अबुजा– म्याच अफिसियललाई आक्रमण गर्ने ९ फुटबल खेलाडी तथा २ क्लब अफिसियललाई प्रतिबन्ध लगाइएको छ।
नाइजेरियाको लिग खेलको दौरान म्याच अफिसियलमाथि आक्रमण गरेका एफसी इफेइनयी उबाहका ९ खेलाडीलाई १२ खेल तथा २ अफिसियललाई १९ खेलको प्रतिबन्ध लगाइएको हो । गत वर्ष उहाब इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग साझेदार बनेको क्लब हो।
गत अगस्टमा भएको लिग खेलमा तीन खेलाडीले रेफ्री नाकुरा आउवालालाई आक्रमण गरेका थिए । रेफ्रीले विंगर किंग ओसाङ्गालाई रातो कार्ड देखाएपछि खेलाडी उग्र बनेका थिए । तीन खेलाडीले रेफ्रीलाई आक्रमण गरेका थिए भने अन्य ६ खेलाडीले हिंस्रक व्यवहार देखाएका थिए।
क्लबलाई ४९ सय अमेरिकी डलर पनि जरिबना गरिएको छ भने खेलाडीले जनही ७ सय डलर जरिवाना तिर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।