टोरन्टो– हलिउडमा कार्यरत बलिउड नायिका प्रियंका चोपडा यतिबेला टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा भाग लिन क्यानडा पुगेकी छिन्। उनीसँगै आमा मधु चोपडा पनि छोरीको लगानीमा बन्न लागेको फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को दृश्यावलोकनका लागि क्यानडा पुगेकी छिन्।
‘पाहुना’ प्रियंकाको लगानीमा बन्न लागेको पाँचौ फिल्म हो। यसअघि उनको लगानीमा ‘बम बम बोल रहा है काशी’, ‘भेन्टिलेटर’, ‘सरवन’ र ‘काय रे रास्कला’ जस्ता क्षेत्रीय फिल्म बनिसकेका छन्।
टोरन्टोमा प्रियंका जायद अफ्फासको ‘हाइ स्लिट ब्ल्याक ड्रेस’मा देखिएकी थिइन्। यो लुगामा उनी निकै राम्री देखिएकी थिइन्। टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ७ देखि १७ सेप्टेम्बरसम्म क्यानडामा आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।