• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'स्पष्टीकरण पनि राख्न नदिई मलाई पार्टीबाट निलम्बन गरियो'

64x64
नेपाल लाइभ आइतबार, जेठ १९, २०७६  १४:५५
1140x725

मैँले जे सोचेर, जे बुझेर कम्युनिस्ट पार्टीमा लागेको थिएँ। कम्युनिस्ट पार्टीमा लागेर अघि बढ्ने सन्दर्भमा अध्ययन र अनुभवहरु गर्दै जाँदा कम्युनिस्ट आन्दोलन पनि सामेल भएँ। तर, जनता र राष्ट्रले के पाए? फाइदाभन्दा बेफाइदा बढी भएको मैले पाएँ। लड्ने र लड्न लगाउने कुरा भन्दा राजनीतिक मुद्दालाई टेबलबाट अघि बढाउदा जनता र राष्ट्रलाई फाइदा हुन्छ भन्ने लाग्यो।

मैले वार्ताको पहल गरेको थिएँ। सरकार र आफ्नो पार्टीमा पनि त्यसै अनुरुपको वार्ताको लागि कुरा गरेको थिएँ। निषेध र प्रतिरोधको राजनीतिले देश र जनतालाई फाइदा नहुने भएकाले वार्ताको माध्यमबाट समाधान निकालौं भन्ने भनाई थियो। वार्ताको कुरा गरेकै कारण एक्कासी मलाई पार्टी नीतिविपरीत काम गरेको वा वक्तव्य दिएको भन्दै पार्टीबाट निकालियो। राष्ट्र र जनताको हितको लागि बनाइएको पार्टीले निलम्बन गर्दा मलाई ठीक लागेन। लडाईं र युद्ध गरिएका भएपनि जनताले हालसम्म केही पाएका छैनन्। नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को गतिविधि ठीक छैन भन्ने लाग्यो।

अर्को कुरा, हामीले संसदीय राजनीतिमा प्रचण्डलाई गाली गर्दै आएपनि उहाँसँगको भेटमा आकांक्षा र सपना निकै ठुलो देखें। कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन उहाँलाई साथ दिनुपर्छ भन्ने लाग्यो।

नीतिगत रुपमा भन्नुपर्दा युद्ध लडेर सत्ता प्राप्त हुन्छ भन्ने पक्षमा म छैन। वैज्ञानिक समाजवादमा जाने विप्लव नेकपाका लागि साध्यको प्रयोग अलि मिलेन भन्ने मलाई लाग्यो। वार्ताको लागि पहल गर्दा मलाई निकालियो। उहाँहरु किन वार्ताविरोधी भएको मैले बुझ्न सकेको छैन। पार्टीको आठौं महाधिवेशनले वार्ताको कुरै नगर्ने, भूमिगत हुने भनी कहीँ पनि भनेको थिएन। किन भूमिगत हुने अवस्था आयो। म नै अचम्मित परेको थिएँ। आठौं महाधिवेशनको दस्तावेजअनुसार त मैले पो उठान गरिरहेको थिएँ। त्यो मेरो दाबी हो। उताको डर त्रासले बच्न यस पार्टी (सत्तारुढ नेकपा)मा आएको होइन।

आठौं महाधिवेशनको स्पिरिटका विरुद्धमा उहाँहरु(विप्लव) लागिरहनु भएको छ। कम्युनिस्ट पार्टीमा पार्टी नीतिभन्दा बाहिर गएकालाई कारबाही गर्नुपर्छ, म मान्छु। तर, वार्ताको कुरै नगर्ने, पार्टी भूमिगत हुने भनी कहीँ पनि भनिएको छैन। वार्ता भनेको साधन मात्रै हो, साध्य होइन। वार्ताको माध्यमबाट टेबुलमा आफ्ना माग तथा एजेन्डा राख्न सकिन्थ्यो। आम मानिस पनि वार्ताकै पक्षमा छन्। आम सर्वसाधारण, मध्यम वर्ग र बुद्धिजीवीको चाहना अनुसार वार्ता गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। मिडियाबाट निलम्बन गरेको खबर पाएँ। एकपटक स्पष्टीकरण लिने काम पनि भएन।

सरकारले मलाई गिरफ्तार गरी पार्टीको विरुद्धमा परिचालन गर्यो भन्नेमा कुनै सत्यता छैन। बन्द कोठामा राख्यो भन्नु हल्ला मात्रै हो। आफूलाई खुसी लागे मात्रै पार्टीमा बस्ने हो। पार्टीको कार्यदिशा अनुसार कमरेडहरु चल्नुभएन।

मध्यमवर्गलाई साथ लिई पार्टीको कार्यदिशा अघि बढाउने भन्ने थियो। भूमिगत नहुने, वार्ता नगर्ने, सहर नछोड्ने, भूमिगत नहुने भन्ने नीति थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

वैज्ञानिक समाजवाद ल्याएपनि व्यक्ति असन्तुष्ट त हुन्छन् नै। असन्तुष्ट बढे त्यहाँ पनि विद्रोह हुन्छ। विप्लवमा स्टालिन प्रवृत्ति छ भन्न त म सक्दिनँ। उद्देश्यअनुसार काम नभएको चाँहि पक्कै हो। विप्लव सच्चिनुपर्छ भन्ने कुरा हिजो पनि भन्दै आएको हुँ। मैले लामो समय विप्लवलाई भेट्न खोजें। उहाँहरुले भेट्नै दिनुभएन। आज पनि भन्छु। प्रचण्डको हत्या गर्ने पार्टीको तयारी थियो भन्ने मलाई लाग्दैन। बैठकमा त्यस्तो तयारी हो भनि पार्टी छोड्छु त मैले भनेको थिएँ।

विप्लव नेकपाको कार्यदिशा बेठीक छ भन्ने मेरो भनाई होइन। वैज्ञानिक समाजवादका लागि मध्यमवर्गको घेरो फराकिलो भएकाले उनीहरुको साथ, सहयोग र समर्थनमा राजधानी नछोडी एकीकृत जनक्रान्ति गर्ने कार्यदिशा थियो। कार्यदिशा त ठीक थियो। तर, नेताले कार्यदिशालाई आत्मसाथ गर्नु सक्नुभएन।

मलाई लगाइएको आर्थिक चलखेलको आरोपमा कुनै सत्यता छैन। मन नपरेपछि के के भनिन्छ, त्यसमा बहस गर्नुपर्ने कारण छैन। पदम राईले आर्थिक चलखेल गर्छ कि गर्दैन दुनियाँलाई थाहा छ। मैले भ्रष्टचार गरेको भनेको सुने मानिसहरु अचम्ममा पर्छन्। आर्थिक अनियमितता गर्ने मान्छे म होइन।

निलम्बित भएकै कारण म नेकपामा प्रवेश गरेको भने होइन। रिस फेर्न म सत्तारुढ दलमा आएको हुँदै होइन। राजनीतिक रूपमा सक्रिय कार्यकर्ता खाली बस्ने कुरा पनि भएन। प्रचण्ड र रामबहादुर थापालाई भेटें। उहाँहरुले देख्नुभएको सपनामा मैले किन साथ नदिने भन्ने लाग्यो। प्रचण्डमा अथाह सपना देखें। त्यो सपनाका लागि मैले पनि एउटा ईंटा बोक्नुपर्छ भन्ने लाग्यो।

दुइ शक्तिको टकरावले जनता र राष्ट्रका लागि कुनै लाभ हुन्न। विप्लवको कार्यदिशा ठीक भएपनि शैलीप्रति मेरो विमति थियो। शैली सच्चाउन मैले वार्ताको बाटोमा जाउँ भनेको थिएँ। भूमिगत हुने भनेपछि त नियत बुझ्न पर्‍यो नि!

राज्यले दमन गरेर विप्लव नेतृत्वको नेकपा सकिन्छ भन्ने चाँहि सोच्नुहुँदैन। सबै पक्ष एउटै टेबलमा बसौं। कम्युनिस्टका घटक सबैलाई एकै स्थानमा ल्याई कुरा गरौं। कहाँ कमी कमजोरी भयो? समीक्षा गरौं। १७ हजार मान्छे त मरेकै हुन् नि। नलडेको हो र? हिजो प्रचण्ड नहुँदा केही पनि नहुने, आज विप्लव नहुँदा केही पनि नहुने त होइन नि। स्वतन्त्रता चाहने मान्छे त जहिले पनि हुन्छन्। जबसम्म समाजमा समस्या रहन्छन्। नेपाली समाजमा क्रान्ति भएका कारण समस्या आएको त होइन नि। समाजमा समस्या भएर क्रान्ति भएको हो। सबै पक्षले यसलाई बुझ्नुपर्छ। दीर्घकालीन समस्या समाधानका लागि एजेन्डामा जानुपर्छ।

विप्लव नेतृत्वको नेकपामा पोलिट ब्युरो सदस्य हुँदा म निलम्बनमा परेको हुँ। नेकपामा आउँदा पद पाइन्छ भनेर म आएकै होइन। ३४ वर्षको कम्युनिस्ट राजनीतिको सपना पूरा गर्न नेकपा प्रवेश गरेको हुँ। मैले काम पाउँछु भनी आएको छु। उद्देश्यसँग सम्बन्ध छ, पार्टीसँग छैन। पदले चुनौती थप्छ, बेकारमा किन पदको आशा गर्नु। ठुलो डोको बोक्दा भरिएको भयो भने पो काम लाग्छ, रित्तो डोको बोकेर अर्थ छैन। जिम्मेवारीसहित कामको महत्व छ।

(विप्लव नेतृत्वको नेकपाबाट निलम्बनमा परेका राई आइतबार सत्तारुढ दलमा प्रवेश गरेका छन्। नेकपा प्रवेश गरेपछि राईसँग गरिएको वार्तामा आधारित)

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्