• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रेरणाका पात्र : जसले धैर्य गुमाएनन्

64x64
नेपाल लाइभ बुधबार, जेठ १, २०७६  ०६:१०
1140x725

रोल्पा- घरको आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि भारतको कज गए रोल्पा खुमेलका रामसिंह विक। श्रीमती मनमालीको साथमा कज गएका उनले त्यहाँ कारखानामा काम गर्न थाले। श्रीमानसँगै मनमाली पनि मजदुरी गर्थिन्। पैसा कमाएर स्वदेश फर्किने अनि जग्गा किन्ने र एउटा राम्रो घर बनाउने सपना थियो विक दम्पतीको। काम गर्न थालेको ४ वर्ष पुगेको थियो। एक दिन कारखानामा काम गर्दागर्दै रामसिंहहका दुबै आँखामा एक्कासी बिजुली चम्केझै भयो। एकाएक दुबै आँखा बन्द भए।

मनमालीको काखमा एक वर्षका छोरा थिए। छोराको स्याहार गर्दै मजदुरी गर्न भ्याएकी उनलाई श्रीमानले एक्कासी दुबै आँखा देख्न छाडेपछि कहाँ जाऊँ र के गरौं भयो। परदेशमा चिनजान भएका कोही छैनन्, श्रीमान्‌को आश्रयमा बसेकी मनमालीमाथि एक्कासी आइलागेको विपद्‌को कसरी सामाना गर्ने भन्ने चिन्ताले सताउन थाल्याे। रामसिंहह बिरामी परेको थाहा पाएर कजमा रहेका उनका एक जना गाउँले साथी उनलाई भरपुर सहयाेग गरे। उनै गाउँलेको सहयोगमा रामसिंहहलाई भारतका विभिन्न अस्पतालमा लगियाे। उपचार प्रक्रियामा दुःख गरेर कमाएको पैसा सकियाे तर निको भएन।

उपचारका क्रममा भारतमै रहेका रामसिंहका साढुभाइले एउटा आँखा दान गर्न तयार भएका रहेछन्। तर, उनको आँखाको नली नै सुकेको भन्दै डाक्टरले ज्योति फर्काउन सम्भव नभएको बतायाे। उपचार नहुने भएपछि रामसिंहकाे ३ जनाको परिवार नेपाल फर्कियो। भारतमा पैसा कमाएर नेपालमा आरामदायी जीवन बिताउने विक दम्पतीको सपना सपना नै रह्याे।

घर फर्किएपछि सुरुका दिनमा उनीहरुले न त छिमेकीकाे सहयाेग पाए न त आफन्तबाट साथ नै। 'कहिलेकाहीं मासु खान मन लाग्थ्यो। तर, साथमा पैसा हुँदैनथ्यो, उधारो कसैले दिँदैनथे,' विगत सम्झिँदै भावुक हुन्छन् रामसिंह। भारतबाट फर्केको ३ वर्ष गाउँमै बसे उनीहरु। गाउँमा आफ्नो जग्गाजमिन थिएन। अरुको काम गर्दा पनि भने जति ज्याला नपाउँदा कैँयौं दिन त भोकभोकै बसेको सम्झना छ उनलाई।

गाउँमा जीवनयापनका लागि निकै समस्या भएपछि १ छोरा र १ छोरीका साथमा विक दम्पती सदरमुकाम लिवाङ झरे। कठिन मजदुरी गर्दागर्दै उनीहरुका १२ वर्ष बिते। यसबीचमा उनले गिट्टी फाेर्नेसम्मकाे काम गरे। आँखा नदेख्ने भए पनि उनी श्रीमतीको सहारामा यस काममा टिकेकाे बताउँछन्। 'ढुंगामा हान्ने घन कतिपटक हातमा हानेर घाउँसमेत बन्थ्याे। जसले पीडा त हुन्थ्याे, त्यसमाथि काम नगरेपछि एक जनाकाे मात्रै कमाइले दिनहुँ ४ जनालाई खान पनि धाैधाै हुन्थ्याे', उनले आफ्ना पीडाका दिनहरु सम्झिए।

विक परिवारले १२ वर्ष यति अभावका बीचमा काट्नुपर्‍याे कि उनीहरुकाे आङले धेरै वर्षसम्म नयाँ लुगा पाएन। अरुले दिएका लुगा लगाएर लामाे समय बिताएकाे बताउने रामसिंहमा जाडोयाममा ओढ्ने/ओछ्याउने कपडाको अभावमा कैंयौं रात आगो तापेर बिताएकाे सम्झना ताजै छ। 'दुःखजिलो गरेर पैसा कमाए पनि कमाएको जति धेरै खानामै खर्च हुन्थ्यो। केही पैसा बचत गरेर एउटा ठेला किन्याैंं,' रामसिंहले भने, 'त्यसपछि मात्रै केही सहजता थपिन सुरु भएकाे हाे।'

ठेलाअघि उभिएका रामसिंह विक।

विक दम्पती दिनभर ठेलामा तरकारी राखेर चाेक र गल्लीमा घुमाउँदै बिक्री गर्थे। सुरु-सुरुमा दुवै जनाले सँगै ठेला गुडाए। तर, याे सिलसिला लामाे समय चलेन। तरकारीको व्यापार राम्रो हुँदै जान थालेपछि मनमालीले कोठामा बसेर तरकारी बिक्री गर्न थालिन्। रामसिंह भने एक सहयोगीको भरमा ठेला गुडाउँदै हिड्न थाले। लगातारको मेहनतपछि कमाइमा बढाेत्तरी हुन थाल्याे। उनीहरुले बढेकाे कमाइ पुनः तरकारी किन्नमै लगानी गरे। मनमालीले थोकमा तरकारी बेच्न थालिन्। तरकारी बेच्ने साहुहरुले पनि विक दम्पत्तीको मेहनत र लगनशीलता देखेर उधारोमा तरकारी दिन थाले। बिस्तारै व्यापारकाे दायरा फराकिलाे हुँदै गयाे।

ठेलामा तरकारी बेच्ने विक दम्पती केही समयमै सदरमुकाममा साना तरकारी पसलहरुलाई तरकारी बेच्ने भइसकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अथक प्रयास र धैर्य नगुमाएका विक दम्पतीले अहिले लिवाङमा १५ लाख मूल्य पर्ने एउटा घडेरी समेत किनेका छन्। 'अब आफ्नै घर बनाउने सोच बनाएका छौं,' प्रफुल्लता र आत्मविश्वासकाे रङ मिसिएकाे लवजमा रामसिंहले भने, 'घडेरी किन्दा केही ऋण पनि लिएका थियौं। त्यो ऋण तिरेर सकिएपछि घर बनाउने हाे।'

विक दम्पत्तीले व्यवसायमा सघाउन एक जना सहयोगी समेत राखेका छन्। सहयोगीको खर्च मात्रै हरेक महिना झन्डै १५ हजार रुपैयाँ आउने सिंह बताउँछन्। तर, दैनिक सरदर १० हजार रुपैयाँको तरकारी बिक्री गर्दै आएका रामसिंह भन्छन्, 'यसका लागि खासै समस्या छैन।'

विक परिवारकाे अहिले आयस्राेत तरकारी पसल मात्रै छैन। छोरा कमलकाे जागिरबाट हुने कमाइले पनि उनीहरुलाई थप सहयाेग मिलेकाे छ। बुहारीले भने पूरा समय तरकारी पसललाई नै दिने रामसिंहले बताए।

कुनैबेला दुबै आँखा गुमाएर बाँच्ने आशा गुमाएकाे बताउने रामसिंहलाई श्रीमती नभइदिएकाे भए आफ्नाे अवस्था कस्ताे हुन्थ्याे हाेला, त्याे साेच्न पनि चाहँदैनन्। एक महिलाले आँटेमा अभाव र पीडाकाे चपेटामा परेकाे परिवारलाई सहजै पार लगाउन सकिन्छ भन्नेमा मनमाली गतिलो उदाहरण बनेकी छिन्। उता दुबै आँखा गुमाएर पनि धैर्य नगुमाएका कारण समाजकै उदाहरण बनेका छन् रामसिंह पनि।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

000

वर्ष-२०५०, महिना-साउन। भक्तिराम रिजाल विद्यालय नजिक चिउरी फल खान रुख चढे। कक्षा ५ मा पढ्ने उनी साथीभाइसँग चिउरी खान रुख चढेका थिए। चिउरी खाँदाखाँदै टेकेकाे चिउरीको हाँगा भाचिएपछि रिजाल भुइँमा पछारिए। लामो समय अचेत रहेका उनको उपचारका लागि परिवारले दाङ, नेपालगञ्ज र काठमाडाैंसम्म पुर्‍यायो। लामो समयकाे उपचारपछि उनको स्वास्थ्यमा सुधार त भयो, तर एक हात र एक खुट्टा भने निकै कमजाेर छन्। लगभग चल्दैन भन्दा हुन्छ। 'रुखबाट लड्दा दाँतसमेत झरेका थिए। जिब्राेसमेत सिलाइएको थियो,' भक्तिरामले पुरानाे घाउ सम्झिए।

आफ्नाे तरकारी पसलमा प्याजकाे बाेरा बाेक्दै भक्तिराम रिजाल।

एक हात र एक खुट्टाको भरमा हिँडडुल गर्न बाध्य भक्तिरामले विवाहपछि सदरमुकाम लिवाङमा तरकारी पसल सुरु गरे। सुरुमा भक्तिरामकाे दैनिकी पनि रामसिंहकाे जस्तै ठेलामा तरकारी राखेर बेच्नु थियाे। यही क्रममा उनी अहिले तरकारीको थोक बिक्रेता भएका छन्। श्रीमती कमलाले पनि छुट्टै तरकारीको पसल थापेकी छिन्। 'तरकारीबाट दैनिक सरदरमा १० हजार रुपैयाँ बढीको कारोबार हुन्छ,' रिजालले भने।

तरकारी बिक्रीबाट भएको आम्दानीबाट उनले सदरमुकाम लिवाङमा २ वटा पक्की घरसमेत बनाएका छन्। हाल दुबै घर भाडामा समेत दिएकाे उनले बताए। रिजाल दम्पतीका एक छाेरा र एक छारी छन्। दुबैले सदरमुकामको एक विद्यालयमा पढ्छन्। 'छोरी ममताले कक्षा ९ मा छोरा मनोजले कक्षा ६ मा पढ्छ,' रिजालले आफ्नाे इच्छा सुनाए, 'पढ्ने इच्छा हुँदाहुँदै रुखबाट लडेर पढ्न पाइन। आफूले पढ्ने अवसर नपाए पनि छोराछोरीलाई भने पढाएर ठूलाे, असल र ज्ञानी मान्छे बनाउँछु। आखिर दुःख गरेर कमाएको उनीहरुकै लागि त हो।'

'मार्सल आर्ट'को राम्रो खेलाडी रहेकी छोरी ममताले हालै नेपालगञ्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाइन्। सफलता हासिल गर्न नसके पनि छाेरी प्रतिस्पर्धामा छनाेट भएकोमा नै रिजाल दंग छन्। राष्ट्रिय खेलकुद छनाेटअन्तर्गत प्युठानमा भएको प्रदेश स्तरीय खेलमा भने ममता सर्वोत्कृष्ट खेलाडी घाेषित भएकी थिइन्।

आफू रुखबाट लड्दा धेरैले मर्‍यो भनेर छोडेर हिँडेको उनको आमाको मुखबाट सुनेको बताउने रिजाल अहिले सफल व्यवसायीमा गनिन्छन्। बुवा सानै छँदा गुमाए पनि आमा र दिदीबहिनीले उनलाई भरपुर साथ र अभिभावकत्व दिएका छन्। बिरामी हुँदा देशका विभिन्न अस्पताल पुर्‍याएकाे भएर मात्रै पुनर्जीवन पाएको रिजाल बताउँछन्। 'आमा र दिदीबहिनी नभएको भए म त्यतीबैलै मर्ने थिए हाेला,' रिजाल केहीबेर बाेल्न सक्दैनन्।

शारिरीकरुपले अशक्त भएका विक र रिजाल उत्प्रेरणाका श्रोत हुन्। देशमा रोजगारीको अवसर नभएको भन्दै विदेश भौंतारिने युवायुवतीका लागि विक र रिजालकाे परिवारले निरन्तर मेहनत गरे स्वदेशमै प्रशस्त अवसर र सफलताकाे सम्भावना रहेको सन्देशसमेत दिइरहेका छन्। निरन्तरता र धैर्यले जुनसुकै पेसा-व्यवसाय पनि सफल हुने सन्देशसहित निरन्तर कर्ममा क्रियाशील छन् उनीहरु।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्