप भ्रमणका साथै सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतबारे पनि कुरा उठाइए। सत्ताको नेतृत्व गरिरहेको दल नेकपा भित्रको विभिन्न समूहको इच्छा अनुसार गत २३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूतका रुपमा नियुक्तिका लागि  सिफारिश गरेको थियो। 

राजदूत नियुक्ति समबन्धी निर्देशिका समेत उल्लंघन भएको भन्दै सांसदहरुले सिफारिस भएका व्यक्तिको योग्यतामाथि समेत प्रश्न उठाए। 

Ncell 2
Ncell 2

सत्तारुढ नेकपाकै सांसद जर्नादन शर्माले समेत यसमा प्रश्न उठाए। ‘हाम्रा विदेशस्थित कुटनैतिक नियोग अनि त्यहाँ पठाउने राजदूतले नेपालका निम्ति के गर्नुहुन्छ?’, उनको प्रश्न थियो, ‘उहाँहरुले के गर्नुहुन्छ? हामीलाई थाहा छैन्। राजदूत नियुक्ति गर्ने योग्यता के हो  ? अन्त जागिर नपाएपछि राजदूत बनाएर पठाउने हो?’

सांसद रेनुका गुरुङले समेत यसमा प्रश्न उठाइन्। ‘राजदूत भनेको समस्त देशको प्रतिनिधि हो,’ उनको भनाइ थियो, ‘जसको ससानाको कुटनीतिक त्रुटिले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो असर पार्छ। योग्यता नपुगेकालाई राजदूत नियुक्ति गर्दा उनीहरुले देशको पक्षमा कसरी वकालत गर्न सक्छन्?’  हेरौं कसले के भने उनीहरुकै शब्दमा 

नारायण खड्का
परराष्ट्र मन्त्रालयलाई गाष्ठी, सेमिनारका लागि एक रुपैयाँ पनि विनियोजन गरिएको छैन। भूराजनीतिले पार्न सक्ने चुनौती समाना  गर्ने बारे कुनै तयारी भएको देखिएन। 

अहिले खाडी मुलुक द्वन्द्वमा पर्ने खतरा छ। द्वन्द्वको खतरा बढ्यो र नेपाली कामदार फर्किनु पर्यो भने के गर्ने भन्ने तयारी छैन।

सार्कको १९औं शिखर सम्मेलन अलपत्र छ। 

परराष्ट्र नीतिका लागि एउटा ‘टावरिङ पर्सनालिटी’ पनि चाहिने रहेछ,जसले संवाद गर्न सकोस्। छिमेकीलाई इन्गेज गर्न सकोस्। आफ्नो  समयकालमा बिपी कोइरला त्यस्तो टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो।  

भर्खरै प्रधानमन्त्री युरोप घुमेर आउनुभयो। बेलायतमा कामचलाउ प्रधामनमन्त्री थेरेसा मेसँग भेट्नुभयो तर गोर्खा सैनिकको समस्याका बारेमा खासै पहल भएन।

फ्रान्स जानुभयो, आउनु भयो। उपलब्धि के हो थाहा छैन। कुनै पनि राष्ट्र र सरकार प्रमख यहाँको भ्रमणमा आएको अवस्था छैन। खाली हाम्रो तर्फबाट मात्रै एकोहोरो भ्रमण भइरहेको छ। इपिजीको रिपोर्ट अहिलेसम्म भारतले अहिलेसम्म बुझेको छैन। लोकतन्त्रमा राष्ट्रिय सहमति भएन भने परराष्ट्र नीतिले काम गर्न सक्दैन। 

खगराज अधिकारी
जंगबहादुरपछि केपी ओली प्रधानमन्त्री तहमा बेलायतमा भ्रमण गरेको रेकर्ड बिहान रेडियोबाट सुन्नुपर्दा यो त होइन कि जस्तो लागेको थियो मलाई। 

प्रधानमन्त्री टुरिष्ट भए, घुमेर आए भन्ने छ। यो भ्रमणको के अर्थ छ र भन्न पनि भ्यायौं। यहाँ टावरिङ पर्सनालिटी नभएकाले यस्तो भयो भन्ने कुरा पनि आयो। दुनियाँका अगाडि नझुकिकन, आफ्नो संविधान आफैं निर्माण गर्ने र नाकाबन्दीलाई चुनौती दिन सक्ने टावरिङ पर्सनालिटी यसबेला कोही छ? छ भने नेपालको प्रधानमन्त्री हुनुहुन्छ। 

हामी खुद्रा कुरामा अल्झियौं भने दुनियाँले के भन्छ? परराष्ट्र नीतिमा हाम्रो समान धारणा हुनुपर्छ। असंलग्न परराष्ट्र नीति हाम्रो कुटनीतिको आधार हो। दुई छिमेकीका फरक शासकीय व्यवस्था, राजनीतिक प्रणाली छन्। तर, उनीहरुले लोभलाग्दो आर्थिक वृद्धि गरिहेका छन्। 

हो, यसै कारण न हामी भारतसँग नजिक हुन सक्छौं, न चीनसँग टाढा हुन सक्छौं। त्यस्तै न हामी चीनसँग नजिक हुन सक्छौं, न हामी भारतसँग टाढा हुन सक्छौं। 

हाम्रा हितमा भारतले काम गर्दैन, हाम्रा हितमा चीनले पनि काम गर्दैन भन्नेमा हामी पनि जानकार नै छौं। तर, उहाँहरुले हाम्रो हित विपरीत काम गर्न नसक्ने बनाउनु हाम्रो सफलता हो। यो काम अहिले भएको छ। 

देवप्रसाद गुरुङ
नेपाललाई विदेशीको खेल मैदान बनाउन खोजिँदैछ। भर्खर सुनिएको छ, कथित फ्री-तिब्बतका युवा कँग्रेसले बौद्धमा सम्मेलन गरे। कतिपय पश्चिमाहरु पनि भित्रभत्रै तालिम चलाइरहेका छन् भन्ने खबर आइरहेका छन्। तर हामीसँग सूचना छैन। त्यसलाई कसरी नियन्त्रण गर्ने? त्यो विषयमा ध्यान दिनुपर्छ। 

अध्यागमन कार्यालयको सफ्टवेयर आधुनिकीकरण गर्नका लागि पाइसिस भन्ने सफ्टवेयर सेट गर्न अमेरिकनहरुले लगातार दबाब दिए।

त्यो बेलाको सरकारले एक प्रकारको एमओयू पनि गरेको छ। त्यो एमओयू बदर गर्नुपर्छ। पाइसिस सफ्टवेयर होइन नेपाल आफैंले निर्माण गरेको सफ्टवेयर राखेर अध्यागमन अपडेट गर्नुपर्छ।

अध्यागमनमार्फत विदेशीहरुले गरेको चलखेल रोक्न काउन्टर इन्टेलिजेन्स संरचनाको विकास गर्न जरुरी छ।

इण्डो-प्यासिफिक योजना आइरहेको छ। सैन्य गठबन्धनको यो योजना विगतमा सोभियत संघलाई घेराबन्दी गर्न नाटोको जसरी प्रयोग गरिएको थियो त्यसैगरी भइरहेको छ।

एसियाको सभ्यतालाई ध्वस्त गर्न इन्डोप्यासिफिक रणनीतिक साझेदारी भनेर सैन्य गठबन्धनको सुरुवात भएको छ। 

पटक-पटक र प्रत्येक महिना अमेरिकन अधिकारी नेपाल आएर इन्डोप्यासिफिकमा प्रवेश गर्न दबाब दिइरहेका छन।

उनीहरुको नीति अनुसार जानुपर्यो भनेर उत्तर कोरियालीलाई निकाल्नुपर्यो भनेर नेताहरुको घरघर पुगेर दबाब दिइरहेका छन्।

यो हैसियत कहाँबाट पाए उनीहरुले? यो गठबन्धनमा हामी गयौँ भने नेपालको स्वाधिनताको प्रश्न गम्भिर संकटमा पर्नेछ। नेपालको स्वाधिनताको रक्षाको प्रश्न गम्भिर संकटमा पर्नेछ। त्यसैले यो विषयमा परराष्ट्रले गम्भीर हुदै पश्चिमाहरुको गतिविधि नियन्त्रण गर्न अनिवार्य छ।

अरुलाई तीन महिनाको भिसा दिइँदा अमेरिकनलाई ६ महिनाको र अन्य स्वयंसेवकहरुलाई एक वर्षको अनुमति दिइँदा अमेरिकीहरुलाई २ वर्षको किन?

अमेरिकनहरुलाई विशेष प्रकारको सुविधा दिँदै गइएको छ यसले प्रकारान्तरले इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकनहरुको गतिविध बढाउने कुरामा मलजल गर्छ। 

जर्नादन शर्मा
हामीले असंलग्नताको कुरा गरिरहेका छौं। असंलग्न परराष्ट्र नीति भन्छौं। दस्तावेजमा लेखेका पनि छौं। तर, यो असंलग्न परराष्ट्र नीतिको व्यवहारिक कार्यन्वयन गर्नुपर्छ। हामी कहिले एकदम दक्षिणसँग नजिक भएको जस्तो, कहिले उत्तरसँग नजिक भएको जस्तो गर्ने। अनि कहिले हामी पश्चिमतिर दौडिएको जस्तो किन देखिन्छ? यसले असंलग्नताको राम्रो चित्र दिइरहेको छैन।

यसबाट हामी थोरै पनि ढल्कियौं भने नेपालको हित हुन सक्दैन। हामी दृढतापूर्व राष्ट्रको हितमा उभिनुपर्छ। हामी कतै पनि ढल्किनु हुँदैन। 

कुटनैतिक नियोग, त्यहाँ पठाउने राजदूतले नेपालका निम्ति के गर्नुहुन्छ? उहाँहरुले के गर्नुहुन्छ? हामीलाई थाहा छैन? राजदूत नियुक्ति  गर्ने योग्यता के हो? अन्त जागिर नपाएपछि राजदूत बनाएर पठाउने हो? 

नेपालको शान्ति प्रक्रियाका बारेमा केही विदेशी राजदूत बोल्नुभयो। यसको बारेमा परराष्ट्रले के गर्यो‍?  हामीले केही जानकारी पाएनौं। परराष्ट्रलाई यो थाहा छ कि छैन? उहाँहरु त्यसरी बोल्ने हो कि होइन? 

कसलाई हामी थुन्छौं, कसलाई हामी के गर्छौं भन्न पाइन्छ कि पाइदैन? यसको बारेमा परराष्ट्रले के गर्यो‍ जनताले थाहा पाउनु पर्दैन त्यो कुरा? 

हामी हाम्रो संविधानअनुसार चल्ने हो। कसैको वक्तव्यबाजीमा चल्ने होइन। त्यसका बारेमा प्रश्न उठेको छ, त्यसको उत्तर सरकारले त दिनुपर्छ नि। 
पुष्पा भुसाल
परराष्ट्र मन्त्रालयले स्वतन्त्र भएर आफ्नो काम गर्न सकिरहेको छैन। प्रधानमनमन्त्री कार्यालयको छायाँ मन्त्रालय जस्तै भएको छ। जुन उचाईमा परराष्ट्र मन्त्रालय पु¥याउनुपथ्र्यो, त्यसमा पुग्न सकेको छैन। विदेशी नियोगमा भएको खर्चको अडिट भएन। 

दिव्यमणी राजभण्डारी
विदेशी शक्तिहरुले एसिया-प्यासेफिकको नाममा कोरियाको संस्कार, कोरियाको परिस्थितिमा हस्तक्षेप गर्यो‍ भन्ने यहाँ कुरा पनि आयो। 

२०३ वर्षपछि २०३ वर्षअघिको सबभन्दा शक्तिशाली प्रधानमन्त्री जंगबहादुरपछि यसपाली हाम्रो प्रधानमन्त्री ज्यूको औपचारिक बेलायत भ्रमण भयो। उपलब्धी के भयो? 

हाम्रा कार्यकारी प्रधानमन्त्रीले त्यहाँका राज्यप्रमुख एलिजावेथसँग पनि भेट्नु भएन्, उपलब्धी के? कहाँ जंगबहादुर अनि दुई तिहाई मत भएको हाम्रो प्रधानमन्त्रीको भ्रमणमा के भयो?

हामीले गोर्खाहरुको करा गरिरहेका थियौं। गोर्खाहरुले भोगेको अत्याचारको, दुखकोबारे हामीले बारम्बार कुरा उठाइ रहेका थियौं। अचम्म लाग्छ, हामीले ठूला-ठूला कुरा त गर्छौं तर देश र जनतालाई जसले दुःख पाएका थिए त्यसका भोगीहरुको कुरा के भयो?

मलाई आज लाग्छ, परराष्ट्र मन्त्रालयको कुरा गर्छौं यो सवारी मन्त्रालय जस्तो भएको छ। परराष्ट्र मन्त्रालयभित्र युरोपको ८१ देश हेर्नका लागि केवल ३ जना मात्रै कर्मचारी छ। कसरी भ्याउँछ के भइरहेको छ भन्ने कुरामा? 

हाम्रा नियोगहरुको क्षमता के छ? कसले विकास गर्ने ती कुराहरुमा? कसरी विकसित गर्ने भन्ने कुरा केही पनि छैन। व्यापार घाटा व्यहोरिहेका छौं त्यसका लागि नियोगले के गरिरहेका छन्? 

संयुक्तराष्ट्र संघ, र्साक, विम्स्टेकमा हाम्रो रोल के छ? 

राजदूतहरु नियुक्ति गर्ने एउटा निर्देशिका बन्यो। आफैं बनाउने आफैं लागू नगर्ने? हाम्रो विडम्बना हो यो। 

रेनुका गुरुङ
कुनै पनि देशको वैदेशिक नीति निर्धारण गर्दा आर्थिक र भूराजनीतिलाई आधार लिएता पनि विशेष गरि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखिन्छ। खै त हाम्रो राष्ट्रिय स्वार्थ‍?

यदि हाम्रो राष्ट्रिय स्वार्थमा सार्वभौमिकता, सुरक्षा र एकता पर्छ भने खुल्ला सिमा व्यवस्थापनका लागि किन बजेट बिनियोजन भएन्? सरकारले सगरमाथा संवादमा एक करोड खर्च गर्दैमा राष्ट्रिय हित प्रवद्धन हुन्छ? सिमा क्षेत्रमा मिचिएको भूमि फिर्ता गरि जनताको जिउ धनको सुरक्षा गर्नु यो दुई दिहाइ सरकारको दायित्व होइन् र? कालापानी, सुस्ता अतिक्रमण विवादबारे सरकार किन मौन रहेको छ?

राजदूत भनेको समस्त देशको प्रतिनिधि हो। जसको ससानाको कुटनीतिक त्रुटि पनि अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो असर पार्छ। योग्यता नपुगेकालाई राजदूत नियुक्ति गर्दा उनीहरुले देशको पक्षमा कसरी वकालत गर्न सक्छन्? 

शान्ति सेनामा नेपालको उल्लेख्य सहभागिता छ। तर, संयुक्त राष्ट्रसंघको उच्चस्तरीय प्रतिनिधित्व भएको छैन्। नेपाली फौजको शान्ति सेनमा उच्च प्रतिनिधित्व भएको छैन।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४२ सयले घट्यो सुनको मूल
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै
सम्बन्धित सामग्री
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको... बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा शुक्रबार, माघ २३, २०८२
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै शुक्रबार, माघ २३, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्