• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बजेटका लागि श्रोत अभाव समस्या होइन, कार्यान्वयन समस्या हो : दीपेन्द्र बहादुर क्षेत्री [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, जेठ १२, २०७६  १५:५८
1140x725

सरकारले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट सार्वजनिक गर्न केही दिन मात्र बाँकी छ। सत्तारुढ नेपालद कम्युनिष्ट पार्टी(नेकपा)को चुनावी घोषणापत्र, पन्ध्रौं आवधिक योजनाका लक्ष्य तथा उद्देश्य, दिगो विकास लक्ष्यलगायत विषयहरुलाई बजेटको मुख्य आधारका रुपमा लिइएको छ। सरकारले तयार पारेको नीति तथा कार्यक्रम र संसदबाट पारित भइसकेको 'विनियोजन विधेयक-२०७६' लाई हेर्दा सरकारले केही क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने बाहेक पुरानै आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न चाहिरहेको जस्तो देखिन्छ।

आगामी बजेटले उच्च प्राथमिकतामा राख्नुपर्ने विषय, श्रोत व्यवस्थापन, खर्च प्रणाली र उच्च अंकसहितको आर्थिक वृद्धिदरका विषयमा नेपाल लाइभका हेमन्त जोशीले राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीसँग कुराकानी गरेका छन्।

आगामी आवको बजेटले कुन क्षेत्रका कस्ता आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ?

नयाँ कार्यक्रम के कसरी आउँदैछन् भन्ने कुरा नीति तथा कार्यक्रममार्फत सरकारले सामान्य रुपमा खुलाइसकेको छ। सामाजिक सुरक्षाको विषयलाई प्रधानमन्त्री आफैंले पनि बढ्छ भनिसक्नु भएको छ। त्यो विषय समावेश हुने भयो। तर, जनताले अपेक्षा गरेअनुसार आउँछ भन्नेमा मलाई भने शंकै लाग्छ। यस्ता अरु केही विषय पनि छन्।

सरकारले बजेटमा बढी प्राथमिकता दिनुपर्ने क्षेत्र र विषय भनेको पूर्वाधारका क्षेत्रमा खास गरीकन पूर्व-पश्चिम र उत्तर-दक्षिण सडक सञ्जालहरु निर्माण गर्ने योजना छन्, त्यस्ता योजनाहरुलाई प्राथमिकतामा राखिनुपर्छ। पुराना परियोजनाहरुलाई पूरा गर्ने भनेर सरकार आफैंले बोलिरहेको छ भने पक्कै पनि यस्ता आयोजनाहरु बजेटका प्राथमिकतामा पर्छन्।

सरकारले महत्वाकांक्षा ठूलै राख्छ। तर, त्यसको प्रभावकारिता र प्रगतिको समिक्षा गर्ने कसैलाई फुर्सद नै हुँदैन।

सरकारले आफ्ना केही छुट्टै खालका कार्यक्रम तथा आयोजनाहरु पनि सुरु गरेको छ। जस्तो कि प्रधानमन्त्री आफैंले पानीजहाज सञ्चालन गर्ने विषयलाई निकै प्राथमिकतामा राख्नुभएको छ। हो, यस्ता खालका कार्यक्रमहरु बजेटमा समेटिन्छन्। यस वर्ष नेपालले अन्तरिक्षमा नानो स्टाटालाइट पठाएको छ। त्यसबाट प्रविधिका क्षेत्रमा थप पूर्वाधार खडा गर्छु भनेर सरकार लागिपरेको छ।

मैले भन्न खोजेको के भने सरकारले महत्वाकांक्षा ठूलै राख्छ। तर, त्यसको प्रभावकारिता र प्रगतिको समिक्षा गर्ने कसैलाई फुर्सद नै हुँदैन। जस्तो कि हरेक सरकारले कृषि क्षेत्रलाई बजेटको प्राथमिकतामा राख्ने गरेको छ। कृषि क्षेत्रको विकासका लागि भन्दै किसानलाई अर्बौ रुपैयाँ अनुदान पनि दिन्छ। तर त्यसको प्रभावकारिता खोइ त?

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले बजेटमार्फत सामाजिक सुरक्षाभत्ता बढ्छ भनेर यसअघिनै घोषणा गरिसकेको छ। त्यसले धेरै ठूलो आर्थिक दायित्व सिर्जना गर्छ। तर, पर्याप्त स्रोतबिना नै अघि बढ्दा सरकार अप्ठेरोमा पर्दैन र?

सामाजिक सुरक्षाभत्ता, खासगरी वृद्धभत्ता सरकारले यसपटक नै ५ हजार पुर्‍याउँछ जस्तो मलाई लाग्दैन। निश्चित रकम बढाउन सक्छ। थोरै रकम बढाउँदा श्रोत खोज्न खासै समस्या नहोला।

विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा लगानी गर्नका लागि 'तपाईंहरु परियोजना छान्नुस्, हामी ऋण दिन्छौं' त भनेकै छन् त। यस अर्थमा श्रोत अभाव समस्या होइन। खास समस्या चाहिँ कार्यान्वयन हो।

नेपालको हकमा क्षेत्रगत रुपमा पर्यटन, कृषि, उर्जा, उद्योग अथवा अरु कुनै क्षेत्रमध्ये हाम्रो आवश्यकता के हो? कुन क्षेत्र बजेटको बढी प्राथमिकतामा पर्नुपर्छ?

Xtrem

Xtrem

विकास त सबै क्षेत्रमा आवश्यक छ। त्यसका लागि अनिवार्य रुपमै बजेट आवश्यक परिहाल्छ। लगानीकर्ताहरुले बढी चासो जलविद्युत क्षेत्रमा देखाइरहेको हुनाले उर्जा क्षेत्रलाई सरकारले पनि प्राथमिकता दिन्छ। जलविद्युत आयोजनाहरु बढी प्राथमिकतामा पर्ने आधार के पनि हो भने भारतबाट ठूलो परिमाणमा विद्युत आयात भइरहेको छ। त्यसलाई प्रतिस्थापन गर्नका लागि पनि मुलुकभित्रै सम्भावना खोज्नुपर्छ।

स्वदेशी र विदेशी दुवै खालका लगानी बढी भन्दा बढी होस् भनेर सरकारले चाहिरहेको बेलामा निजी क्षेत्रलाई लगानीमा उत्साहित बनाउने गरी आयोजना आउन सक्छन्। यसो भनिरहँँदा हामीले पर्यटनलाई पनि नजरअन्दाज गर्न सकिँदैन।

कृषि क्षेत्रलाई त झन् हामीले प्राथमिकताको क्षेत्र भनेर तोक्नु नै पर्छ। अहिले हामीले के अवस्था देखिरहेका छौं भने मासिक रुपमा अर्बौ रुपैयाँ बराबरको खाद्यान्न तथा कृषि उपज आयात भइरहेको छ। चालू आर्थिक वर्षको पछिल्लो ९ महिना अवधिमा मात्र २५ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न सामाग्री आयात भएको छ।

किसानलाई दिइएको अनुदानको सदुपयोग भएन। त्यो वास्तविक किसानकहाँ पुगेन। त्यसलाई पुनरावलोकन गरिन्छ भनेर नीति तथा कार्यक्रमले पनि भनेको छ। त्यसभित्रै रहेर नयाँ कार्यक्रमहरु कृषि क्षेत्रमा देखिन सक्छन्।

आगामी आवका लागि राष्ट्रिय योजना आयोगले करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तयार पारेको छ। तोकिएको सिलिङअनुसार बजेट ल्याउन सरकारलाई श्रोत जुटाउन कतिको चुनौतीपूर्ण छ?

अहिले वास्तवमा राजश्व बढेकै छ। कम भयो भन्नु उहाँहरुले गुनासो मात्र हो। राजश्वका अतिरिक्त बाह्य श्रोतहरु पनि छन्। प्रतिवद्धता जनाएर पनि ऋण लिन नसकेका उदाहरण पनि हामी माझमै छन्। मागेकै ऋण उठाइएको छैन। स्वदेशी तथा विदेशी ऋण र अनुदान उठाउन सरकारलाई समस्या छैन। उनीहरुले सजिलै दिन्छन्।

चालू आवमा भन्दा आगामी आवमा अर्थतन्त्रको अवस्थामा पक्कै पनि सुधार हुन्छ। किनभने, संघियताको कार्यान्वयन अहिले पूर्णरुपमा भइसकको छैन। हामी अभ्यासकै क्रममा छौं। चालू आवमा सिकेको कुरालाई सिंहावलोकन गरेर आउने वर्ष राम्रो नतिजा निकाल्न सकिन्छ।

अहिले नै विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा लगानी गर्नका लागि 'तपाईंहरु परियोजना छान्नुस्, हामी ऋण दिन्छौं' त भनेकै छन् त। यस अर्थमा श्रोत अभाव समस्या होइन। खास समस्या चाहिँ कार्यान्वयन हो।

चालू आवमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। त्यो पुरा हुने देखिँदैन। आर्थिक वृद्धिदर मात्र नभई अर्थतन्त्रका अधिकांश सूचकहरु सुध्रिएका छैनन्। आगामी आवमा आर्थिक वृद्धिदरलगायत अन्य सूचकहरु बढ्नेमा आशावादी बन्न सकिन्छ?

चालू आवमा भन्दा आगामी आवमा अर्थतन्त्रको अवस्थामा पक्कै पनि सुधार हुन्छ। किनभने, संघियताको कार्यान्वयन अहिले पूर्णरुपमा भइसकको छैन। हामी अभ्यासकै क्रममा छौं। चालू आवमा सिकेको कुरालाई सिंहावलोकन गरेर आउने वर्ष राम्रो नतिजा निकाल्न सकिन्छ।

प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम आयोगले नै गर्ने भएका कारण जिम्मेवारी बाँडफाँटसँगै नतिजा पनि राम्रो देखिन्छ। तर, सरकार आफैं त्यो बोझबाट हल्का हुन चाहिरहेको छैन।

आगामी आवमा प्रदेशहरु, स्थानीय तहहरु थप सक्रिय हुन्छन्। उनीहरुको सहभागिता बढ्ने भएका कारणले विकास खर्च बढ्छ। त्यसको प्रभाव अर्थतन्त्रमा पनि देखिन्छ।

अर्को महत्वपूर्ण कुरा के भने प्राकृतिक श्रोत तथा वित्त आयोगले पनि आफ्नो कार्यक्षेत्रभित्रका सबै काम गर्नसक्ने वातारण बनाइनुपर्छ। उनले पाएको जिम्मेवारी पूरा गर्न दिइनुपर्छ। किनभने, अर्थ मन्त्रालयको ४५ प्रतिशत भार प्राकृतिक श्रोत तथा वित्त आयोगले लिन्छ।

प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम आयोगले नै गर्ने भएका कारण जिम्मेवारी बाँडफाँटसँगै नतिजा पनि राम्रो देखिन्छ। तर, सरकार आफैं त्यो बोझबाट हल्का हुन चाहिरहेको छैन। अर्थ मन्त्रालयले जिम्मेवारी हस्तान्तरण गर्नै नचाहेको जस्तो देखिन्छ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्