काठमाडौं– साबा यु–१६ बास्केटबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ।
दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा ६ अंक जोड्दै नेपाल तेस्रो भएको हो । नेपालले प्रतियोगितामा नेपालले २ खेलमा जित निकाल्दै २ खेलमै हार बेहोर्यो।
शनिबार भएको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई १०३–४१ ले हरायो । नेपालले पहिलोमा ३०–१०, दोस्रोमा ३१–४, तेस्रोमा १९–१२ र चौथो क्वाटरमा २३–१५ अंकले नेपालले अग्रता लियो।
नेपालको जितमा गेल्चेन शेर्पाले सर्वाधिक २५ अंक योगदान गर्दा अभिषेक सिंहले २० अंकको योगदान गरे।
अपराजित टोली भारतले भुटानलाई १३१–५० ले हराउँदै उपाधि जित्यो। विजयी टिमका लागि प्रिन्स पाल सिंहले २० स्कोर गरे । प्रिन्स ‘मोस्ट भ्यालुएबल प्लेयर’ पनि चुनिए ।
उपाधिसँगै भारतले अक्टोबरमा मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलमा समेत स्थान पक्का गरेको छ । बंगलादेश ७ अंकसाथ दोस्रो, भुटान ५ अंकसाथ चौथो र माल्दिभ्स ४ अंकसहित पाँचौं भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।