• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'रचनात्मक सहयोग पाए जनतामा पूर्ण रुपमा समर्पित हुनेछु'

64x64
नेपाल लाइभ बुधबार, पुस ५, २०७४  ०६:२९
1140x725

हरिराज अधिकारी गोरखा १ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका उनले २९ हजार ८ सय ६० मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत मात्रै पाए।

अधिकारी पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि अधिकारीसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई नै रोज्नुको कारण के हो?

जनताले मलाई गोरखा १ का सांसद बनाए। उनीहरुले गोरखा १ का समस्या हल हुन्छ भन्ने विश्वासमा मलाई रोजेका हुन्।

तपाईंलाई नै जिताएर हल गराउनुपर्ने त्यहाँ के समस्या छ?

एउटा बेनीघाटदेखि चीनको बोर्डरसम्मको बाटो छ। त्यसलाई नेपाली सेनाले अहिले खनिरहेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनालाई जिम्मा दिनुभएको थियो, त्यो एउटा गतिमा गएको छ। त्यसलाई पूरा गर्नुपर्ने छ। बुढी गण्डकी अलि अलपत्र परेको छ। के हो, के हो जस्तो भएको छ। वर्तमान सरकारका निर्णयले अलि अन्यौलको सिर्जना गरेको छ। त्यसलाई अगाडि बढाउनुपर्नेछ। त्यस्तै यहाँ गोरखकाली, मनकामना जस्ता धार्मिक ऐतिहासिक थलो पनि छन्, तिनीहरुको सम्बर्द्धन र विकास गर्ने र पर्यटक ल्याउने कुरा पनि छन्। धार्मिक र सांस्कृतिक सम्पदा र हिमाली ट्रेकिङमा पर्यटकको आगमनको सम्भावना छ। यसले पर्यटन उद्योग फस्टाउने सम्भावना छ। कृषिलाई व्यवस्थित बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारका कुरा पनि छन्। म त्यही क्षेत्रमा जन्मेर हुर्केर पार्टी राजनीतिमा लागेको हुनाले यो जनताकै छोरो हो र यसले जनताको हित गर्छ भनेर मलाई विश्वास गरेका हुन्।

पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?

यो देखेको, सुनेको र जानेकै कुरा हो। जनयुद्धको जगमा संविधानसभा आयो। र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायो। हाम्रा साथीहरु पटकपटक त्यहाँ गइसक्नुभइएको छ। त्यसैले म पनि त्यहाँ गएर अलि भिन्न ढंगले जनताको प्रतिनिधित्व गर्नुपर्छ भन्ने ठानेको छु। यो संसदीय प्रणाली अलिकति पूर्ण छैन। पूर्ण समानुपातिक हुँदाखेर सबै जाति क्षेत्र वर्ग भाषा धर्म लिंगको प्रतिनिधित्व हुनेथ्यो। खर्चिलो र भड्किलो निर्वाचन प्रणाली मैले देखेको छु। यो केही खराबीका कारण संसदीय व्यवस्थाका खराबीका खराबीहरु पनि देख्न, बुझ्न र सिक्न पाइने भइयो। मूलतः त्यहाँ गएर जनयुद्ध र जनआन्दोलनका कारणले पैदा भएका परिवर्तनका कुरा जेजे छन्, यसका पक्षमा जनप्रतिनिधिका रुपमा अलि भिन्न ढंगले सेवा र सहयोग गर्न पाइन्छ भन्ने कुरामा म तयार नै छु।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो संसद् राम्रो कुराले भन्दा नराम्रो कुराले बदनाम छ। त्यो हामीले बहुदलीय व्यवस्थाको सुरुवातदेखि नै देखेका छौं। तपाईं पनि पुराना सांसदजस्तै बदनाम हुनुहुन्न भनेर जनतालाई कसरी विश्वस्त तुल्याउनुहुन्छ?

नराम्रो मात्रै छ भन्ने मलाई लाग्दैन। कैयौं कुरा राम्रा पनि छन्। कैयौं कुरामा कमजोरी पनि छन्। नेपाली पत्रकार क्षेत्रले पनि ख्याल गर्नुपर्ने कुरा पनि छन्। यो चौथो अंग भएकाले देश र जनताको सकारात्मक मन खोलेर भन्नुपर्छ। स्वतन्त्र निर्णय गर्नुपर्छ। यो मेरो सुझाव छ। राजनीतिमा अलि ढिलो भएको हो तर राम्रै भइरहेको छ। राजतन्त्र गयो र गणतन्त्र आयो। संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीका र सामाजिक न्यायका पक्षहरु बिस्तारै हाबी हुँदै गएका छन्। परम्परागत राजनीतिक शक्तिहरु बिस्तारै कमजोर हुँदै गएका छन्। नयाँ-नयाँ सम्भावना आएका छन्। त्यसैले सांसद पूर्ण नभए पनि नराम्रो छ र बदनाम छ भन्ने मलाई लाग्दैन। 

मैले बदनाम कुन अर्थमा भनेको हुँ भने, तपाईंहरुले सशस्त्र युद्ध सुरु गर्दा तत्कालीन सांसदको कतिपय कमजोरीबाट आफूप्रति जनतम र सहानुभूति बटुल्नुभएको थियो। तपाईंहरुकै शब्दमा पनि त्यो बदनाम संसद् थियो। अहिले तपाईंहरु त्यसकै खेलाडी भइसक्नुभएको छ। अब बदनाम हुनुहुन्न भनेर कसरी आश्वस्त पार्नुहुन्छ?

तपाईंले भनेको संसद् र यो संसद् फरक हो। त्यो बेलामा सामन्तवादी राजतन्त्र थियो। राजाको निगाहमा संसद्, सरकार र संविधान लगायतका सबै कुरा थिए। त्यसैले हामीले युद्ध थालेको बेलाको संसद् र अहिलेको संसद् एउटै कुरा हुँदै होइन। तर यो पूर्ण छ भनेर म भन्दिनँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसदका रुपमा तपाईंले तत्काल गर्ने कामहरु केके हुन्?

मेरो आफ्नो केही पनि छैनन्। म कम्युनिस्ट कार्यकर्ता हुँ, जनताको छोरा हुँ। पार्टी राजनीति गरेर आएको हुँ। चुनावी जित र हारले मेरो राजनीतिक यात्रालाई कुनै फरक पार्दैन। म निरन्तर नै जनताको पक्षमा लागिरहन्छु। एउटा सांसदको रुपमा राज्यसत्ताको शक्ति प्रयोग गरेर जनताको हितमा हुनसक्ने सम्भावित कामहरु सबै गर्नेछु। त्यसको लागि म प्रतिबद्ध पनि छु। सकारात्मक र रचनात्मक सहयोग भयो भने म जनताको पक्षमा आफूलाई पूर्ण रुपमा समर्पित गर्नेछु। 

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्