स्टोक – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ।
बराबरीपछि युनाइटेडले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग अग्रता लिने अवसर गुमाएको छ। शीर्ष स्थानको म्यानचेस्टरको चार खेलबाट १० अंक छ भने गोलअन्न्तरमा पछि गरेको सिटीको पनि १० अंक नै छ।
४३ मिनेटमा इरिक म्याम्सिम चोउपोको गोलबाट स्टोकले अग्रता लियो। तर, पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा मार्काे रास्फोडले बराबरी गोल फर्काए।
५७ मिनेटमा म्यानचेस्टरले बेल्जियम फरवार्ड रोमेलु लुकाकुको गोलबाट खेलमा अग्रता लियो। स्टोकका चोउपोले ६३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल दोस्रो पटक बराबरीमा पुगेको थियो।
लिगअन्तर्गत चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो। चेल्सीका लागि अल्भारो मोराटा र कान्टेले गोल गरे। लेस्टरका जिमी भार्डिले पेनाल्टीमार्फत गोल गरे।
अर्काे खेलमा टोटनह्यामले एभर्टनलाई ३–० ले पराजित ग¥यो। टोटनह्याका लागि ह्यारी केनले दुई गोल गर्दा एक गोल इरिक्सेनले गरे।
आर्सनलले वोनमाउथलाई ३–० ले हराउँदा ड्यानी वेलब्याकले २ तथा लाकाजेट्टेले १ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।