• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कसका लागि आयो गणतन्त्र?

64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  १३:२०
1140x725

प्रसंग १ 
प्रतिनिधिसभाको निर्वाचनको समय। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा २८ औं पटक निर्वाचनमा भाग लिन मैदानमा उत्रेका थिए पशुपति शमशेर जबरा। पञ्चायतदेखि गणतन्त्रसम्म उनी लगातार निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए। उमेरले ७० कटेका राणालाई साथ दिन निर्वाचनभर दुई छोरी पनि खटिए। तर उनले उक्त क्षेत्रमा आफ्नो उत्तराधिकारी नखोजेको भन्दै आलोचना हुने गरेको छ। प्रतिपक्षले पनि राणाविरुद्ध प्रचारका लागि त्यही हतियार प्रयोग गरेका थिए। उक्त  विषयमा जिज्ञासा राख्दा राणाले पटक–पटक एउटै जवाफ दिने गरेका छन्, ‘के गणतन्त्रमा मलाई निर्वाचन लड्ने अधिकार छैन र?’ 

प्रसंग २ 
प्रतिनिधिसभा निर्वाचनकै बेला तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा भनाइले चर्चा पायो। भर्खरै एमाले र माओवादी मिलेर संयुक्त रुपमा निर्वाचन लड्ने घोषणा गरेपछि देउवाले कैलालीको धनगढीमा पत्रकारसँग २०७४ कात्तिक ३० गते  'ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस् भनेकाले अझै तीन पटक आफू  प्रधानमन्त्री हुने' टिप्पणी गरे। बाम गठबन्धनले अन्तिम प्रधानमन्त्री हुने घोषणा गरेका छन् नि भन्दै सोधेको प्रश्नमा देउवाले 'ज्योतिषीले सात पटक भनेका छन्, कम्युनिटले भनेर हुन्छ' भन्दै जवाफ फर्काए।

प्रसंग ३ 
२०७५ चैत २१ गते गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएकी विद्यादेवी भण्डारीको सवारीका विषयमा जनता आक्रोशमा आए। राष्ट्रपति भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा ‘सवारी’ हुने कार्यक्रम थियो।  

ट्राफिक प्रहरीले साँझ ६ बजे विशेष कारणवश शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारीसाधन एकतर्फी रुपमै प्रभावित हुने भनी सूचना जारी गर्‍यो। आधा बाटोमा पुगेका मानिसलाई उक्त सूचनाको कुनै जानकारी भएन। सडकमा निस्केका उनीहरु लामो समय रोकिन बाध्य भएपछि त्यसको विद्रोह गरे। 'हामीले बनाएको राष्ट्रपति र हामीले बनाएको सडकमा हामीलाई नै अवरोध' भन्दै हर्न बजाए। र, ट्राफिफ प्रहरीको रोकावटको अवज्ञा गर्दै आफ्ना सवारीसाधन गुडाए। 

राष्ट्रपति भण्डारी अर्को पटक पनि विवादमा आइन्। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसहित केही विशिष्ट व्यक्तिलाई घुँडा टेक्न लगाएर राष्ट्रपति भण्डारीले टीका लगाएको फोटो सार्वजनिक भयो। आफ्ना छोरी ज्वाइँलाई कुर्सीमा राखेर विशिष्ठ व्यक्तिलाई घुँडा टेक्न लागएको भन्दै उनको आलोचना भयो।

प्रसंग ४ 
प्रधानमन्त्री केपी शर्मा ओली पनि संसदमा गरेको टिप्पणीका कारण विवादमा तानिए। संसदमा 'निम्छरो प्रश्न गरेको' भन्दै सांसदहरुको आलोचना गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध जनायो। सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले संसदको गरिमा र महत्वलाई बेवास्ता गर्दै टिप्पणी गरेको भन्दै आलोचना भयो। सभामुख कृष्णबहादुर महराले उक्त भनाइ रेकर्डबाट हटाइने बताएपछि मात्र संसद् सुचारु भयो। 

---

२०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई गणतन्त्रात्मक मुलुक भएको घोषणा गरेपछि आएका केही प्रतिनिधि घटनाका प्रशंग मात्र हुन् यी। 

Ncell 2
Ncell 2

जनताले जनताका लागि शासन गर्ने व्यवस्थाको रुपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको थियो। जनताको बलिदानीवाट प्राप्त भएको गणतन्त्रमा पनि  शासनसत्तामा पुगेकाहरुले आफूलाई छोटे राजा र जनतालाई रैतीको व्यवहार गर्न नछोडेको प्रशस्त प्रसंगहरु पाइन्छन्। 

जनतालाई रैतीको व्यवहार गर्दै आफू नयाँ शासकको रुपमा उदाएको दम्भ राष्ट्रपतिमा देखियो। रात्रिभोजमा सहभागी हुन आउँदा जनताले आफ्ना सवारीसाधन रोक्न अस्वीकार गरी उनको सवारीको अवज्ञा गर्नुले पनि जनताको असन्तुष्टि सतहमा आएको हो।

जनताले परिवर्तनका लागि बलिदान दिए पनि दशकौंदेखि उही राजनीतिक नेतृत्व र उही रटानका साथ  देशको शासनशैली चलिरहेको छ। हरेक राजनीतिक दलमा उही पुरानै अनुहारका नेतालाई निर्वाचनमा उठाइँदै आएको छ।

प्रसंग १ माथि चर्चा गर्दा राणा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष हुन्। राजा महेन्द्रका पालादेखि नै उनी सरकार र निर्वाचनमा भाग लिइरहने व्यक्ति हुन्। उनी प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि निर्वाचनमा उभिँदै आएका छन्। उनले जनतालाई विकल्प दिनेबारे कहिल्यै पनि सोचेनन्। न त आफूपछिको उत्तराधिकारीको बारेमा बहस नै गरे। श्री ३ चन्द्र शमशेरका नाति उनले जन्मँदै जर्नेलको उपाधि पाए। तर उनले पहिलो संविधानसभा निर्वाचनदेखि जित हात पार्न सकेका छैनन्। 

प्रसंग २ मा चर्चा गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रकै उपहास हुने गरी जनताभन्दा ज्योतिषीलाई प्रधानता दिए। जनताको मन जितेर प्रधानमन्त्री हुने भन्दा उनले ज्योतिषीले सात पटक हुने बताएकाले अझै मौका बाँकी रहेको दाबी गरे। जनताले बलिदान दिएर ल्याइएको गणतन्त्रमा बहालवाला प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो अभिव्यक्ति  दिँदा त्यसले धेरै अर्थ र जनताको सार्वभौमसत्तालाई होच्याउने देखिन्छ। जनतामा विश्वास नभई उनको ध्यान कुनै अदृश्य शक्तिमा देखियो। देउवाको बोलीले तत्कालीन समयमा अर्को अर्थ पनि दिएको थियो। त्यो हो, अझै केही वर्ष शासनसत्तामै केन्द्रित हुनुपर्छ भन्ने मानसिकता। गणतन्त्रसँगै शासक र शासनशैली फेरिनुपर्नेमा त्यही पुरातन शैलीलाई निरन्तरता दिने छनक उनको अभिव्यक्तिमा देखियो। यसबाट के प्रस्ट हुन सकिन्थ्यो भने जनताका लागि होइन सीमित व्यक्ति र नेताका लागि प्रधानमन्त्री/मन्त्री बनाउन गणतन्त्र आएको प्रस्ट बुझ्न सकिन्थ्यो। 

प्रसंग ३ बारे चर्चा गरौं। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवि भण्डारी अघिल्लोभन्दा पछिल्लो कार्यालयमा धेरै विवादमा तानिइन्। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव पनि विवादमुक्त थिएनन्।

गणतन्त्र आएको १२ वर्षको अवधिमा यस्ता सयौं प्रसंग छन्, जसले गणतन्त्र कसका लागि हो भन्ने प्रश्न उब्जाएको छ। सत्ताबाहिर रहँदा जनताको दुहाइ दिन नथाक्ने दलहरु सत्तामा पुगेपछि तिनै जनतालाई नियन्त्रण गर्ने कुत्सित मनसायमा देखिएका छन्।

हेलिकोप्टर खरिददेखि प्रहरी तालिम केन्द्रसम्मको जग्गामा मौन बस्नु र सवारीका नाममा जनतालाई घन्टौंसम्म लाइनमा राखेर सडकमा एक्लै कुद्ने महत्वकांक्षा बढ्दै जानुले भण्डारी आलोचनाकी पात्र बनिन्। राष्ट्रपति कार्यालयले आफन्त र अन्य विशिष्ट व्यक्तिहरुलाई फरक व्यवहार गर्दा आलोचनाको सिकार उनी बनिन्। जनतालाई रैतीको व्यवहार गर्दै आफू नयाँ शासकको रुपमा उदाएको दम्भ उनमा देखियो। रात्रिभोजमा सहभागी हुन आउँदा जनताले आफ्ना सवारीसाधन रोक्न अस्वीकार गरी उनको सवारीको अवज्ञा गर्नुले पनि जनताको असन्तुष्टि देखियो।

केही महिनाअघि प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई गरेको टिप्पणीले फेरि एक पटक गणतन्त्र केका लागि भन्ने बहस गर्नुपर्ने देखियो। सरकारले ल्याएको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सांसदहरुलाई होच्याउने टिप्पणी गरेको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसले विरोध गर्‍यो।

प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुको वास्ता नगर्ने भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन थालेका थिए। प्रधानमन्त्रीले जनताको प्रतिनिधि रहेको सार्वभौम संसद् र सांसदलाई यसरी टिप्पणी गर्नु गणतन्त्रमा प्रधानमन्त्रीले आफूलाई सर्वेसर्वा सम्झनु भएको प्रतिपक्षको आरोप थियो। त्यति मात्रै होइन प्रधानमन्त्रीले सांसदहरुलाई 'प्रश्नको जवाफ चाहिएको छ कि छैन' भनेर धम्क्याने भाषा प्रयोग गरे। प्रधानमन्त्रीले पनि सभामुखमार्फत सवालजवाफ गर्नुपर्नेमा उनी आफै उत्रिए। यसले संसदीय पद्धति गणतन्त्रमा झन् विवादित भयो। जनता सर्वोपरि हुने गणतन्त्रको मर्ममा संसदमाथि प्रधानमन्त्री हाबी भएको यो घटनाले गणतन्त्रमाथि नै उपहास गरेको छ। 

गणतन्त्र आएको १२ वर्षको अवधिमा यस्ता सयौं प्रसंग छन्, जसले गणतन्त्र कसका लागि हो भन्ने प्रश्न उब्जाएको छ। सबैजसो पार्टी र सरकारहरुले गणतन्त्रको मूल्य मान्यतालाई पालना गर्ने भन्दा कुल्चिने गरेका छन्। सत्ताबाहिर रहँदा जनताको दुहाइ दिन नथाक्ने दलहरु सत्तामा पुगेपछि तिनै जनतालाई नियन्त्रण गर्ने कुत्सित मनसायमा देखिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बिहीबार, पुस १०, २०८२
प्रतिनिधि सभा चुनावका लागी रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्