• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'राजनीतिमा रहेका महिलालाई त पितृसत्तात्मक प्रवृत्तिले सताउँछ, आममहिलाको अवस्था के होला?'

64x64
नेपाल लाइभ बुधबार, मंसिर २७, २०७४  १८:५९
1140x725

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले प्युठान १ मा नेपाली कांग्रेस उम्मेदवार तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १३ मत पाइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मतमा चित्त बुझाए।

०४१ सालदेखि राजनीति सुरु गरेकी पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुन्। उनी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट पराजित भएकी थिइन्। तर, २०७० सालको चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद बनिन्।

पछिल्लो निर्वाचन परिणामका विविध सन्दर्भलाई लिएर नेपाल लाइभका लागि किशोर दहालले पौडेलसँग कुराकानी गरेका छन्।

तपाईंले चुनाव जित्नुका कारणहरु के-के मान्नुहुन्छ?

जित्नुका कारण धेरै छन्। जनतामा पहिल्यैदेखि वाम शक्तिहरु एक भएर आउन् भन्ने अपेक्षा थियो। चुनावमा त्यो वातावरण निर्माण भएपछि उनीहरुमा उत्साह थपियो। त्यस्तै, महिला उम्मेदवार भएका कारण आममहिलामा बढी सहानुभूति देखियो। अर्कातिर जनताले हरेक उम्मेदवारको पृष्ठभूमि खोज्दारहेछन्। जनताले उम्मेदवारको पृष्ठभूमि केलाएपछि लगातार राजनीतिमै बिताएको उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। मैले महिला मुक्तिको आन्दोलनको एक दशकसम्म नेतृत्व गरें। विकास र समृद्धिका लागि पनि लगातार आवाज उठाइरहेको व्यक्ति हुँ। जनताले उम्मेदवारको त्यागलाई पनि ख्याल गर्दारहेछन्। यी कुराहरु ममा पाएपछि उनीहरुले मलाई मत दिए। र मैले जितेँ। 

महिला उम्मेदवार भएर चुनावमा प्रतिस्पर्धा गरिरहँदा आइपर्ने अतिरिक्त कठिनाइ के-के हुँदा रहेछन्?

चुनाव निकै भड्किलो देखिन्छ। मत किन्ने प्रवृत्ति पनि देखिन्छ। यसबीचमा महिलालाई जित निकाल्न धेरै अप्ठ्यारो छ। चुनावमा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ। 'पैसा फ्याँको, तमासा देखो' भन्ने शैली प्रत्यक्ष चुनावमा देखिन्छ। यो शैली विरुद्ध उभिएर मत पाउन महिला उम्मेदवारलाई झन् बढी गाह्रो देखिन्छ। 

प्रतिद्वन्द्वीले भनिदिँदारहेछन्– उहाँ महिला हो, महिलाले के नै गर्न सक्छे र? म पुरुष हुँ, मलाईं दिनुहोस्। म विकासदेखि निकाससम्म दिन सक्छु।

Ncell 2
Ncell 2
nimb
nimb

महिलाको लडाइँ त्यहीँबाट सुरु हुने रहेछ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारलाई चिर्न महिलाको पनि त्यही स्तरको प्रचार संयन्त्र चाहिनेरहेछ। जुन महिलाको हकमा असम्भवप्रायः छ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारवाजीबारे मलाई मतदाताले पनि सोध्नुहुन्थ्यो– तपाईं महिला सांसदले विकास गर्न सक्नुहुन्न भन्छन्? मैले धेरै महिलालाई व्यक्तिगत रुपमै महिलाले पनि नेतृत्व गर्न सक्छन् भनेर बुझाएँ उदाहरण दिएँ। त्यसपछि उहाँहरुले पुरुष उम्मेदवारको प्रचारवाजी विरुद्ध नै प्रतिवाद गर्न थाल्नुभयो।

त्यसैले महिलालाई राजनीतिक क्षेत्रमा काम गर्नु भनेको फलामको चिउरा चपाउनुसरह कठिन छ। 

राजनीतिक रुपमा यतिका संघर्ष गरेका हामीलाई त महिला भएकै कारण पितृसत्तात्मक प्रवृत्तिले सताउँछ भने आममहिलाको अवस्था कस्तो होला, अनुमान गर्न सकिन्छ। क्षमता र योग्यता हुँदा पनि महिला भएकै कारण पछाडि पार्न खोजिन्छ। अनेक जालो फिजाइन्छ। राजनीतिक क्षेत्रमा भूमिका निर्वाह गरिरहेका धेरै क्षमतावान महिलालाई पनि बिर्सेर फलानाको श्रीमती र फलानाकी बुहारी भनेर परिचय दिइन्छ। यो महिलाको योगदानको बहुत ठूलो अपमान हो। मिडियामै पनि यस्तो भइरहेको छ। जुन हामीले अपेक्षा गरेका थिएनौं।

चुनाव खर्चिलो भएको बताउनुभयो। तपाईंले चाहिँ चुनाव लड्नका लागि आर्थिक स्रोतको खोजी र परिचालन कसरी गर्नुभयो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्युठानमा के भयो भने, यहाँ तीनवटा पार्टीबीच गठबन्धन भएकाले खर्च पनि तीन भाग लाग्यो। त्यसैले मैले एक भाग मात्रै बेहोर्नुपर्योव। त्यसले हामीलाई निकै राहत दियो। एक्लाएक्लै लडेको भए खर्च बेहोर्नै नसकिने रहेछ। हामीलाई के पनि अनुमान भयो भने, चुनाव जितिने स्थिति छ त्यसैले अनावश्यक खर्चमा जोड दिन जरुरी छैन। तीनवटा मुख्य वाम दलबीच प्रतिस्पर्धा हुने ठाउँमा ती तीनवटै दलको गठबन्धनको उम्मेदवार भएकाले पनि त्यो आत्मविश्वास थियो। हामीले बाजागाजा, पर्चा पम्प्लेट वा ठूल्ठूला सभाहरुमा खर्च नगर्ने सोच्यौं र पालना पनि गर्यौंच। अत्यावश्यक बाहेक खर्च गरेनौं।

राजनीतिक दल र तिनका नेता लोकतान्त्रिक गणतन्त्र, समावेशिता र महिला सशक्तीकरणका लागि पनि लडेका हुन् तर महिलालाई सहज जित र प्रतिनिधित्व बढाउने कुरामा किन उदासिन भएका?

पुरुषवादी मानसिकताले सबै पार्टी प्रवृति र नेतामा घर गरेको छ। धेरै र थोरैको कुरा हो तर सबै पार्टीमा यो अवस्था छ। वामपन्थी पार्टीहरुमा अलि कम छ। तर, छँदै छैन भन्ने होइन। महिलालाई उम्मेदवार बनाउने कुरामै कञ्जुस्याइँ देखिएको हो। त्यसैले पनि महिलाको जित कम भएको हो।

सैद्धान्तिक लडाइँ निकै लडियो र लडिराखिएकै छ। तर, व्यावहारिक परिवर्तन अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन। व्यावहारिक रुपमै महिलामैत्री परिस्थिति सिर्जना गर्नका लागि अब बाँकी लडाइँ केके हुन्?

सैद्धान्तिक र संवैधानिक व्यवस्थालाई महिलामैत्री बनाउनका लागि पनि हामीले धेरै लडाइँ लड्न बाँकी छ। त्यसैले महिलाको नेतृत्व क्षमता स्थापित गराउने र मानसिक रुपमै तयार गराउनका निम्ति विधि र संवैधानिक वाध्यताको अवस्था बनाइदिनुपर्छ। कानुन भनेको हाम्रो हतियार हो, हतियारबिना लडाइँ सम्भव हुँदैन। त्यसपछि व्यावहारिक कार्यान्वयनका लागि सरकार जिम्मेवार र महिला सचेत हुनुपर्छ।

तपाईंले अब गर्ने कामबारे केही खेस्रा बनाउनुभएको छ?

साझा उम्मेदवारका रुपमा म विजयी भएको छु। त्यसैले हामी सबै बसेर प्युठान जिल्लाका लागि के-कस्ता व्यावहारिक योजना बनाउन सकिन्छ भनेर छलफल गर्ने रणनीति बनाएका छौं।

अब प्रदेशसभामा पनि वाम गठबन्धनकै वर्चस्व देखिन्छ। कम्तिमा ६ वटामा उनीहरुकै प्रदेशसभाका सांसद मुख्य मन्त्री बन्ने अनुमान लगाउन सकिन्छ। यस्तो अवस्थामा महिलालाई मुख्यमन्त्री बनाउन केही पहल गर्नुपर्ने वा दबाब दिनुपर्नेबारे सोच्नुभएको छ कि छैन?

अहिलेसम्म मुख्यमन्त्रीको कुराले बहस लिइसकेको छैन। तर, जब यो बहसमा आउँछ वा कार्यान्वयनतिर पुगिन्छ, महिलालाई मुख्यमन्त्रीको जिम्मेवारी दिने कुरामा दलहरुले पनि सोच्नेछन् भन्ने लाग्छ। जब नामहरु नै चर्चामा आउँछन्, त्यतिबेला संघर्ष गर्नुपर्ने हुनसक्छ। त्यसका लागि हामी तयार छौं।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्