• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कानुनको अभावमा संक्रमणकालीन न्याय प्रक्रिया अवरुद्ध

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २३, २०७४  ११:१६
1140x725

तत्कालीन सत्ता र विद्रोही पक्ष दुवैको उदासीनताका कारण द्वन्द्वपीडितहरु अहिले पनि न्यायको खोजीमा भौंतारिरहेका छन्।
 

काठमाडौं- द्वन्द्वकालीन मुद्दाहरुको निरुपण गरी ६ महिनाभित्रै शान्तिप्रक्रिया टुंग्याउने उल्लेख छ, २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामा। तर ११ वर्ष बितिसक्दा समेत द्वन्द्वकालीन मुद्दाहरुको सम्बोधन हुन सकेको छैन। 

तत्कालीन सत्ता र विद्रोही पक्ष दुवैको उदासीनताका कारण द्वन्द्वपीडितहरु अहिले पनि न्यायको खोजीमा भौंतारिइरहेका छन् । एकाध मुद्दा अदालतबाट निरुपण भई दोषीमाथि कारबाहीको फैसला भए पनि उनीहरु प्रहरी कठघरामा आइसकेका छैनन्। खुलेआम हिँडिरहेका छन् । जसका कारण पीडित परिवारमा पीडा थपिएको छ। 

२०६८ भदौ ११ मा बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएसँगै द्वन्द्वकालीन मुद्दा अदालत पुग्न र अन्तर्राष्ट्रिकरण हुन थालेपछि दलहरुले छानबिन आयोग गठनका लागि विधेयक मस्यौदाको तत्परता देखाए । तर, विधेयकले कानुनी रुप लिएसँगै सर्वोच्च अदालतमा मुद्दा पर्योर र अन्तर्राष्ट्रिय मानवअधिकारको मर्मअनुकूल नभएको भन्दै खारेज भयो।

सर्वोच्चको आदेशअनुरुप २०७० मा नयाँ विधेयक निर्माण भयो, ऐन जारी गरियो । सोही ऐनअनुरुप २०७१ माघ २७ मा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरुको अवस्था छानबिन गर्न दुई बेग्लाबेग्लै आयोग गठन भयो । त्यसअघिको कानुनमा यी दुवैलाई मिसाएर एउटै आयोग प्रस्तावित थियो। 

अन्तरिम संविधान, २०६३ मा समेत जारी भएको ६ महिनाभित्र गठन हुने भनिएका यी दुई आयोग बन्नै ८ वर्ष लाग्यो । राजनीतिक खिचातानीका कारण आयोग गठनको प्रक्रिया अवरुद्ध बनेको थियो । आयोग त गठन भयो, तर नियम नबनाइदिएर सरकारले १४ महिना दुवै आयोगलाई निस्क्रिय बनायो। 

ऐनमा आयोगको समयावधि दुई वर्ष तोकिए पनि नियमावलीको अभावमा एक वर्षभन्दा बढी समय त्यत्तिकै बित्यो । १४ महिनापछि मात्र नियमावली बन्यो। २०७३ बैशाखदेखि उजुरी संकलन थालेको आयोगको म्याद २०७३ माघमै सकियो। त्यसपछि एक वर्षको थप भएको छ । आयोगहरुले पीडितको उजुरी लिन थाल्यो। यसक्रममा सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्तामा ३ हजारको उजुरी दर्ता भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आयोगको क्षेत्राधिकारलाई लिएर पुनः विवाद उत्पन्न भयो । अधिकारकर्मी तथा पीडितहरुले दोस्रो मुद्दा सर्वोच्च पुर्‍याए । सर्वोच्चले कानुन संशोधन गरेर मात्र प्रक्रिया अगाडि बढाउन आदेश दियो । सरकारले सर्वोच्चको आदेशअनुरुप कानुन संशोधन नगरेका कारण शान्ति प्रक्रियाको यो महत्वपूर्ण कार्यभार पुनः अवरुद्ध भएको छ। 

२०७१ फागुन १४ मा सर्वोच्चले ऐनका केही व्यवस्था निस्क्रिय हुने आदेश दिएपछि संशोधन हुनुपर्ने ऐन सरकारले त्यत्तिकै थन्क्याएर राखेको छ । हरेक नयाँ सरकार गठनसँगै यो विषय उठे पनि कानुन संशोधन हुन सकेको छैन । सरकारले ऐन संशोधन नगर्दा आयोगलाई काम गर्न समस्या भइरहेको छ भने पीडितहरु निराश बन्दै गएका छन्।

कानुनमन्त्री यज्ञबहादुर थापाले द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न ऐन संशोधनको विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेको र केही दिनमा मन्त्रिपरिषदमा पेस हुने बताए। 

कानुन मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप ऐन सर्वोच्च अदालतको आदेशअनुरुप संशोधनका लागि विधेयक निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । शान्ति मन्त्रालयले तयार गरेको मस्यौदा कानुनमा आइपुगेको र प्रारुप निर्माणको कार्य भइरहेकाले अनुमोदनका लागि केही दिनमै मन्त्रिपरिषदमा जाने घिमिरेको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चको आदेश अनुसार ऐन संशोधनका लागि दुवै आयोगले सरकारलाई दबाब दिने कार्य जारी राखेको बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक बताउँछन्। ‘हामीले सरकार र सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तालाई भेटेरै कानुन संशोधन हुनुपर्योा भनिरहेका छौं,’ अध्यक्ष मल्लिकले भने, ‘हामीसँगको भेटमा उहाँहरुले छिटै हुन्छ भन्नुहुन्छ, तर किन भइरहेको छैन आश्चर्य लागेको छ ।’ मल्लिकसँग सहमत हुँदै सत्य निरुपण आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आयोगका तर्फबाट सक्दो दबाव सिर्जना गरिरहेको बताए। 

‘नयाँ सरकार गठनसँगै ऐन संशोधनका लागि आयोगका तर्फबाट लबिङ भइरहेको छ,’ सुवेदीले भने, ‘छिटै संशोधन हुन्छ भन्ने हाम्रो आस छ ।’ दुवै आयोगलाई उजुरीमाथि अनुसन्धान गर्न बाधा नपरेको र सिफारिस हुने समयमा ऐन आउने उनको भनाइ छ।

सर्वोच्च र सरकारको जुहारी 

सर्वोच्चले ऐनमा क्षमादान दिन सक्ने अधिकार आयोगलाई हुन नहुने, अन्तर्राष्ट्रिय कानुन र अन्य कानुनहरुले क्षमा दिन नमिल्ने भनी किटान गरिएका अभियोगमा मुद्दा चलाउनुपर्ने र परिपूरण आयोगको नभई पीडितको अधिकार हुनुपर्ने गरी ऐन संशोधन गर्न आदेश दिएको थियो। 

सर्वोच्चको फैसलाअनुकूल ऐनलाई संशोधन गर्न सरकारले निर्माण गरेको मस्यौदामा मानव अधिकारको गम्भीर उल्लंघन भनी परिभाषित गरिएका ९ वटा बुँदालाई अन्य अपराध र गम्भीर अपराध भनी विभाजन गरिएको छ। 

सरकारको संशोधन प्रस्तावमा गम्भीर अपराधअन्तर्गत हत्या, बलात्कार, जबर्जस्ती बेपत्ता र यातनालाई राखेको छ। अन्य अपराधमा अपहरण तथा शरीर बन्धक, अंगभंग वा अपांग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजानी र घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन भएको भनी विभाजन गरेको छ। 

अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनले हत्या, अपहरणलाई पनि गम्भीर अपराध मानेकाले पीडितले चाहे पनि माफी दिन नहुने माग गर्दै आएका छन् । सबै मुद्दामा पीडकमाथि अनुसन्धान गर्नुपर्ने र दोषी ठहरिए सजाय हुनुपर्ने आवाज उनीहरुको छ। 

सरकारले आयोग गठन गरी थपिएको एक वर्षको अवधि आधा बितिसक्दा पनि द्वन्द्वपीडितले भने सर्वोच्चको आदेशअनुसार ऐन संशोधनलाई अनिवार्य सर्त बनाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले आयोगले समय बिताउने काम मात्र गरेको आरोप लगाए। 

‘द्वन्द्वकालका मुद्दाहरुमा साँच्चै न्याय दिन खोजिएको भए पहिला ऐन संशोधन हुनुपर्छ,’ अधिकारीले प्रश्न गरे, ‘ऐन संशोधन पनि नगर्ने, पीडितहरुको सहमति नलिई कसलाई न्याय दिन खोजिएको हो?'

पहिलो शृंखला पढ्नुस् : न्यायको खोजीमा भौंतारिँदै द्वन्द्वपीडित

प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्