काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले गुट-उपगुटको चर्चा पार्टीभित्रै पनि चल्ने गरेको बताएका छन्।
नेपाल लाइभसँगको कुराकानीमा उपनेता नेम्वाङले त्यसबाटै आफै पनि बेलाबेला मुछिने गरेको खुलाए।
‘गुट–उपगुटको चर्चा त मैले पनि सुनेको छु। पत्रपत्रिका, सञ्चारमाध्यम यसो हेर्ने कोसिस गर्छु। कहिलेकाहीँ त्यो चर्चाका बीचमा मलाईं पनि कहिले कुन ठाउँमा पुर्याएको देख्छु। र, म आनन्दसँग नै हाँस्छु,’ नेता नेम्वाङले भने, ‘मलाई गुट-उपगुटमा विश्वास छैन। यसले हामीलाई कुनै राम्रो निष्कर्षमा पुर्याउँदैन।' यी सबै विषयलाई पर राखेर पार्टी पद्धति र प्रक्रिया अनुसार चल्नुपर्ने उनले बताए।
संसदभित्रै पनि गुट–उपगुट देखिएका विषय बेला मौकामा आउने गरेको भन्दै उनले यसले संसदीय दललाई प्रभावित नतुल्याओस् भनेर आफू सचेत रहेको उनको बताए।
नेम्वाङसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको कुराकानी :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।