काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल–अमेरिका र यूएईबीच आजदेखि सुरु भएको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो ।
अमेरिकाका लागि दुई जना ब्याटरले अर्धशतकीय इनिङ्स खेले । ओपनर समित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका उनले ९ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् ।
यस्तै मिलिन्द कुमारले ५० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७० रन बनाए । साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सुभम रजनीले १९, हरमित सिंहले ८ बलमा अविजित १६, आन्द्रे गौस र सायद जहांगिरले ११/११ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।