काठमाडौं– बिहिबारको निर्वाचनमा मतदातालाई भोट नहाल्न भनेर प्रभावीत गरेको भन्दै प्रहरीले तराईमा बिखण्डनवादी गतिविधिमा संलग्न सिके राउतलाई प्रहरीले निर्वाचन कसुरसम्बन्धि मुद्दा चलाएको छ । शुक्रबार अदालतबाट सात दिन थुनामा राख्न प्रहरीले आदेश लिएको छ ।
बिहिबार बिहान धनुषास्थित डेराबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । राउतकै निर्देशनमा बिहिबार सप्तरीको महदेवास्थित आधारभुत बिद्यालय मतदान केन्द्रमा १ जना पनि स्थानिय मतदान गर्न गएनन् । २ नम्बर प्रदेशका अन्य जिल्लामा पनि उनले भोट नहाल्न अभियान चलाएका थिए । राउतलाई निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका एसपी चक्र बहादुर सिंहले नेपाललाइभलाई बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।