• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चाहना र बहानाको भुमरीमा बाबुराम

64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  १४:४५
1140x725

संघीय समाजवादी फोरमसँग एकता गरेपछि कांग्रेस र कम्युनिस्टले विश्राम लिनुपर्ने अभिव्यक्ति दिए डा. बाबुराई भट्टराईले। उनको भनाइ मान्ने हो भने अहिलेका सत्तारुढ दल र प्रमुख प्रतिपक्षीले राजनीति त्यागेर वैकल्पिक शक्तिलाई बाटो खुला गरिदिनुपर्छ।

तर पुरानो सिद्धान्त र पुरानो इतिहास बोकेको दलको विस्थापन खोजिरहेका भट्टराई स्वयंसँग पनि गतिलो योजना र सिद्धान्त भने देखिँदैन। व्यवहार र उद्देश्यको त कुरै नगरौं। वैकल्पिक शक्तिको नाममा देउवा र प्रचण्ड-ओलीझैं ठूलो दलको उपल्लो पद हासिल गर्नुमा केन्द्रित छ बाबुरामको उद्देश्य। 

भट्टराई एक यस्ता पात्र हुन् जो शैक्षिक हिसाबले सँधै सफल र पहिलो रहे। सम्भवतः उनको यही योग्यतालाई माओवादीले जनुयुद्धताका राम्रैसँग प्रयोग गर्‍यो। अर्काेतिर राजनीतिको यो उचाइमा आइपुग्न भट्टराईले पनि माओवादीलाई राम्रै प्रयोग गरे।

तिनै पार्टीबाट उनी देशको प्रधानमन्त्री पनि भए। तर कार्यकाल सफल रहेन। संविधान बनाउन सकिनँ भने प्रधानमन्त्री पदबाट तुरुन्तै राजनीमा दिन्छु भनेका भट्टराईले सत्तालोलुपता राम्रै देखाए। सत्तालोलुपताले उनको लोकप्रियताको ग्राफ मात्र घटेन, माओवादीन साख पनि क्रमशः गिर्दै गयो।

दोस्रो संविधानसभाको निर्वाचनमा बाघबाट बिरालोको आकारमा खुम्चिन पुग्यो। तर अध्ययनको क्रममा पहिलो भएको भट्टराईको मनोविज्ञानले राजनीतिमा पनि पहिलो हुन मात्र खोजेको देखिन्छ। उनको यो चाहना प्रचण्डको छत्रछायामा बसेर सम्भव थिएन। तसर्थ उनले वैकल्पिक शक्तिको आवश्यकता औंल्याए।

सधैं पदमा बसिरहन खोज्ने नेताहरुको चाहना जनताको चाहनाका बाधक हुन्।

निश्चय नै अहिले जनता राजनीतिक दलको व्यवहारदेखि आजित छन्। तर यथार्थ के पनि हो भने राजनीतिक दल आफैंमा एक अमूर्त संस्था हो। यसलाई चलाउने तथा अगाडि बढाउने भनेको व्यक्ति नै हुन्। समस्या अमुक राजनीतिक दल हैन। खास पार्टीको संरचना र सिद्धान्तको हवाला दिंदै आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुने नेताहरु चाहिं समस्या हुन्। सधैं पदमा बसिरहन खोज्ने नेताहरुको चाहना जनताको चाहनाका बाधक हुन्।

तसर्थ विस्थापन राजनीतिक दल वा सिद्धान्तको हैन। निश्चय नै सिद्धान्त पनि समयसापेक्ष बनाउँदै लानुपर्छ। तर ठूलो समस्या भनेको सिद्धान्त र दलको हैन। बाचुञ्जेल राजनीतिमार्फत शक्ति आर्जन गर्न खोज्ने सोचको हो। दुर्भाग्य भन्नु पर्छ, यस्तो सोच डा. भट्टराईमा पनि अन्य नेताको भन्दा कम छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

समाज विकास क्रममा राजनीतिको योगदान सबभन्दा माथि हुन्छ। कुनै निश्चित सूत्र वा विधिमा नबाँधिने समाजलाई राजनीतिको अमुक सिद्धान्तले स्वतः अगाडि बढाउँछ भन्ने हुँदैन। समाजलाई नेतृत्व प्रदान गर्न कुनै दल विशेष तथा त्यसको सिद्धान्त भन्दा बढी नेताको नैतिकता र त्यागको भावना महत्वपूर्ण हुन्छ राजनीतिमा।

लोकतन्त्रको निम्ति आन्दोलनताका नेताले त्याग नदेखाएका पनि हैनन्। तर आन्दोलन सफल भएपछिको राजनीतिक जीवनमा भने नैतिकता र त्यागमाथि खिया लाग्दै गयो। आन्दोलनको उद्देश्य र मर्मलाई नेता आफंैले कुल्चेर अघि बढे।

गिरिजाप्रसाद कोइरालाले आफू जीवित भइञ्जेल कांग्रेस मेरो मुठीमा हुनुपर्छ भन्ने व्यवहार देखाए। नेकपाका सहअध्यक्ष प्रचण्ड बेला–बेला पद मेरो लागि केही हैन भन्छन्। तर उनले पार्टीको उपल्लो पद छोड्न सकेका छैनन्।

वैकल्पिक शक्तिको आवश्यकता औंल्याउने बाबुराम भट्टराईको भित्री चाहना एउटा प्रभावकारी दलको नेतृत्व लिनु नै हो। त्यसको रणनीतिक कदम माओवादी र प्रचण्डभन्दा भिन्न सोच र सिद्धान्तको आवश्यकतामार्फत पुष्टि गर्न खोजे। नयाँ रणनीति अपनाउँदै गर्दा उनले प्रचण्ड र माओवादीको औचित्य छैन भने। तर अफसोच, जनताले बाबुरामकै पार्टीको औचित्य आवश्यक ठानेनन्। यसको अर्थ बाबुरामले भनेको अलग बाटोको औचित्य पनि छैन भन्ने नै हो। 

प्रधानमन्त्री हुनुभन्दा अघिसम्म देशलाई गति दिनसक्ने एक मात्र नेता बाबुराम भट्टराई हो भन्ने एकथरी मानिसको सोच थियो। विशेषतः सहरी युवामा यो खालको सोच थियो। तर संक्रमणकालीन समयमा प्रधानमन्त्री भएका उनले जनताको यो विश्वास कायम गर्न सकेनन्।

सांसद हुनकै लागि मात्र कांग्रेससँग चुनावी तालमेल गरेको बाबुरामले प्रमाणित गरे। 

संविधान बनाउने कामको अगुवाइ गर्न नसके प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु भनेका उनले संविधानसभा नै विघटन गरे। तर प्रधानमन्त्री पदबाट राजीनामा दिनचाहिं चाहेनन्। यसले उनी पनि अन्य नेताझैं पदकै पछाडि दौडिएका हुन् भन्ने प्रमाणित गर्‍यो। वैकल्पिक राजनीतिको नारा लगाएपछि उनले पुराना दलको औचित्य नभएको दावी गरे। तर निर्वाचनमा आफ्नो विजय निश्चित गर्न तिनै दलसँग चुनावी एकता गर्न हिच्किचाएनन्। 

माओवादी र एमालेको (पार्टी एकताको घोषणासँगै चुनावी एकता तय भएपछि) सँग मिलेर चुनाव लड्न तयार भए। आफूले रोजेको निर्वाचन क्षेत्र नपाएपछि उनी एमाले र माओवादीको चुनावी गठबन्धनबाट बाहिरिए र कांग्रेससँग गठजोड गर्न पुगे। कांग्रेससँगको गठजोडले उनी स्वतन्त्र संघीय सांसद हुन सफल भएका छन्। तर सांसद भएपछि कांग्रेससँगको सहकार्य तोडेर आफू सांसद हुनकै लागि मात्र कांग्रेससँग चुनावी तालमेल गरेको भन्ने प्रमाणित गरे। 

समय क्रममा बाबुरामको वैकल्पिक शक्तिमाथि उनकै सहयात्रीले विश्वास गरेनन्। वैकल्पिक शक्ति भन्दै हिँडेका उनका कति सहयात्री राजनीतिक भविष्य सुरक्षित गर्न प्रचण्डकै पार्टीमा फर्किए। तीमध्ये कति आज नेकपाको सांसद छन्। जनमतले पनि वैकल्पिक शक्तिलाई अनुमोदन गरेन। बाबुरामको तत्कालीन नयाँ शक्तिले कुनै छवि निर्माण गर्न सकेन। भलै नेपाली राजनीतिको परिदृश्यमा बाबुरामको बौद्धिक छवि आजपनि कायम छ। तर उनले खोजको शक्तिशाली नेताको स्थान भने दिलाउन सकेन वैकल्पिक राजनीतिको फन्डाले।

शक्तिशाली हुने उद्देश्य अनुरुप बाबुरामको नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग एकता गरेको छ। तर प्रश्न छ, संघीय समाजवादी उनले खोजेजस्तै वैकल्पिक राजनीतिक शक्ति हो? निश्चय नै हैन। एकतापछि बाबुरामसँग वैकल्पिक शक्तिको पैरवी गर्ने नैतिक धरातल पनि साँघुरिएको छ। किनकि, संघीय समाजवादी फोरमका मुद्दाहरु बाबुरामको आर्थिक मुद्दाहरु भन्दा फरक छन्। संघीय समाजवादीका नेता त्यो मुद्दामा छन्, जुन मुद्दाको छिनाफानो भइसक्यो भन्नेमा बाबुराम तथा नयाँ शक्ति पार्टीको निष्कर्ष थियो।  

उनले खोजको शक्तिशाली नेताको स्थान भने दिलाउन सकेन वैकल्पिक राजनीतिको फन्डाले।

संविधान निर्माणपछि वैकल्पिक शक्तिको चर्चा राम्रैसँग उठ्यो। तर यो जनमानसको आवश्यकतावोध कम र वौद्धिक विलास बढी थियो भन्ने कुरा तीन तहको निर्वाचन परिणामले देखाइसकेको छ। तसर्थ राजनीतिक दलको रुपान्तरणको हो। कुनै नयाँ राजनीतिक दलको उदयको हैन। राजनीतिक दलको रुपान्तरणको लागि समस्या दल विशेषले अंगिकार गरेको सिद्धान्त हैन। पार्टी राजनीतिबाट विश्राम लिन नचाहने नेताको लोभ र त्यस अनुकुलको पार्टी संरचना निर्माण हो। यसमा खाँचो भनेको त्यागको राजनीति नै हो।

पार्टीमा सधैं सीमित नेताको नेतृत्व भए, त्यसका गतिविधि पनि शास्त्रीय ढाँचाका हुन पग्छन्। तर पार्टी रुपान्तरणको लागि नयाँ सोचको पनि आवश्यकता हुन्छ। जसको लागि नेतृत्व बदलिनुपर्छ। नेतृत्व बदलिनका लागि नेताले निश्चित समयपछि राजनीतिबाट विश्राम लिनुपर्छ।

एक समयको ठूलो राजनीतिक दलको उपाध्यक्ष र प्रधानमन्त्री भइसकेको बाबुरामले पनि यो त्याग देखाउनु राम्रो हो। पार्टीमा नयाँ नेताको आगमनसँगै केही न केही नयाँ काम हुन्छन्। त्यसले पार्टीका गतिविधि र क्रियाकलापमा बदलाव ल्याउँछ। 

विकल्प पुराना राजनीतिक दलको हैन। भट्टराई जस्तै पुराना हँुदै गएका नेताको हो। पुराना नेता नयाँ कुरा त गर्छन्। तर व्यवहारमा उतार्न अत्यन्तै अनिच्छुक हुन्छन्। यो कुरा बाबुराम जस्तो बौद्धिक नेताले पक्कै पनि बुझेका छन्। तसर्थ अब उनले चाहना र बहनाको पेन्डुलम भएर धेरै बस्नु हुँदैन। नैतिकता प्रदर्शन गर्दै राजनीतिबाट विश्राम लिनुपर्छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्