न्युयोर्क- निकै वटा रेकर्ड बनाएको द लुइस फन्सी र ड्याडी यांकीको स्पेनी भाषी गीत ‘डेस्पासिटो’ अर्को रेकर्ड बनाउनबाट चुकेको छ।
खासमा जस्टिन बिबर फिचरिङ ‘डेस्पासिटो’ बिल्बोर्डको हट १०० को चार्ट नम्बर १ मा १६ सातासम्म रहेपछि १७ औं साताका लागि पनि पहिलो नम्बरमै रहने छाँटकाँट थियो। तर टेलर स्विफ्टले एमटिभी भिएमए म्युजिक अवार्डमा सार्वजनिक गरेको ‘लुक ह्वाट यू मेड मी डू’ले हट १०० चार्टको १ नम्बरबाट तल झारेपछि ‘डेस्पासिटो’ले नयाँ रेकर्ड बनाउन सकेन।

‘डेस्पासिटो’ले यसअघि सन् १९९५ मा मराया केरीको ब्वाइज टु मेनसँगको गीत ‘वन स्विट डे’ले १६ सातासम्म बिल्बोर्डको हट १०० चार्टमा १६ सातासम्म पहिलो नम्बरमा रहको रेकर्डसँग बराबरी मात्र गर्न सक्यो।
बिल्बोर्डले १७ औं सातामा ‘डेस्पासिटो’लाई स्विफ्टको ‘लुक ह्वाट यू मेड मी डू’ले तल झारेको जनाएको छ। स्विफ्टको आगामी एल्बम ‘रेप्युटेसन’को यो गीतले एक दिनमा सर्वाधिक लाइभ स्ट्रिमिङ सहित केही रेकर्ड ब्रेक गरिसकेको छ। यो गीतअघि स्विफ्टका ४ गीत बिल्बोर्ड हट १०० चार्टको पहिलो बनिसकेका छन्।
‘डेस्पासिटो’को ओरिजिनल भर्सनले भने युट्युबमा अलटाइम मोस्ट स्ट्रिम्ड भिडियोको रेकर्ड बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।