काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जर तत्काल आवश्यक नरहेको बताएका छन्।
नेपाल लाइभको कार्यक्रम समय संवाद मा कुरा गर्दै सिइओ शेरचनले बैंक मर्जरबारे अझ बृहत् छलफलको आवश्यकता रहने बताए। अर्थमन्त्रीले भनेझैं कमर्सियल बैंक ४ वटामा आउनुपर्छ भन्ने भनाइसँग पनि शेरचन सहमत देखिए। त्यसो हो भने त पूर्वाधार बैंकलाई पनि मर्ज गर्नुपर्छ, उनले भने, २८ वटा बैंक छन्। ४ वटा बनाउँदा ७/७ वटा मर्ज हुनुपर्यो। यसरी एउटा बैंकको पुँजी कम्तीमा ५६ अर्ब हुन्छ, पूर्वाधारको जम्मा १२ अर्ब हो। तर, कतिपय कमर्सियल बैंककै अहिले १२ अर्ब पुँजी बनिसकेको छ।
५० प्रतिशतभन्दा बढी मान्छे बैंकको पहुँचमा नरहेको भन्दै उनले सरकारले नै बैंकहरुलाई ती ठाउँमा जाने वातावरण बनाउनुपर्ने बताए।
कमर्सियल बैंकहरुको वर्तमान अवस्था र बैंक मर्जका विषयमा नेपाल लाइभका सुमन शर्माले गरेको भिडियो वार्ता :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।