एजेन्सी- फरहान अख्तरको मुख्य भूमिका रहेको 'लखनऊ सेन्ट्रल' रिलिजका क्रममा रहेको छ। फिल्मलाई लिएर उत्साहित रहेका अख्तरले जमाना कन्टेन्टयुक्त फिल्मको भएको धारणा राखेका छन्।
'कथा राम्रो छैन भने त्यो फिल्म सानो सहरमा खिच्नुस् या ठूलो सहरमा, वा विदेशमै किन नहोस्; चल्न सक्दैन। तपाईं केहीबाट प्रभावित हुन चाहनुहुन्छ भने त्यो कन्टेन्टवाला फिल्मबाट मात्र हुन सक्नुहुनेछ,' उनले भने, 'जब हामी विषयप्रधान फिल्मको कुरा गर्छौं वा अन्य कुनै देशको कथा लिन खोज्छौं, त्यतिबेला त्यहाँ के भइरहेको छ, बुझ्नु जरूरी छ। किनकि ती हाम्रा कथा होइनन्।' आफ्नै कथा, पात्रहरू र विषयमा ध्यान दिए मात्रै राम्रो फिल्म बन्ने उनले धारणा राखे।
फरहानको 'लखनऊ सेन्ट्रल'ले अन्यायपूर्ण ढंगले हत्याको आरोप लागेको युवकको कथा भन्छ। फिल्म वास्तविक घटनाबाट प्रभावित छ। फिल्म यसै साता रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।