काठमाडौं– अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृत प्रधानको स्मृतिमा क्याम्पस स्तरीय अमृत ट्रफी फुटबल प्रतियोगिता हुने भएको छ।
अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक निराजन पौडेलले जानकारी दिए।
सानो गौचरनमा हुने प्रतियोगितामा उपत्यकाका १७ क्याम्पसले भाग लिनेछन्। प्रतियोगिता भदौ २४ गते सुरु भएर असोज १ गते सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।