• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मेरो कारण कुनै काम अड्केको छैन : मञ्जु भण्डारी [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  १५:२०
1140x725

लाहुरेले बनाएको सहरको उपमा पाएको प्रदेश १ को धरान धार्मिक क्षेत्रले घेरिएको सुन्दर नगरी हो। व्यवस्थित बसोबास रहेको हिसाबमा पनि धरानले आफूलाई स्थापित गरिरहेको छ। तर, त्यही धरान उपमहानगरले पहिलो पटक बनेको स्थानीय तहको मेयर गुमाउनुपर्‍यो। मधुमेह रोगबाट पीडित मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि हाल उपमेयरकै  भरमा उपमहानगरको सम्पूर्ण नेतृत्व चलिरहेको छ। खासमा धरानको अबको पहिचान र एउटै व्यक्तिबाट उपमहानगरको नेतृत्व कति सम्भव छ भन्नेबारे धरान उपमहानगपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी:

नयाँ आर्थिक वर्ष सुरु हुन लागिसक्यो। चालु आवको बजेट कार्यनयनको अवस्था कस्तो हुँदैछ? 
हामीले जुन तरिकाले सोचेका थियौं, त्यो हिसाबमा कार्यन्वयन भइरहेको छैन। तर पनि धेरै काम चालु रहेकाले अहिले नै निराश हुने अवस्था भने छैन। खर्च गर्ने समय केही बाँकी छ र खर्च पनि सोचेजस्तै होला भन्ने अपेक्षा गरेको छु। राजस्व संकलन र विकास खर्चमा अपेक्षा अनुसारको काम नभएको हुनुपर्छ। यो आर्थिक वर्षमा धेरै कुरा सिकियो। आगामी आर्थिक वर्षमा त्यसलाई सच्याएर लैजान्छौं। 

प्राय: स्थानीय तहका जनता जनप्रतिनिधिप्रति निराश छन्। धरानमा पनि त्यही अवस्था  छ। खास समस्या के हो? 
यो स्वाभाविक हो। जनताका आशा र अपेक्षा असीमित भए। तर स्रोत र साधन भने सीमित रह्यो। जनताले हामीसँग गरेका अपेक्षा पूरा गर्न नसकेकै हो। त्यो हामी स्विकार्छौं। अघि पनि मैले भनेँ, यो आर्थिक वर्षमा गरेको अनुभवलाई  लिएर आगामी आर्थिक वर्षमा सच्याउँछौं। अहिले विशेषगरी जनतालाई विकासको फर्म्याट दिने काम गरिरहेका छौं। एक करोडभन्दा माथिका गौरवका योजना नगरको मातहतमा राखेर काम गरिरहेका छौं। ५० लाखभन्दा माथि एक करोडभन्दा कमका योजनालाई जनताको तहबाटै काम गर्नेगरी योजना छनोट गरिरहेका छौं। अहिले भएन भनेर निराश हुनेभन्दा अब हुन्छ भनेर आशावादी हुने समय आएको छ। 

तपाईं एक्लैले मेयर/उपमेयरको दोहोरो जिम्मेवारी सम्हालिरहनुभएको छ। कार्यसम्पादनमा कतिको सकस छ? 
संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रमुख/उपप्रमुख दुवैको नेतृत्वमा स्थानीय तह सञ्चालनको परिकल्पना गरेको छ। एकल नेतृत्वको नगर्नु नै भनेको हो। जहाँसम्म धरानको कुरा छ। मेयर साब पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो। त्यो बेला पनि मैले कार्यबाहकको भूमिकामा उपमहानगर चलाएकै हो। जब उहाँ बित्नुभयो त्यसपछि सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो। न्यायिक  समितिदेखी, अनुगमनसम्म र विभिन्न निर्णयदेखि कार्यन्यनको तहसम्म आफै सहभागी भएको छु। समय व्यवस्थापनमा केही कठिनाइ भए पनि  तात्विक रुपमा मलाई गाह्रो भएको छैन। कुनै पनि काम मेरो कारण अड्केको र ढिला भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वप्रथम त धरानलाई उपमहानगरको हैसियतमा  पुर्‍याउनु नै हो। सबै धराने जनतालाई उपमहानगर भएको महसुस गराउनुछ। उपहानगरको हैसियतमा पुग्नेभन्दा हाम्रो ध्यान अन्यतिर डाइभर्ट भइरहेको छ।

धरानलाई पूर्व लाहुरेको सहर भनेर चिनिन्छ। खास धरानको पहिचान यत्ति नै हो कि थप पहिचान खोज्ने कोसिसमा हुनुहुन्छ? 
धरान पूर्व लाहुरेको सहर त हुँदै हो। अब यसको पहिचान यतिमै मात्र सीमित हुँदैन। धरान एक समृद्ध र पर्यटकीय नगर हुनेछ। त्यसका लागि केही काम गर्न जरुरी छ। त्यो हामी गर्छौं। यहाँको धार्मिक, शैक्षिक र ऐतिहासिक पक्षलाई समेटेर नै  धरानको पहिचान स्थापित हुन्छ। आगामी नीति तथा कार्यक्रम र बजेटमा पनि यस विषयलाई हामी समेट्छौ। धरानले  केही वर्षमै नयाँ पहिचान स्थापित गर्छ। 

त्यो कसरी सम्भव छ? 
सम्भव छ। धरानले अब पूर्वमा पर्यटनमा नेतृत्व गर्छ। हामीले त्यसका लागि मास्टर प्लान बनाउने काम अगाडि बढाएका छौं। अहिलेसम्मका कामहरु योजनाबद्ध रुपमा भएनन्। तर अब हामी योजनाबबद्ध ढंगले काम गर्ने सोचमा छौं। अन्य स्थानीय तहसँग पनि समन्वय गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका छौं। बुढासुब्बादेखि बराहक्षेत्र र रामधुनीसम्मको धार्मिक सर्किट बनाइन्छ। यसले कम्तीमा पनि ८ वटा महत्वपूर्ण धार्मिक सम्पदा परिचित गराउँछ। जसबाट आन्तरिक मात्र होइन छिमेकी देश भारतका पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ। भारतबाट आएका पर्यटकलाई महाभारत भ्रमण गराउने, प्याराग्लाइडिङदेखि र्‍याफ्टिङ गराउने प्याकेज बनाएर यसको पहिचान स्थापित गराउन सकिने आधारहरु तयार पारेका छौं। 

Xtrem
Xtrem

त्यो सबै गर्न उपमहानगर सक्षम भइसकेको छ त? 
छ। केही बाँकी छ। तर त्यो बाँकी काम पहिला गर्नुपर्ने हुन्छ। जुन हामी गर्दैछौं।

बाँकी काम भन्नाले? 
सर्वप्रथम त धरानलाई उपमहानगरको हैसियतमा  पुर्‍याउनु नै हो। सबै धराने जनतालाई उपमहानगर भएको महसुस गराउनुछ। उपहानगरको हैसियतमा पुग्नेभन्दा हाम्रो ध्यान अन्यतिर डाइभर्ट भइरहेको छ। उपमहानगर हुनका लागि केही इन्डिकेटरहरु छन्। अब त्यसको लागि केही काम गर्नुपर्छ। जस्तो: सिटीहल, व्यवस्थित बजार, व्यवस्थित बधशाला बनाउने, बसपार्क, युवा उद्यमशीलता, सामुदायिक विद्यालयको स्तरोनन्ति, खानेपानीको व्यवस्थापन जस्ता कामहरु हुन सकेका छैनन्। जुन अब हुन्छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्