झापा–झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतगणनामा शर्माले कार्कीसँगको मतान्तर घटाएका छन् ।
कार्कीको १६ हजार ५७ मत छ भने शर्माको १५ हजार २ सय ३३ मत छ । दुई जनाबीच ८ सय २४ मतको मतान्तर छ । सुरुदेखि नै झापा १ मा कार्कीले अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।