लन्डन– इंग्ल्यान्डका जेम्स एन्डर्सन टेस्ट क्रिकेटमा ५ सय विकेट लिने विश्वका छैटौं बलर बन्न पुगेका छन्। उनी ५ सय क्लबमा प्रवेश गर्ने पहिलो इंग्लिस बलर पनि बनेका छन्। उनले वेष्टइन्डिजविरुद्ध शुक्रबार लर्ड्समा भएको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन क्रेग ब्रेथवेटको विकेट लिएका थिए।
पहिलो इनिङमा दुई विकेट लिएका एन्डर्सनले ४ सय ९९ विकेट पुर्याएका थिए। शुक्रबार दोस्रो इनिङमा उनले सुरुमै इनस्विङ बलमा ब्रेथवेटलाई बोल्ड गर्दै ५ सय विकेट पुरा गरे।
टेस्टमा श्रीलंकाका मुथैया मुरलीधरन ८ सय, शेन वार्न ७ सय ८, अनिल कुम्बले ६ सय १९, ग्लेन म्याग्रा ५ सय ६३ र कर्टनी वाल्स ५ सय १९ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।