न्युयोर्क– युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि स्पेनका राफायल नाडाल र दक्षिण अफ्रिकाका केभिन एन्डर्सनबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा शीर्ष वरीयताका स्पेनिस खेलाडी नाडालले अर्जेन्टिनाका जुवान मार्टिन डेल पोर्टोलाई ४–६, ६–०, ६–३ र ६–२ ले पराजित गर्दै एन्डर्सनसँगको भेट पक्का गरे। ३१ वर्षीय नाडालले लगातार ९ खेल जितेर फाइनलमा स्थान बनाएका हुन्। नाडालले यसअघि दुई पटक युएस ओपनको उपाधि जितिसकेका छन्। आइतबार तेस्रो उपाधि जिते नाडालले समग्रमा १६औं ग्रान्डस्लाम ट्रफी चुम्नेछन्।
पहिलो सेमिफाइनलमा २८औ वरीयताका एन्डर्सनलले १२औं वरीयताका स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्टालाई ४–६, ७–५, ६–३ र ६–४ ले हराए। ३२ वर्षीय एन्डर्सन युएस ओपनको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताका खेलाडी हुन्। यस्तै उनी ३० वर्षपछि दक्षिण अफ्रिकाबाट ग्रान्डस्लामको फाइनलमा पुग्ने खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।