काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा दक्षिण अफ्रिकालाई आयोजक इंग्ल्यान्डले पराजित गर्यो। उद्घाटन खेलमा दक्षिण अफ्रिका ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा कमजोर देखिएको थियो।
पहिलो खेलमा पराजित दक्षिण अफ्रिकाले आइतबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दैछ। बंगलादेशका लागि भने यो पहिलो खेल हो। लन्डनमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।
दक्षिण अफ्रिकाले विश्वकपको पहिलो ओभरमै विकेट लिएको थियो। इमरान ताहिरले जोनी बिस्ट्रलाई आउट गरेका थिए। फाप डु प्लेसिसले पनि राम्रो ब्याटिङ गरेका थिए।
बंगलादेशले वर्मअप खेलमा भारतविरुद्धको खेल गुमाएको थियो। यद्यपी मुस्फिकर रहिमले राम्रो ब्याटिङ गरेका थिए। यस्तो अवस्थामा बंगलादेशको मिडल अर्डरले खेलको जित हारमा भूमीका खेल्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।