एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडीगार्डले फोटोग्राफलाई कुटेर घाइते बनाइदिएका छन्। मुम्बइको एक होटलबाट श्रीमानसँग बाहिर निस्कने क्रममा फोटोग्राफले शिल्पाको तस्बिर खिचेका थिए। अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफलाई हमला गरेका हुन्।
बडीगार्डको हमलाबाट फोटोग्राफर हिमांशु शिंदे र सोनू शिंदे घाइते भएका हुन्। हमलापछि फोटोग्राफरले प्रहरी बोलाएका थिए। प्रहरीले बडीगार्डलाई नियन्त्रणमा लिएको छ।
हेरौँ भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।