• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कसका लागि आयो गणतन्त्र?

64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  १३:२०
1140x725

प्रसंग १ 
प्रतिनिधिसभाको निर्वाचनको समय। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा २८ औं पटक निर्वाचनमा भाग लिन मैदानमा उत्रेका थिए पशुपति शमशेर जबरा। पञ्चायतदेखि गणतन्त्रसम्म उनी लगातार निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए। उमेरले ७० कटेका राणालाई साथ दिन निर्वाचनभर दुई छोरी पनि खटिए। तर उनले उक्त क्षेत्रमा आफ्नो उत्तराधिकारी नखोजेको भन्दै आलोचना हुने गरेको छ। प्रतिपक्षले पनि राणाविरुद्ध प्रचारका लागि त्यही हतियार प्रयोग गरेका थिए। उक्त  विषयमा जिज्ञासा राख्दा राणाले पटक–पटक एउटै जवाफ दिने गरेका छन्, ‘के गणतन्त्रमा मलाई निर्वाचन लड्ने अधिकार छैन र?’ 

प्रसंग २ 
प्रतिनिधिसभा निर्वाचनकै बेला तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा भनाइले चर्चा पायो। भर्खरै एमाले र माओवादी मिलेर संयुक्त रुपमा निर्वाचन लड्ने घोषणा गरेपछि देउवाले कैलालीको धनगढीमा पत्रकारसँग २०७४ कात्तिक ३० गते  'ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस् भनेकाले अझै तीन पटक आफू  प्रधानमन्त्री हुने' टिप्पणी गरे। बाम गठबन्धनले अन्तिम प्रधानमन्त्री हुने घोषणा गरेका छन् नि भन्दै सोधेको प्रश्नमा देउवाले 'ज्योतिषीले सात पटक भनेका छन्, कम्युनिटले भनेर हुन्छ' भन्दै जवाफ फर्काए।

प्रसंग ३ 
२०७५ चैत २१ गते गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएकी विद्यादेवी भण्डारीको सवारीका विषयमा जनता आक्रोशमा आए। राष्ट्रपति भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा ‘सवारी’ हुने कार्यक्रम थियो।  

ट्राफिक प्रहरीले साँझ ६ बजे विशेष कारणवश शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारीसाधन एकतर्फी रुपमै प्रभावित हुने भनी सूचना जारी गर्‍यो। आधा बाटोमा पुगेका मानिसलाई उक्त सूचनाको कुनै जानकारी भएन। सडकमा निस्केका उनीहरु लामो समय रोकिन बाध्य भएपछि त्यसको विद्रोह गरे। 'हामीले बनाएको राष्ट्रपति र हामीले बनाएको सडकमा हामीलाई नै अवरोध' भन्दै हर्न बजाए। र, ट्राफिफ प्रहरीको रोकावटको अवज्ञा गर्दै आफ्ना सवारीसाधन गुडाए। 

राष्ट्रपति भण्डारी अर्को पटक पनि विवादमा आइन्। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसहित केही विशिष्ट व्यक्तिलाई घुँडा टेक्न लगाएर राष्ट्रपति भण्डारीले टीका लगाएको फोटो सार्वजनिक भयो। आफ्ना छोरी ज्वाइँलाई कुर्सीमा राखेर विशिष्ठ व्यक्तिलाई घुँडा टेक्न लागएको भन्दै उनको आलोचना भयो।

प्रसंग ४ 
प्रधानमन्त्री केपी शर्मा ओली पनि संसदमा गरेको टिप्पणीका कारण विवादमा तानिए। संसदमा 'निम्छरो प्रश्न गरेको' भन्दै सांसदहरुको आलोचना गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध जनायो। सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले संसदको गरिमा र महत्वलाई बेवास्ता गर्दै टिप्पणी गरेको भन्दै आलोचना भयो। सभामुख कृष्णबहादुर महराले उक्त भनाइ रेकर्डबाट हटाइने बताएपछि मात्र संसद् सुचारु भयो। 

---

२०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई गणतन्त्रात्मक मुलुक भएको घोषणा गरेपछि आएका केही प्रतिनिधि घटनाका प्रशंग मात्र हुन् यी। 

nimb
nimb
Ncell 2
Ncell 2

जनताले जनताका लागि शासन गर्ने व्यवस्थाको रुपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको थियो। जनताको बलिदानीवाट प्राप्त भएको गणतन्त्रमा पनि  शासनसत्तामा पुगेकाहरुले आफूलाई छोटे राजा र जनतालाई रैतीको व्यवहार गर्न नछोडेको प्रशस्त प्रसंगहरु पाइन्छन्। 

जनतालाई रैतीको व्यवहार गर्दै आफू नयाँ शासकको रुपमा उदाएको दम्भ राष्ट्रपतिमा देखियो। रात्रिभोजमा सहभागी हुन आउँदा जनताले आफ्ना सवारीसाधन रोक्न अस्वीकार गरी उनको सवारीको अवज्ञा गर्नुले पनि जनताको असन्तुष्टि सतहमा आएको हो।

जनताले परिवर्तनका लागि बलिदान दिए पनि दशकौंदेखि उही राजनीतिक नेतृत्व र उही रटानका साथ  देशको शासनशैली चलिरहेको छ। हरेक राजनीतिक दलमा उही पुरानै अनुहारका नेतालाई निर्वाचनमा उठाइँदै आएको छ।

प्रसंग १ माथि चर्चा गर्दा राणा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष हुन्। राजा महेन्द्रका पालादेखि नै उनी सरकार र निर्वाचनमा भाग लिइरहने व्यक्ति हुन्। उनी प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि निर्वाचनमा उभिँदै आएका छन्। उनले जनतालाई विकल्प दिनेबारे कहिल्यै पनि सोचेनन्। न त आफूपछिको उत्तराधिकारीको बारेमा बहस नै गरे। श्री ३ चन्द्र शमशेरका नाति उनले जन्मँदै जर्नेलको उपाधि पाए। तर उनले पहिलो संविधानसभा निर्वाचनदेखि जित हात पार्न सकेका छैनन्। 

प्रसंग २ मा चर्चा गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रकै उपहास हुने गरी जनताभन्दा ज्योतिषीलाई प्रधानता दिए। जनताको मन जितेर प्रधानमन्त्री हुने भन्दा उनले ज्योतिषीले सात पटक हुने बताएकाले अझै मौका बाँकी रहेको दाबी गरे। जनताले बलिदान दिएर ल्याइएको गणतन्त्रमा बहालवाला प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो अभिव्यक्ति  दिँदा त्यसले धेरै अर्थ र जनताको सार्वभौमसत्तालाई होच्याउने देखिन्छ। जनतामा विश्वास नभई उनको ध्यान कुनै अदृश्य शक्तिमा देखियो। देउवाको बोलीले तत्कालीन समयमा अर्को अर्थ पनि दिएको थियो। त्यो हो, अझै केही वर्ष शासनसत्तामै केन्द्रित हुनुपर्छ भन्ने मानसिकता। गणतन्त्रसँगै शासक र शासनशैली फेरिनुपर्नेमा त्यही पुरातन शैलीलाई निरन्तरता दिने छनक उनको अभिव्यक्तिमा देखियो। यसबाट के प्रस्ट हुन सकिन्थ्यो भने जनताका लागि होइन सीमित व्यक्ति र नेताका लागि प्रधानमन्त्री/मन्त्री बनाउन गणतन्त्र आएको प्रस्ट बुझ्न सकिन्थ्यो। 

प्रसंग ३ बारे चर्चा गरौं। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवि भण्डारी अघिल्लोभन्दा पछिल्लो कार्यालयमा धेरै विवादमा तानिइन्। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव पनि विवादमुक्त थिएनन्।

गणतन्त्र आएको १२ वर्षको अवधिमा यस्ता सयौं प्रसंग छन्, जसले गणतन्त्र कसका लागि हो भन्ने प्रश्न उब्जाएको छ। सत्ताबाहिर रहँदा जनताको दुहाइ दिन नथाक्ने दलहरु सत्तामा पुगेपछि तिनै जनतालाई नियन्त्रण गर्ने कुत्सित मनसायमा देखिएका छन्।

हेलिकोप्टर खरिददेखि प्रहरी तालिम केन्द्रसम्मको जग्गामा मौन बस्नु र सवारीका नाममा जनतालाई घन्टौंसम्म लाइनमा राखेर सडकमा एक्लै कुद्ने महत्वकांक्षा बढ्दै जानुले भण्डारी आलोचनाकी पात्र बनिन्। राष्ट्रपति कार्यालयले आफन्त र अन्य विशिष्ट व्यक्तिहरुलाई फरक व्यवहार गर्दा आलोचनाको सिकार उनी बनिन्। जनतालाई रैतीको व्यवहार गर्दै आफू नयाँ शासकको रुपमा उदाएको दम्भ उनमा देखियो। रात्रिभोजमा सहभागी हुन आउँदा जनताले आफ्ना सवारीसाधन रोक्न अस्वीकार गरी उनको सवारीको अवज्ञा गर्नुले पनि जनताको असन्तुष्टि देखियो।

केही महिनाअघि प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई गरेको टिप्पणीले फेरि एक पटक गणतन्त्र केका लागि भन्ने बहस गर्नुपर्ने देखियो। सरकारले ल्याएको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सांसदहरुलाई होच्याउने टिप्पणी गरेको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसले विरोध गर्‍यो।

प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुको वास्ता नगर्ने भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन थालेका थिए। प्रधानमन्त्रीले जनताको प्रतिनिधि रहेको सार्वभौम संसद् र सांसदलाई यसरी टिप्पणी गर्नु गणतन्त्रमा प्रधानमन्त्रीले आफूलाई सर्वेसर्वा सम्झनु भएको प्रतिपक्षको आरोप थियो। त्यति मात्रै होइन प्रधानमन्त्रीले सांसदहरुलाई 'प्रश्नको जवाफ चाहिएको छ कि छैन' भनेर धम्क्याने भाषा प्रयोग गरे। प्रधानमन्त्रीले पनि सभामुखमार्फत सवालजवाफ गर्नुपर्नेमा उनी आफै उत्रिए। यसले संसदीय पद्धति गणतन्त्रमा झन् विवादित भयो। जनता सर्वोपरि हुने गणतन्त्रको मर्ममा संसदमाथि प्रधानमन्त्री हाबी भएको यो घटनाले गणतन्त्रमाथि नै उपहास गरेको छ। 

गणतन्त्र आएको १२ वर्षको अवधिमा यस्ता सयौं प्रसंग छन्, जसले गणतन्त्र कसका लागि हो भन्ने प्रश्न उब्जाएको छ। सबैजसो पार्टी र सरकारहरुले गणतन्त्रको मूल्य मान्यतालाई पालना गर्ने भन्दा कुल्चिने गरेका छन्। सत्ताबाहिर रहँदा जनताको दुहाइ दिन नथाक्ने दलहरु सत्तामा पुगेपछि तिनै जनतालाई नियन्त्रण गर्ने कुत्सित मनसायमा देखिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्