• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रेरणाका पात्र : जसले धैर्य गुमाएनन्

64x64
नेपाल लाइभ बुधबार, जेठ १, २०७६  ०६:१०
1140x725

रोल्पा- घरको आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि भारतको कज गए रोल्पा खुमेलका रामसिंह विक। श्रीमती मनमालीको साथमा कज गएका उनले त्यहाँ कारखानामा काम गर्न थाले। श्रीमानसँगै मनमाली पनि मजदुरी गर्थिन्। पैसा कमाएर स्वदेश फर्किने अनि जग्गा किन्ने र एउटा राम्रो घर बनाउने सपना थियो विक दम्पतीको। काम गर्न थालेको ४ वर्ष पुगेको थियो। एक दिन कारखानामा काम गर्दागर्दै रामसिंहहका दुबै आँखामा एक्कासी बिजुली चम्केझै भयो। एकाएक दुबै आँखा बन्द भए।

मनमालीको काखमा एक वर्षका छोरा थिए। छोराको स्याहार गर्दै मजदुरी गर्न भ्याएकी उनलाई श्रीमानले एक्कासी दुबै आँखा देख्न छाडेपछि कहाँ जाऊँ र के गरौं भयो। परदेशमा चिनजान भएका कोही छैनन्, श्रीमान्‌को आश्रयमा बसेकी मनमालीमाथि एक्कासी आइलागेको विपद्‌को कसरी सामाना गर्ने भन्ने चिन्ताले सताउन थाल्याे। रामसिंहह बिरामी परेको थाहा पाएर कजमा रहेका उनका एक जना गाउँले साथी उनलाई भरपुर सहयाेग गरे। उनै गाउँलेको सहयोगमा रामसिंहहलाई भारतका विभिन्न अस्पतालमा लगियाे। उपचार प्रक्रियामा दुःख गरेर कमाएको पैसा सकियाे तर निको भएन।

उपचारका क्रममा भारतमै रहेका रामसिंहका साढुभाइले एउटा आँखा दान गर्न तयार भएका रहेछन्। तर, उनको आँखाको नली नै सुकेको भन्दै डाक्टरले ज्योति फर्काउन सम्भव नभएको बतायाे। उपचार नहुने भएपछि रामसिंहकाे ३ जनाको परिवार नेपाल फर्कियो। भारतमा पैसा कमाएर नेपालमा आरामदायी जीवन बिताउने विक दम्पतीको सपना सपना नै रह्याे।

घर फर्किएपछि सुरुका दिनमा उनीहरुले न त छिमेकीकाे सहयाेग पाए न त आफन्तबाट साथ नै। 'कहिलेकाहीं मासु खान मन लाग्थ्यो। तर, साथमा पैसा हुँदैनथ्यो, उधारो कसैले दिँदैनथे,' विगत सम्झिँदै भावुक हुन्छन् रामसिंह। भारतबाट फर्केको ३ वर्ष गाउँमै बसे उनीहरु। गाउँमा आफ्नो जग्गाजमिन थिएन। अरुको काम गर्दा पनि भने जति ज्याला नपाउँदा कैँयौं दिन त भोकभोकै बसेको सम्झना छ उनलाई।

गाउँमा जीवनयापनका लागि निकै समस्या भएपछि १ छोरा र १ छोरीका साथमा विक दम्पती सदरमुकाम लिवाङ झरे। कठिन मजदुरी गर्दागर्दै उनीहरुका १२ वर्ष बिते। यसबीचमा उनले गिट्टी फाेर्नेसम्मकाे काम गरे। आँखा नदेख्ने भए पनि उनी श्रीमतीको सहारामा यस काममा टिकेकाे बताउँछन्। 'ढुंगामा हान्ने घन कतिपटक हातमा हानेर घाउँसमेत बन्थ्याे। जसले पीडा त हुन्थ्याे, त्यसमाथि काम नगरेपछि एक जनाकाे मात्रै कमाइले दिनहुँ ४ जनालाई खान पनि धाैधाै हुन्थ्याे', उनले आफ्ना पीडाका दिनहरु सम्झिए।

विक परिवारले १२ वर्ष यति अभावका बीचमा काट्नुपर्‍याे कि उनीहरुकाे आङले धेरै वर्षसम्म नयाँ लुगा पाएन। अरुले दिएका लुगा लगाएर लामाे समय बिताएकाे बताउने रामसिंहमा जाडोयाममा ओढ्ने/ओछ्याउने कपडाको अभावमा कैंयौं रात आगो तापेर बिताएकाे सम्झना ताजै छ। 'दुःखजिलो गरेर पैसा कमाए पनि कमाएको जति धेरै खानामै खर्च हुन्थ्यो। केही पैसा बचत गरेर एउटा ठेला किन्याैंं,' रामसिंहले भने, 'त्यसपछि मात्रै केही सहजता थपिन सुरु भएकाे हाे।'

ठेलाअघि उभिएका रामसिंह विक।

विक दम्पती दिनभर ठेलामा तरकारी राखेर चाेक र गल्लीमा घुमाउँदै बिक्री गर्थे। सुरु-सुरुमा दुवै जनाले सँगै ठेला गुडाए। तर, याे सिलसिला लामाे समय चलेन। तरकारीको व्यापार राम्रो हुँदै जान थालेपछि मनमालीले कोठामा बसेर तरकारी बिक्री गर्न थालिन्। रामसिंह भने एक सहयोगीको भरमा ठेला गुडाउँदै हिड्न थाले। लगातारको मेहनतपछि कमाइमा बढाेत्तरी हुन थाल्याे। उनीहरुले बढेकाे कमाइ पुनः तरकारी किन्नमै लगानी गरे। मनमालीले थोकमा तरकारी बेच्न थालिन्। तरकारी बेच्ने साहुहरुले पनि विक दम्पत्तीको मेहनत र लगनशीलता देखेर उधारोमा तरकारी दिन थाले। बिस्तारै व्यापारकाे दायरा फराकिलाे हुँदै गयाे।

ठेलामा तरकारी बेच्ने विक दम्पती केही समयमै सदरमुकाममा साना तरकारी पसलहरुलाई तरकारी बेच्ने भइसकेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

अथक प्रयास र धैर्य नगुमाएका विक दम्पतीले अहिले लिवाङमा १५ लाख मूल्य पर्ने एउटा घडेरी समेत किनेका छन्। 'अब आफ्नै घर बनाउने सोच बनाएका छौं,' प्रफुल्लता र आत्मविश्वासकाे रङ मिसिएकाे लवजमा रामसिंहले भने, 'घडेरी किन्दा केही ऋण पनि लिएका थियौं। त्यो ऋण तिरेर सकिएपछि घर बनाउने हाे।'

विक दम्पत्तीले व्यवसायमा सघाउन एक जना सहयोगी समेत राखेका छन्। सहयोगीको खर्च मात्रै हरेक महिना झन्डै १५ हजार रुपैयाँ आउने सिंह बताउँछन्। तर, दैनिक सरदर १० हजार रुपैयाँको तरकारी बिक्री गर्दै आएका रामसिंह भन्छन्, 'यसका लागि खासै समस्या छैन।'

विक परिवारकाे अहिले आयस्राेत तरकारी पसल मात्रै छैन। छोरा कमलकाे जागिरबाट हुने कमाइले पनि उनीहरुलाई थप सहयाेग मिलेकाे छ। बुहारीले भने पूरा समय तरकारी पसललाई नै दिने रामसिंहले बताए।

कुनैबेला दुबै आँखा गुमाएर बाँच्ने आशा गुमाएकाे बताउने रामसिंहलाई श्रीमती नभइदिएकाे भए आफ्नाे अवस्था कस्ताे हुन्थ्याे हाेला, त्याे साेच्न पनि चाहँदैनन्। एक महिलाले आँटेमा अभाव र पीडाकाे चपेटामा परेकाे परिवारलाई सहजै पार लगाउन सकिन्छ भन्नेमा मनमाली गतिलो उदाहरण बनेकी छिन्। उता दुबै आँखा गुमाएर पनि धैर्य नगुमाएका कारण समाजकै उदाहरण बनेका छन् रामसिंह पनि।

000

वर्ष-२०५०, महिना-साउन। भक्तिराम रिजाल विद्यालय नजिक चिउरी फल खान रुख चढे। कक्षा ५ मा पढ्ने उनी साथीभाइसँग चिउरी खान रुख चढेका थिए। चिउरी खाँदाखाँदै टेकेकाे चिउरीको हाँगा भाचिएपछि रिजाल भुइँमा पछारिए। लामो समय अचेत रहेका उनको उपचारका लागि परिवारले दाङ, नेपालगञ्ज र काठमाडाैंसम्म पुर्‍यायो। लामो समयकाे उपचारपछि उनको स्वास्थ्यमा सुधार त भयो, तर एक हात र एक खुट्टा भने निकै कमजाेर छन्। लगभग चल्दैन भन्दा हुन्छ। 'रुखबाट लड्दा दाँतसमेत झरेका थिए। जिब्राेसमेत सिलाइएको थियो,' भक्तिरामले पुरानाे घाउ सम्झिए।

आफ्नाे तरकारी पसलमा प्याजकाे बाेरा बाेक्दै भक्तिराम रिजाल।

एक हात र एक खुट्टाको भरमा हिँडडुल गर्न बाध्य भक्तिरामले विवाहपछि सदरमुकाम लिवाङमा तरकारी पसल सुरु गरे। सुरुमा भक्तिरामकाे दैनिकी पनि रामसिंहकाे जस्तै ठेलामा तरकारी राखेर बेच्नु थियाे। यही क्रममा उनी अहिले तरकारीको थोक बिक्रेता भएका छन्। श्रीमती कमलाले पनि छुट्टै तरकारीको पसल थापेकी छिन्। 'तरकारीबाट दैनिक सरदरमा १० हजार रुपैयाँ बढीको कारोबार हुन्छ,' रिजालले भने।

तरकारी बिक्रीबाट भएको आम्दानीबाट उनले सदरमुकाम लिवाङमा २ वटा पक्की घरसमेत बनाएका छन्। हाल दुबै घर भाडामा समेत दिएकाे उनले बताए। रिजाल दम्पतीका एक छाेरा र एक छारी छन्। दुबैले सदरमुकामको एक विद्यालयमा पढ्छन्। 'छोरी ममताले कक्षा ९ मा छोरा मनोजले कक्षा ६ मा पढ्छ,' रिजालले आफ्नाे इच्छा सुनाए, 'पढ्ने इच्छा हुँदाहुँदै रुखबाट लडेर पढ्न पाइन। आफूले पढ्ने अवसर नपाए पनि छोराछोरीलाई भने पढाएर ठूलाे, असल र ज्ञानी मान्छे बनाउँछु। आखिर दुःख गरेर कमाएको उनीहरुकै लागि त हो।'

'मार्सल आर्ट'को राम्रो खेलाडी रहेकी छोरी ममताले हालै नेपालगञ्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाइन्। सफलता हासिल गर्न नसके पनि छाेरी प्रतिस्पर्धामा छनाेट भएकोमा नै रिजाल दंग छन्। राष्ट्रिय खेलकुद छनाेटअन्तर्गत प्युठानमा भएको प्रदेश स्तरीय खेलमा भने ममता सर्वोत्कृष्ट खेलाडी घाेषित भएकी थिइन्।

आफू रुखबाट लड्दा धेरैले मर्‍यो भनेर छोडेर हिँडेको उनको आमाको मुखबाट सुनेको बताउने रिजाल अहिले सफल व्यवसायीमा गनिन्छन्। बुवा सानै छँदा गुमाए पनि आमा र दिदीबहिनीले उनलाई भरपुर साथ र अभिभावकत्व दिएका छन्। बिरामी हुँदा देशका विभिन्न अस्पताल पुर्‍याएकाे भएर मात्रै पुनर्जीवन पाएको रिजाल बताउँछन्। 'आमा र दिदीबहिनी नभएको भए म त्यतीबैलै मर्ने थिए हाेला,' रिजाल केहीबेर बाेल्न सक्दैनन्।

शारिरीकरुपले अशक्त भएका विक र रिजाल उत्प्रेरणाका श्रोत हुन्। देशमा रोजगारीको अवसर नभएको भन्दै विदेश भौंतारिने युवायुवतीका लागि विक र रिजालकाे परिवारले निरन्तर मेहनत गरे स्वदेशमै प्रशस्त अवसर र सफलताकाे सम्भावना रहेको सन्देशसमेत दिइरहेका छन्। निरन्तरता र धैर्यले जुनसुकै पेसा-व्यवसाय पनि सफल हुने सन्देशसहित निरन्तर कर्ममा क्रियाशील छन् उनीहरु।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण, क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण
बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडक खण्ड बन्द
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण, क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण बिहीबार, वैशाख ३१, २०८३
बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडक खण्ड बन्द बिहीबार, वैशाख ३१, २०८३
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्