• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बढेको ३ प्रतिशत भ्याट घटाउने माग सरकारले सुन्दै सुन्दैन : अञ्जन श्रेष्ठ [भिडियो वार्ता]

64x64
नेपाल लाइभ सोमबार, जेठ २७, २०७६  १६:४६
1140x725

सरकारले आगामी आर्थिक वर्ष विकास खर्चको अनुपात बढाउँदै आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित आगामी आव २०७६/०७७ बजेट संसदमा प्रस्तुत गरिसकेको छ। बजेटमार्फत् सरकारले करका दरमा खासै परिर्वतन गरेको छैन। तर, दायरा भने बढाउने लक्ष्य अगाडि सारेको छ।

बजेटसँगै उत्साही भएको निजी क्षेत्र भने बजेटसँगै आएका नियम कानुनपछि भने फेरि शंसशित भएका छन्। यही परिवेशमा नेपालका उद्योगी/व्यवसायीको भविष्य, करको दर, अटो मोबाइल्स व्यवसायका चुनौती र विद्युतीय सवारीका विषयमा लक्ष्मी ग्रुपका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानी:

निजी क्षेत्रको व्यापार/व्यवसाय कसरी अघि बढ्दै छ?
निजी क्षेत्रका व्यापार व्यवसायमा केही चुनौती अवश्यै छन्। सरकारले ती चुनौती कम गर्न सहजीकरण गर्नु नै सबैभन्दा आवश्यक छ। त्यसका लागि निजी क्षेत्रप्रति सरकारले गर्ने व्यवहार परिवर्तन गर्नु महत्वपूर्ण विषय हो। 

सबैभन्दा पहिले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिको हैसियतमा मैले भन्नुपर्दा उद्योग सरकारलाई उद्योग चाहिएको हो कि होइन भन्ने कुरामा 'क्लियर' हुन आवश्यक छ।

अर्कोतर्फ भुत्तानी असन्तुलनका कुरा पनि गरिरहेको छौं। विगत केही वर्षदेखि भुक्तानी असन्तुलनका चुनौती बढ्दै गएका कुरा गरिरहेका छौं। हामीले चिन्ता मात्रै गरिरहेका छौं। तर, यसका लागि हामीले के गरिरहेका छौं त भन्ने प्रश्न ठुलो हो।

भुक्तानी असन्तुलनका समस्या समाधान कसरी गर्न सकिन्छ त? कि त हामीले खपत घटाउनु पर्‍यो। कि खाना कम खाने वा आयात कम गर्ने हो। कि त यहीँको उत्पादन बढाउने हो। हामी कृषिप्रधान देश केही समयअघिसम्म कृषि उपज निर्यात गर्थ्यौं। तर त्यही कृषि उपजको पनि आयात बढ्दो छ।

सरकारले अहिले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ। २०४८ सालमा नेपालमा खुला बजार अर्थतन्त्र लागू भएपछि आजसम्म आइपुग्दा अझै पनि हामी उद्योगीले अनुदान मागेको होइन। हामीले त उद्योगमा प्रतिस्पर्धी हुने सक्ने आधार मागेका हौं।

उद्योगीका संस्थागत मागका विषयमा सरकारले गम्भीर भएर हेरिदिनु पर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

माग हेरेर समाधान गरिदिने हो भने नेपाल निश्चिय पनि औधोगिकीकरणमा अघि बढ्छ।

हाम्रो खुला 'बोर्डर' छ। हामीकहाँ भ्याट १३ प्रतिशत छ। भारतजस्तो असमान करको दर भएको देशले त आज सबैलाई एकै ठाउँमा ल्याएर समान कर बनाइसकेको छ। तर, हामीकहाँ भने अझै पनि सबै वस्तुमा १३ प्रतिशत भ्याट लाग्ने गरेको छ। 

व्यवसायीले त 'मल्टिपल भ्याट' लगाइदेउ भनेर माग पनि गरेका हौं। अहिलेसम्म राज्यले सुनेको छैन।

केही वस्तु व्यापार प्रतिस्पर्धी छैन। जस्तै खाद्य प्रोसेसिङलगायतका वस्तुको व्यापार प्रतिस्पर्धी छैन। यी वस्तुमा हामीलाई प्रतिस्पर्धा गर्न असहज भयो। त्यसैले भ्याट कम गरिदेउ भनेका छौं। तर, सरकारले सुन्दै सुन्दैन।

पहिले १० प्रतिशत भ्याट थियो। सरकारले त्यसलाई शान्तिसुरक्षाको नाममा थप ३ प्रतिशत जोडेर १३ प्रतिशत लिने निर्णय गरेको हो। शान्ति सुरक्षा व्यवस्थापन गर्न भनेर थप गरिएको कर अझै पनि किन हटाउँदैन त सरकार? अब त ढिला भइसकेको छ। तर पनि किन हट्दैन?

हामीले यो विषय आफ्नै नाफा बढाउनका लागि व्यवसायीले उठाइरहेका छैनौं। यो त हामीले प्रतिस्पर्धी बन्नका लागि हो।

बजेटले केही माग त सम्बोधन गरेको छ भन्छन् नि?
बजेटले केही विषयमा सम्बोधन गर्न खोजेको छ। यसका लागि हामीले सरकारलाई धन्यवाद दिनै पर्छ। सरकारले संकटमा पर्न लागेको कपडा उद्योगीलाई विद्युत महसुल र ब्याजदरमा केही अनुदान दिएको छ। यो स्वागतयोग्य कुरा हो। यसकारण नै अब स्वदेशी लगानीमा सञ्चालन भएका कपडा उद्योग प्रतिस्पर्धामा आउन सक्छन्।

कपडा उद्योगसँगै सरकारले संकटमा परेका अन्य  उद्योगका विषयमा पनि कसरी समाधान खोज्ने भने विषयमा जानुपर्‍यो। तर, त्यो हुन सकेको छैन।

जस्तै हिजोका दिनमा सिमेन्ट उद्योगलाई केही सहुलियत दिँदा आज सिमेन्टमा देश आत्मनिर्भरको बाटोमा पुगेको छ।

सरकारले जहिले पनि अनुदान तथा सहुलियत दिँदा यस्तै गरी छनोट गर्नुपर्छ। हामी अझै पनि भन्छौं, पहिले पनि भनेका हौं। आफैं सक्षम भएको उद्योगमा विदेशी लगानी चाहिँदैन।

अहिले हामीलाई चाहिएको लगानी पूर्वाधार विकासमा नै हो।

यो क्षेत्रमा हामीलाई ठुलो लगानी चाहिएको छ। जुन हामीबाट सम्भव छैनन्।

करका विषयमा किन सँधै व्यवसायी  र सरकारबीच मतभेद आइरहन्छ?
सरकारले हामी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न आवश्यक छ। कानुन सबैले मान्नुपर्छ। कानुनभन्दा बाहिर कोही पनि जान सक्दैन। हामी व्यवसायी पनि जादैनौं। जान पनि हुन्न। भुलबस कहिलेकाँही कमी कमजोरी भएको अवस्थामा यी अपराधी नै हुन् जस्तो गरिने व्यावहरमा परिर्वतन आवश्यक छ।

नीतिनियम बनाइएको दुःख दिनका लागि त पक्कै होइन होला? नीतिनियम त सहजताका लागि बनाइएका हुन् भन्ने मेरो बुझाइ हो। व्यवसायीले पनि खुसीका साथ कर तिर्ने वातावरण बन्नुपर्छ। यो हिसाबले पनि कानुन बनाइनु पर्‍यो नि!

प्रक्रियागत जटिलता ल्याएउनले काम गर्नु हुँदैन। करका प्रावधान पनि सरल र सहज हुनपर्छ। निश्चय पनि हामी व्यवसायीले राज्यको नियमअनुसार त व्यापार व्यवसाय गरेपछि कर त तिर्नैपर्छ। हामी पनि तयार छौं। त्यही भएर हामीले सरल र सहज हुन पर्छ भनेका हौं।

मुख्य कुरा त व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण परिर्वतन हुन आवश्यक छ। कर्मचारीले हेर्ने दृष्टिकोणसँगै समाजले हेर्ने दृष्टिकोणमा नै परिर्वतन आवश्यक छ। यो देशमा हामी व्यवसायीको पनि योगदान छ।

हामीले पनि सामाजिक आर्थिक रुपान्तरणका लागि योगदान गरेका छौं। अरु सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी बहन गरेका छन् भने हामी व्यवसायीले पनि यो मुलुकका लागि दायित्व बहन गरेका छौं।

कुरा के हो भने, हामी व्यवसायीको प्रतिफल भनेको नाफा हो। नाफालाई कहिल्यै पनि गलत रूपमा व्याख्या गर्नु हुँदैन। जहाँ नाफा छ, त्यहीँ व्यवसायी हुन्छ। त्यसका कुनै द्विविधा नै छैन। द्विविधामा रहनु पनि पर्दैन। व्यवसायी नाफासँग नै छ। हामी व्यवसायीको प्रतिफल नै त्यही हो। नाफालाई उचित र अनुचितका कसीबाट हेरिदिनु हुँदैन।

तपाईंको त अटो-व्यवसायसँग झन् बढी सम्बन्ध छ। कस्तो छ अहिले अटोमोबाइल्सको व्यापार?
लक्ष्मी ग्रुपले अटो-मोबाइल्सका क्षेत्रमा पनि काम गर्दै आएको छ। त्यसमा पनि नेपाली बजारमा लोपप्रिय भइसकेको हुन्डाई गाडीको आधिकारिक बिक्रेता पनि यही ग्रुप हो। 

अहिलेको अवस्थामा अटो व्यवसाय क्रमशः घट्दो छ।

यो क्षेत्र अघिल्लो मौद्रिक नीतिपछि  मध्यवार्षिक समीक्षाभन्दा अगाडि तथा यो वर्षको दशैंतिहार पछि व्यवसाय खस्कँदो छ।

राष्ट्र बैंकले अटो क्षेत्रमा लगानी गर्नका लागि निरुत्साहित गर्ने गरी जुन प्रावधान ल्याइदिएको थियो, यसले यो क्षेत्रमा समस्या थपिएको छ। ६५ प्रतिशतसम्म अटो लोन जारी हुने अवस्थालाई राष्ट्र बैंकको सर्कुलरले ५० प्रतिशतमा झारेपछि यो क्षेत्रमा समस्या आएको हो।

अहिले सबै व्यवसायीसँग स्टक बढेको छ। बिक्री हुन सकेको छैन। यो क्षेत्रमा गतवर्षको हिसाबले हेर्ने हो भने ३० प्रतिशतले व्यापार कम भएको छ। 

पहिलो कुरा त व्यवसाय गर्न लोन पाउन सक्ने अवस्था छैन। बैंकहरु लगानीयोग्य पुँजीको अभावमा छन्। 

यी विषयसँगै हामीले सवारी कर्जा, सवारीको गुणस्तर, विद्युतीय गाडीको सम्भावनालगायतका विषयमा श्रेष्ठसँग गरेको कुराकानीको विस्तृत अंश भिडियोमा:

भिडियो र तस्बिर–निमेशजंग राई

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्