• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सशस्त्र द्वन्द्वको घाउ : खेलौना खुसीमा जब दाहिने हात गुम्यो

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १५:३५
1140x725

सशस्त्र द्वन्द्वताका लुकमतिका घरमा माओवादी कार्यकर्ता दिनहुँजसो आइरहन्थे। द्वन्द्वको उत्तरार्द्ध भएकाले होला गाउँघरमा माओवादी कार्यकर्ता बाक्लै देखिन थाले। हतियार बोकेका उनीहरुका झोलामा बम पनि हुन्थे। 

२०६२ चैत्रको घटना हो। लुकमति डाँगी एक दिन घर छेवैमा भाइसँग खेलिरहेकी थिइन्। त्यतिबेला उनको उमेर ४ वर्षको थियो। भाइ थियो २ वर्षको। छोरीको भरमा सानो छोरालाई छोडेर शेरबहादुर दम्पती मेलापात लागे। लुकमति भाइलाई खेलाउन व्यस्त थिइन्। खेल्दाखेल्दै उनले अनौठो चिज भेट्टाइन्। उनलाई लाग्यो त्यो कुनै नौलो चिज खेलौना हो। भाइलाई त्यतै छोडेर उनी भेटेको त्यो चिज  लिएर खुसी हुँदै घर आइन्। लुकमति घर गएको देखेर उनको भाइ पनि पछिपछि गए। जब लुकमतिले घरभित्र पुगेर त्यो चिज खेलाउन थालिन्। एक्कासि निकै ठूलो आवाजमा उक्त वस्तु विस्फोट भयो। त्यसपछि के भयो लुकमतिलाई थाहा छैन।

OOO

इन्जिनियर बनाउने धोको थियो बुबाको। के पढ्दा के भइन्छ भन्ने चेतना विकास भएकै थिएन लुकमतिको। 'बुबासँगै गाउँबाट सदरमुकाम आएर ओभरसियर पढ्न थालेँ। प्रयोगात्मक अभ्यास बढी गर्नुपर्ने। कहिलेकाहीँ त एउटा हातले मात्रै काम गर्नुपर्दा धौ हुन्छ,' बाल कल्याण प्राविधिक शिक्षालय रोल्पामा सब इन्जिनियर पढ्दै गरेकी लुकमतिले सशस्त्र द्वन्द्वमा गुमाएको हात देखाउँदै भनिन्, 'अलिक कठिन काम साथीहरुको सहयोगमा गर्दै आएकी छु। 

बम विस्फोटको त्यो घटनापछि रोल्पा नगरपालिका ९ कर्तमका शेरबहादुरले घाइते छोरी लुकमतिलाई हतारहतार जिल्ला सदरमुकाम लिबाङ ल्याए। जिल्ला अस्पतालले नेपालगन्ज रिफर गर्‍यो। नेपालगन्जले पनि बिरामीको संवेदनशीलता देखेर काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठायो। 

अस्पतालले रेफर गर्दा छोरी बाँच्ने आशा मारिसकेका थिए शेरबहादुरले। तर पनि सास हुँदासम्म आस त गर्नैपर्‍यो। उनी छोरीलाई बोकेर नेपालगन्जबाट हवाई यात्रा मार्फत काठमाडौं गए। टिचिङ अस्पतालमा छोरीलाई भर्ना गरे। तीन महिनासम्म टिचिङ अस्पतालमै उनको उपचार गरियो। 

गरिबीका कारण घर बनाउन सकेकाले शेरबहादुर अर्काको घरमा बस्दै आएका थिए। एउटा सानो झुप्रो बनाउने योजना थियो उनको। यस्तैमा छोरीमाथि यस्तो बज्र प्रहार भयो। दुहुनो भैंसी, कुखुरा, खसीबोका सबै बेचेर छोरीको उपचार गरे। उपचारमा ४ लाखभन्दा बढी खर्च भयो। गाउँलेहरुले चन्दा उठाएर  संकलन गरेको १० हजार हस्तान्तरण गरेका थिए। सम्पत्तिको नाममा पाखो जग्गामात्रै थियो। 

लुकमतिको दायाँ हात बमले उडाएको थियो। शरीरका अन्य अंगमा पनि चोट लागेको थियो। लामो उपचारपछि लागेको चोटपटक त निको भयो तर चुँडिएको हात जोडिने कुरै भएन। अपांग छोरी लिएर तीन महिनापछि घर फर्किए शेरवहादुर। आशा मारिसकेकी छोरी निको भएर घर फर्केको देखेर परिवारका सबै सदस्य खुसी भए। लुकमतिलाई हेर्ने गाउँलेहरुको भिड लाग्यो।

nimb
nimb
Ncell 2
Ncell 2

घाइते लुकमतिलाई सरकारले एक लाख राहत दिनेबाहेक अन्य कुनै क्षतिपूर्ति प्राप्त भएको छैन। घाइते अपांगलाई दिने राहत मध्ये ५० प्रतिशत राहत पाएकी थिइन् उनले। विद्यालय अध्ययन गर्दा वार्षिक १५ हजार छात्रवृत्ति पाउँथिन। अहिले रोल्पा नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्ति सहयोगमा उनको इन्जिनियरिङ पढाइ चलिरहेको छ।

उनलाई माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वबारे केही पनि जानकारी छैन। घरमा बुवाआमाले कुरा गरेको सुनेर माओवादी युद्धबारे थाहा पाएकी हुन्। 

'घटना हुँदा म ४ वर्षकी थिएँ। त्यसको केही समयपछि शान्ति प्रक्रिया सुरु भएको रहेछ। त्यस कारण माओवादी युद्धबारे म जानकार हुन पाइनँ,' लुकमतिले सम्झिइन्, 'भाइँसँग खेलिरहेको बैला एक्कासि बम पड्किएको घटनासम्म थाहा पाउँछु।'

साथीहरुसँग लुकमति

आफ्नो उपचारमा भएको सबै सम्पत्ति सिध्दिएको उनले पछि मात्रै थाहा पाइन्। अहिले उनीहरुसँग फुसको छानो भएको एकतले घर छ। 

सशस्त्र युद्धमा आफू जस्तै शरीरका अंग गुमाएका घाइते तथा अपांगहरुलाई राज्यले उच्च शिक्षासम्म नि:शुल्क पढाउनुपर्ने उनको माग छ। 'पढाइपछिको रोजगारीमा पनि घाइते/अपांगहरुलाई प्राथमिकता दिनुपर्छ,' उनी भन्छिन्।

लुकमतिहरुको कष्ट
लुकमति जस्ता शसस्त्र द्वन्द्वमा अंगभंग हुने रोल्पालीको संख्या ठूलो छ। स्थानीय शान्ति समितिको अभिलेख अनुसार ५ सय ९५ जना घाइते अपांगले राहत लिइरहेका छन। तीमध्ये ७७ जनाले मासिक रुपमा जीवन निर्वाह भत्ता लिने गरेका छन्।

विशिष्ट श्रेणी र प्रथम श्रेणीको त्यस्ता अपांगलाई राज्यले मासिक रुपमा निर्वाह भत्ता उपलब्ध गराउँछ। यसका साथै थप ५९५ जना घाइते अपांगहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम शतप्रतिशतसम्म  राहत लिएको स्थानीय शान्ति समिति रोल्पाका पूर्वसंयोजक खिमबहादुर कवरले जानकारी दिए। 'न्यूनतम राहत लिनेले २० हजार र अधिकतम राहात लिनेले २ लाखसम्म रकम बुझेका छन्,' संयोजक कवरले भने। 

सशस्त्र द्वन्द्वमा लुकमतिहरुले सग्लो शरीर त गुमाए। उनीहरुको जीवन पनि सहज छैन। द्वन्द्वमा सहभागी भएर अंगभंग भएका मात्र नभई लुकमति जस्ता द्वन्द्वमा सहभागी नभएर पनि घाइते हुनेहरुको संख्या रोल्पामा पनि निकै ठूलो छ। उनीहरुको शिक्षादीक्षा र जीवनयापनमा समेत राज्यबाट सहयोग हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्