• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दिशाहीन बहसमा बालश्रम

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  १५:००
1140x725

आज जुन १२ अर्थात् 'अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवस'। विश्वभर बालश्रम निवारण सम्बन्धी जनचेतना जगाउने र सरोकारवला सबै निकायलाई एक ठाउँ उभ्याउने  उद्देश्यले सन् २००२ देखि हरेक वर्ष जुन १२ को दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षका लागि 'चिल्ड्रेन सुडन्ट वर्क इन फिल्ड, बट अन ड्रिम्स' भन्ने नाराका साथ विश्वभर यो दिवश मनाइँदैछ। 

नेपाल लामो राजनीतिक संक्रमणकालबाट गुज्रिएर स्थायीत्वको राजनीतिक दिशातर्फ लम्किरहेको मुलुक भएकाले नेपालमा धेरै समस्या अझै पनि छन। त्यस्तै समस्यामध्ये एक हो बालश्रम। नेपाल लेबर फोर्स सर्वे २००८ अनुसार नेपालका कुल बालबालिकामध्ये ५१ प्रतिशत अर्थात् १६ लाख बालबालिका श्रममा छन्। जसमध्ये तथ्यांकले ६ लाख बालबालिका जोखिमपूर्ण बालश्रममा रहेको देखाउँछ। 

बालश्रमको मुल विषयमा मात्रै होइन यसका अन्य पाटा यातायात, गलैंचा, इँटाभट्टा लगायतका क्षेत्रहरुमा बालश्रम कागजी रुपमा अत्यन्त कडा छ तर कार्यन्वयन शुन्यसरि।

नेपाली बालबालिकाहरु श्रममा जानुको मुख्य कारक गरिबी र चेतनाको स्तरलाई मान्ने गरिन्छ। नेपालमा औपचारिक र अनौपचारिक दुवै थरीका श्रममा बालबालिका संलग्न रहेको पाइन्छ भने विशेषगरी यातायात, इँटाभट्टा, कलकारखाना र कृषिमा संलग्न रहेको पाइन्छ। नेपालमा बालश्रम निवारण गर्ने उदेश्यले आइएलओले लामो समय आइपेक नामक कार्यक्रम सञ्चालन गर्‍यो। बालश्रम  निवारण सम्बन्धी नीति निर्माणमा यो जुटेको थियो। आइपेक विश्वभर सञ्चालन भएको आाइएलओको सफल कार्यक्रममध्ये एक भएको आइएलओको दाबी छ। तर त्यो दाबी नेपालमा सही साबित हुन नसकेको यथार्थ छ। 

लेखक

नेपाल बालअधिकार र बालश्रम सम्बन्धी अन्तरराष्ट्रिय मूल्य र मान्यतामा हस्ताक्षर गर्न र अनुमोदन गर्न छुटेको बिरलै नै होला। बालअधिकार सम्बन्धी महासन्धि सन् १९८९ लाई हस्ताक्षर र अनुमोदन गरिसकेपछि नेपालले आइएलओ महासन्धि नं १३८ र महासन्धि नं १८२ मा समेत हस्ताक्षर र अनुमोदन गर्न सफल भइसकेको छ। सोही व्यहोराहरुलाई कार्यान्वयनार्थ बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ जारी गर्नसमेत सफल भएको छ। जसले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने स्पष्ट कानुनी व्यवस्था गरेको छ। आज त्यो ऐन लागू भएको २० वर्ष भएको छ तर त्यस ऐनलाई कार्यन्वयन गर्ने अख्तियारी पाएको श्रम मन्त्रालयलाई गएर प्रश्न सोध्ने हो भने कागजी उपलब्धिबाहेक श्रमिक बालबालिकाको जीवनस्तरसँग जोडिएका कुनै पनि पक्षसँग सन्तुष्ट हुन सक्ने अवस्था छैन। 

२०६२ देखि २०७२ सम्मको गुरुयोजनाको शून्य सफलतासँगै हाल २०७५ देखि २०८५ सम्मको गुरुयोजना सञ्चालनमा छ। तर, एक वर्ष बितिसक्दा यसको समेत सकरात्मक उपलब्धि देखिँदैन। 

नेपालमा श्रम मन्त्रालय र आइएलओ मात्रै होइन थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरु यो क्षेत्रमा काम गर्छु भनी समाजकल्याण परिषदमा दर्ता भई क्रियाशील छन्। तर कागजी उपलब्धिबाहेक कुनै पनि संस्था बालश्रमको विषयमा संवेदनशील भएर काम गरेको पाइँदैन। नेपालमा यो समस्याको मुख्य चुनौती भनेको अधिकारमुखी वकालतकर्ताहरुको अतिवादी विचार हाबी हुनु हो। भोको पेट र गरिबीको समस्या भोगिरहेका जनस्तरमा गएर चेतनाको नाममा अधिकारको पाठ पढाउनु मुर्खता हो। त्यसैगरी, अधिकारको वकालतका नाममा बिलासिताको सुविधा लिँदै तारे होटल र चिल्ला पानाहरुमा सुन्दर अक्षरले गरिएका वकालत व्यर्थ छ। 

पछिल्लो उदाहरण, बालबालिका सम्बधी ऐन २०७५ र मुलुकी ऐन देवानी संहिता २०७४ मा भएका बालश्रम सम्बन्धी त्रुटिपूर्ण व्यवस्थाहरु लाई लिन सकिन्छ। 

Ncell 2
Ncell 2

बालश्रमको मुल विषयमा मात्रै होइन यसका अन्य पाटा यातायात, गलैंचा, इँटाभट्टा लगायतका क्षेत्रहरुमा बालश्रम कागजी रुपमा अत्यन्त कडा छ तर कार्यन्वयन शुन्यसरि। सवारी ऐनले १८ वर्ष मुनिका व्यक्तिलाई सहचालकको रुपमा काममा लगाउन नपाइने र सहचालकको परिचयपत्र अनिवार्य गरेको छ। नेपालका इँटाभट्टाहरु २०७५ सालमा भव्य समारोहका बीच श्रम मन्त्रालयकै उपस्थितिमा बालश्रम मुक्त घोषणा गरिएका छन्। गलैंचा कारखानामा बालश्रम प्रयोग भएको पाइएमा त्यस कारखानाको उत्पादन बिक्री वितरणमा रोक लगाउनेसम्मको नियम छ। श्रम ऐन २०७४ ले समेत बालबालिकालाई श्रममा लगाउन नहुने व्यवस्था गरेको छ। यद्यपि, यो उपलब्धिविहीन यात्रामै छ।

आइपेक कार्यक्रमसँगै नेपालले बालश्रम निवारण गर्न गुरुयोजनासमेत बनायो। २०६२ देखि २०७२ सम्मको गुरुयोजनाको शून्य सफलतासँगै हाल २०७५ देखि २०८५ सम्मको गुरुयोजना सञ्चालनमा छ। तर, एक वर्ष बितिसक्दा यसको समेत सकरात्मक उपलब्धि देखिँदैन। 

मानव दासत्वको सबै रुपको अन्त्य भइसकेको अवस्थामा बालश्रम रहनुले समग्र हाम्रो समाजको वास्तविकता चित्रण गर्दछ। यसका लागि राज्यले विशेष कदम चाल्न जरुरी देखिन्छ।

बालबालिकालाई काममा लगाउन सजिलो हुने र बालबालिका सानो प्रलोभनमा समेत धेरै काम गर्ने भएकाले बालश्रमिक राख्ने गरेको पाइन्छ। ती सिप सिकाउँछु भन्नेहरु आफ्ना छोराछोरीलाई सिप सिकाउन किन ल्याउन सक्दैनन त्? पढेर को ठूलो हुन्छ र भनेर बालबालिकालाई श्रममा लगाउने शोषकका सन्ततिहरु पढ्नकै लागि किन विदेश गएका छन् त?

केही वर्षअअघि लगनखेल-रत्नपार्क रुटको माइक्रोबसका ११ वर्षीय सहचालकमाथि ग्यारेजमा केही ड्राइभर र वयस्क सहचालकहरुले जबरजस्ती अप्राकृतिक मैथुन गरी पाटन अस्पतालमा उपचारार्थ भर्ना गर्नुपरेको समाचार बाहिर आएको थियो। त्यस्तै , नेपालगन्जको होटलमा काम गर्न बसेकी १३ वर्षीया बालिका सोही होटलका साहुबाट बलात्‍कृत भएको सार्वजनिक भएको थियो। गत वर्ष मात्रै काठमाडौं नेपालटारमा एक होटलमा काम गर्ने बालिका ग्राहकबाटै बलात्‍कृत भइन्। यी त प्रतिनिधि घटना मात्रै हुन्। आज पनि पलपलमा जोखिम मोल्दै श्रम गर्न बाध्य छन् नेपाली बालबालिकाहरु। इँटाभट्टाका नाइकेहरु बालश्रमिक ओसार्न विद्यालयमै मोटर लिएर पुग्छन्।

यसर्थ, राज्य बालश्रमको मुद्दामा संवेदनशील हुन जरुरी छ। कानुन तथा नीति निर्माणमा भएको उपलब्धिलाई संस्थागत गर्न व्यावहारिक लागू गर्नु अपरिहार्य छ। बालश्रमलाई सामाजिक अपराध र कानुनी रुपमा दण्डनीय हो भन्ने कुरा कागजी मात्रै होइन व्यावहारमा उतार्न हाम्रो सोच र कार्यशैली बदल्न अति आवश्यक छ। मानव दासत्वको सबै रुपको अन्त्य भइसकेको अवस्थामा बालश्रम रहनुले समग्र हाम्रो समाजको वास्तविकता चित्रण गर्दछ। यसका लागि राज्यले विशेष कदम चाल्न जरुरी देखिन्छ। अझै पनि गन्तव्य तिर हामी कर्मशील भएर नलाग्ने हो भने यस्ता दिवसहरु मात्रै मनाइनुले बालश्रम र बालअधिकारलाई सदैव गिज्याइरहेकै हुनेछ। यसका लागि विषयगत समितिलाई बलियो बनाउने, गुरुयोजनालाई लागू गर्न स्पष्ट कार्यक्रमहरु गर्ने  एकीकृत कार्ययोजना बनाई एकीकृत कोषबाट आर्थिक व्यवस्थापना गर्ने व्यवस्था लागू हुन जरुरी छ। 

(लेखक बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक हुन्। तस्बिर dukenepaltour बाट साभार)

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सुधा र बब्लुले लिए मन्त्रीको शपथ, विवादका कारण खगेन्द्र र गणपतिलालको रोकियो आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ : अमेरिकाले दियो नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्