• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के प्रतिबन्ध नै अन्तिम अस्त्र हो?

64x64
नेपाल लाइभ सोमबार, जेठ १३, २०७६  १४:५०
1140x725

देशमा तमाम समस्या र बेथितिलाई समेटेर पशुपति शर्माले गीत बनाए- 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट'। शब्द चयन गर्ने क्रममा सर्जकले पनि धेरै पटक सोचविचार गरेकै थिए होलान्। ठूलाठूला भ्रष्टाचार, लुटपाट, बलात्कार, बेरोजगारी, महँगी जस्ता समाचार दिनदिनै सुन्दा र पढ्दा शर्माको मनमा एक किसिमको वितृष्णा पैदा भयो होला। जस्तो कि आम जनताको। देशको समग्र अवस्था एउटै गीतले छर्लंग पारिदियो। तर, सत्तापक्षीय केही समूह गीतको आलोचामा उत्रिए। सर्जकले पछि युट्युबबाट गीत हटाउन बाध्य भए। 

यो गीत त एउटा सन्दर्भ मात्रै हो। मैले यहाँ कुरा गर्न खोजेको हाम्रो देश कता र कुन बाटोमा हिँडिरहेको छ भन्ने हो।

हरेक दिनजसो मिडियामा छाइरहने बलात्कार, बेरोजगारी, महँगी, बन्द विरोधका समाचारले हामी कुन बाटोमा लम्किरहेका छौं भन्ने हो। हामी हरेक कुरालाई किन राजनीतिक रुपमा मात्र सोच्ने गर्दछौं? के समाजमा राजनीतिक दलको लेपन लगाएर बाहेक सामाजिक रुपमा सोच्न नेपाली समाजले बन्द गरिसकेको अवस्था हो र? 

आइतबार मात्रै काठमाडौंका विभिन्न ठाउँमा बम विस्फोटका घटना भए। ४ जनाले ज्यान गुमाए भने ७ जना घाइते अवस्थमा छटपटाइरहेका छन्। यसलाई पनि सामाजिक सञ्जालमा राजनीतिक रङ दिएको देखियो। यो घटना सरासर गलत र कानुनविपरीत छ, यसमा दुई मत छैन। जति निन्दा गरे पनि कम हुन्छ। 

दशक लामो सशस्त्र युद्धमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए। कैयौं आफन्त बेपत्ता छन् अझै। भौतिक संरचनाको क्षति कति भयो? युद्धका घाउहरु अझै निको भएका छैनन्। के फेरि पनि नेपालमा यस्तै हिंसा र रक्तपात सुरु हुन लागेको हो? निर्दोष सर्वसाधारण पनि घरबाट बाहिर निस्कन डर मान्नुपर्ने अवस्था किन बनिरहेको छ? कुन कारणले यस्तो भयावह अवस्था सिर्जना भइरहेको छ?

राजनीतिमा फरक विचार र मत राख्न पाउनु सबै नागरिकको अधिकारको कुरा हो तर फरक विचार राख्न पाउनुपर्छ भन्दै गर्दा के निर्दोष जनतालाई त्रासमा राख्न पाइन्छ? यो प्रश्नको जवाफ कसले दिने? पक्कै जिम्मेवार राज्य नै हो। वर्तमान सरकार नै हो। के कारणबाट यसखाले रक्तपातपूर्ण अवस्थाले प्रश्रय पाइरहेको छ? त्यसको कारण र समाधान खोज्ने कर्तव्य सरकारकै हो।

हिजोको विस्फोटको घटनाबारे सदनका जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले विस्फोट गराउनेहरु सर्वसाधारण जनता होइनन्, विप्लव निकटका हुन् भनेछन्। के जिम्मेवार पदमा रहेकाहरुले बोल्दा विचार गर्नुपर्दैन? के मारिने नेपाली नागरिक नै होइनन् त? के हिजो आफूले गोलाबारुद बोकेर हिँड्दा सबै ठिक, आज अर्कोले बोक्दा गलत? 

हिंसापूर्ण आन्दोलन हिजो पनि गलत थियो। आज पनि गलत नै हो। हिजोको युद्धले नेपालको विकास ५० वर्षभन्दा पछि धकेलिएको छ। अबका यसखाले प्रवृत्तीले फेरि देशलाई कति पछाडि धकेल्ने हो? देशको विकास र परिवर्तनलाई अवरोध गर्ने छुट कसैलाई छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

सत्तामा रहेका नेताहरुलाई प्रश्न छ- तपाईंहरुसँगै हिजो 'जनयुद्ध' लडेका तपाईंका सहयोद्धाहरु फेरि किन र केका लागि आज विद्रोहको नाममा हिंसालाई साथ लिइरहेका छन्? नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाइसकेको अवस्था छ। त्यसपछि विस्फोटका घटना बढ्दै गएको जगजाहेरै छ। के प्रतिबन्ध नै अन्तिम अस्त्र हो?

दसवर्षे युद्धमा मर्ने पनि नेपाली नै थिए। हिजो घट्टेकुलो र सुकेधारामा मर्नेहरु पनि नेपाली जनता नै हुन्। एक्काइसौं शताब्दी गोलाबारुदले हैन विकास र प्रबिधिले चल्ने हो, यो कुरा दुवै पक्षले बुझ्नु जरुरी छ। अन्तिम विकल्प दुवै पक्ष जिम्मेवार हुनु नै हो।

नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको समाचारहरु आएका छन्। कुनै पनि विकास आयोजना निर्माण व्यवसायी आफैले गर्ने होइन। मजदुर चाहिन्छ। अहिले देशबाट ठूलो संख्याका जनशक्ति खाडी र अन्य मुलुक गइरहेका छन्। देशमा कलकारखाना खोलेर रोजगार दिनुको साटो राज्यले युवालाई विदेश निर्यात गरिरहेको छ। यता निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहनुपरेको छ। हाम्रा युवाले खाडी मुलुकलाई कुँदिरहेका छन्। तर, देश भताभुंग बन्दै गइरहेको छ। हाम्रो माग र आपूर्तिको चक्र नमिलेर यस्तो भएको हो। हामीलाई कामदार चाहिएको छ, विदेश जाने कामदारलाई काम। तर, यी दुईलाई जोड्ने कुनै पनि संरचना वा संयोजन गर्ने निकाय वा व्यवस्था छैन। 

हामी सम्पूर्ण रुपमा आयतामुखी अर्थतन्त्रमा निर्भर भइसकेको अवस्थाको सुरुवाती दिनमा छौं। जसलाई यस्ता घटनाले अझ बढी प्रोत्साहन गर्नेछ। आजको संसारमा बिना वैदेशिक लगानी कुनै पनि देशले प्रगति गर्न सक्दैन। वैदेशिक रोजगारी बाध्यता कि रहर भन्ने कुरामा पनि बहसको खाँचो छ। हामी सम्पूर्ण रुपमा आयतामुखी अर्थतन्त्रमा निर्भर भइसकेका छौं, जसले गर्दा भोलिका दिन महँगी अझ चुलिनेमा दुईमत नै छैन। बलियो सरकारको पालामा पनि हामीले राम्रो जग बसाल्न सकेनौं भने हामी अझ पछाडि धकेलिँदै जानेछौं।

आज देशको यो अवस्था आउनुमा राजनीतिक दल मात्र होइन तपाईं-हामी नागरिकको पनि ठूलो हात छ। हामीले कहिले पनि समाज र देशका लागि सोचेनौं। सधैंभरि राजनीतिक दलका कार्यकर्ता भएर मात्र बाँच्यौं। आफ्ना नेतालाई असर पर्ने हो कि भनेर सहीलाई सही गलतलाई गलत भन्न सकेनौं। यही हाम्रो कमजोरीका कारण आजको भयावह स्थिति आएको हो।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प बिहीबार, असार ११, २०८३
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी बिहीबार, असार ११, २०८३
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन बिहीबार, असार ११, २०८३
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका बिहीबार, असार ११, २०८३
फिफाद्वारा एन्फा निलम्बित बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्