न्युयोर्क– अमेरिकाकी सालोनी स्टेफिन्सले युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलको उपाधि जितेकी छिन्। उनले आफ्नै देशकी माडिसन किजलाई ६–३ र ६–० ले पराजित गर्दै ग्रान्ड स्लाम उपाधि पहिलो पटक जितेकी हुन्।
६ साताअघि २४ बर्षीय स्टेफिन्स ९ सय ५७ वरीयतामा थिइन। चोटका कारण ११ महिना कोर्ट बाहिर रहेकी स्टेफिन्स विम्बल्डन ओपनबाट खेलमा फर्किएकी थिइन।
स्टेफिन्स मुख्य उपाधि जित्ने पाँचौ वरियताविहिन खेलाडी बनेकी छिन्।
स्टेफिन्स र किज दुबै पहिलोपटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेका थिए। दुई खेलाडी बाल्यकालदेखिका मिल्ने साथी हुन्। उपाधि जितेपछि स्टेफिन्सले किजलाई धेरैबेरसम्म अंकमाल गरेर सान्त्वना दिएकी थिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।