Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्री ओलीले नबुझेको शास्त्रै छैन : प्रदीप गिरि [भिडियो]

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १५:४७
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रधानमन्त्री केपी शर्मा ओलीले नबुझेको शास्त्र नै नभएको बताएका छन्। कांग्रेस नेता गणेशमान सिंहसँग तुलना गर्दै नेता गिरिले हेर्दाखेरि केही नजाने जस्तो, नबुझेको देखिए पनि प्रधानमन्त्री ओलीले नबुझेको र नजानेको शास्त्रै नभएको बताएका हुन्। 

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै सांसद गिरिले प्रधानमन्त्री ओली लगभग अर्को गणेशमान भएको बताए। उनले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको ‘मेरो सरकार’ यत्तिकै नआएको उल्लेख गरे। 

सांसद गिरिले संसदमा बोलेको अंश जस्ताको तस्तैः

प्रधानमन्त्रीले कतै बाहिर टिप्पणी गर्नुभयो, नीति तथा कार्यक्रममा गम्भीर छलफल होला भनेको खाली हावा कुरा भए। हलुका कुरा भए। नभन्दै सारा बहस राष्ट्रपतिले ‘मेरो सरकार’ किन भन्नुभयो? मा केन्द्रित भएको देख्दा प्रधानमन्त्रीको पीडा यथार्थ हो जस्तो लाग्यो। 

राष्ट्रपतिले मेरो सरकार भन्नु आफैंमा मलाई त्यति आपत्तिजनक लाग्दैन। मेरो पार्टीले त्यसलाई संशोधन नै गर्ने भनेको छ। 

संसद्का पक्ष/विपक्षलाई म एउटा कुरा भन्न चाहन्छु। प्रधानमन्त्रीको अध्ययनबारे तपाईंहरुलाई कति थाहा छ कुन्नि? जेलम वर्षौं वर्ष यत्तिकै बिताउनु भएको छैन। उहाँजस्तो सूचना भएको, जानकारी भएको व्यक्ति मैले राजनीतिक जीवनमा कमै देखेको छु। 

लगभग अर्को गणेशमान जी हुनुहुन्छ उहाँ। हेर्दाखेरी केही नजाने जस्तो, नबुझेको जस्ता तर उहाँले नबुझेको शास्त्रै छैन। भाषा र शब्दमा अभिधा, लक्षणा र व्यञ्जना हुन्छ। 'मेरो सरकार' कसले भन्यो भन्दा चर्चा नहुने, यहाँ मात्र चर्चा हुने? यसका बारेमा स्पष्टीकरण दिनुहुने प्रधानमन्त्रीले अलिकति विचार गर्नुपर्छ। 

राष्ट्रिय अध्यक्षले बेलायतको परम्पराअनुसार, भारतको परम्पराअनुसार र अन्य मुलुकका भएका गणतन्त्रको परम्पराअनुसार पनि मेरो सरकार भन्न सक्थ्यो। तर, यहाँ सवाल के हो भने, देश एउटा गुणात्मक रुपले नयाँ व्यवस्थामा आएको छ। नयाँ व्यवस्थामा आएको बेला सबैले गणतन्त्र–गणतन्त्र भनेका छन्। बलिदान भएर आएको छ। अब यो नयाँ परिस्थितिमा मुलुकले कस्तो राष्ट्रपति खोजेको छ? कस्तो प्रधानमन्त्री खोजेको छ? सादगी, सरलताका जीवन मूल्यको समाजवादसँग कुनै सम्बन्ध छ कि छैन?

nimb
nimb
Ncell 2
Ncell 2

अगाडि गाडी, पछाडि गाडी, माथि हेलिकोप्टर, तल पानीजहाज, यसरी भुइँमा टेक्दै नटेक्ने अवस्थाका मन्त्री प्रधानमन्त्रीहरु, जसलाई उहाँकै पार्टीका विवेकशील माननीयहरुले पनि बारम्बार संकेत गरेर भन्दैछन्– यो त राजा र महाराजहरुलाई पनि लज्जित हुने खालको व्यवहार भयो है भनेर। 

एकपटक एक दिनका लागि पनि गृहमन्त्री हुँदा कालो सिसा भएको जिप अगाडिपछाडि लगाउनुपर्ने, माथि हेलिकोप्टर, तल पानी जहाज चढ्नैपर्ने। पूर्व गृहमन्त्रीको रुचि भएपछि वर्तमानको त हुने नै भयो। प्रधानमन्त्रीलाई त झन के भन्ने? अगाडि साइरन, पछाडि साइरन माथिको निगरानी त बाँकी नै छ क्यारे। यो देखेर पीडित भएर मान्छेहरुले बिल्कुलै संसदीय शब्दप्रति पनि आपत्ति जनाएका हुन् है, प्रधानमन्त्री महोदय। मैले बुँझेसम्म।

शब्द त्यति खतरानाक छैन। तर, शब्दलाई मैले माथि भने जस्तै सन्दर्भमा हेर्दाखेरि सम्बन्धित मान्छेलाई चित्त दुख्छ। म चित्त दुखेका साथीहरुलाई पनि चित्त नदुखाउन अनुरोध गर्दछु। नीति तथा कार्यक्रममा राष्ट्रपतिले के भन्नु भएको छ भने, यति राम्रो विपक्षी दलसँग सबै दलहरुकाबीचमा सहकार्य र विश्वासनीयता भएको वातावरण नै थिएन। यसमा दृष्टि नपुगे जस्तो छ। 

मैले के देखेको छु भने यति नराम्रो सत्ता पक्ष र विपक्षको सम्बन्धै देखेको थिइनँ। प्रधानमन्त्री र विपक्षी दलका नेताको कोठा सँगसँगै राखिएको छ। यिनीहरुको भेट भइरहोस् भनेर राखेको होला। तर, अहिलेको परिस्थितिमा त एउटाको बैठक सिंहदरबारमा एउटाको बैठक यहाँ राखिएको हुन्छ। यिनीहरुको भेट नभएकै जाति छ। त्यसैले विपक्षी दलका नेतालाई चित्त बुझाउन भएपनि यो संशोधनमा भोटिङ नगराई यिनीहरुको कुरा मानिदिनुस् भन्ने मेरो प्रधानमन्त्रीलाई अनुरोध छ। 

भिडियो

अब, यहाँ गम्भीर छलफल गर्ने क्रममा मलाई मनपरेका कुरा धेरै छन्। एउटा विषय छ, ३८ नम्बरमा। प्रत्येक दिन यो सरकारले, मेरो सरकारले एक कदम त चालेकै हुन्छ भनेको छ। यो अत्यन्तै गम्भीर विषय हो। एक कदम नै चाल्नु पर्छ, प्रत्येक दिन। जस्तै लामो यात्रा पनि, एक हजार कोषको यात्रा पनि, एक हजार माइलको यात्रा पनि एक स्टेपबाट नै सुरु हुन्छ भनेर कुनै जमानामा लाभजीले भनेका रहेछन्। 

हो एककदमबाट नै थाल्नुपर्छ। एक कदम नै प्रर्याप्त हुन्छ। दिनको एक कदम। तर, कदम कता चालिँदै छ? पूर्वतिर कि पश्चिमतिर? समाजवादोन्मुख कि दलालवाद उन्मुख? त्यो बडा गहन प्रश्न छ। त्यसैले एक कदम चालेकोमा पूर्ण समर्थन गर्दछु म। समर्थन मात्रै गर्दिनँ, म अर्को वर्षलाई वृक्षारोपण वर्ष भनेको छ। नेपाली कांग्रेसका कर्मठ कार्यकर्ताहरुलाई म अनुरोध गर्न चाहन्छु, वृक्षारोपण हामीले बिपीको स्मृतिमा गरेका थियौं। त्यसैले यदि संशोधन राख्न मिल्छ भने वृक्षारोपणलाई विशेष गम्भीरताका साथ गरौं है भनेर राखौं हामी। एकदम राम्रो प्रस्ताव छ त्यो। त्यसलाई म मुक्तकण्ठले प्रशंसा गर्दछु। तर, पानीजहाजवाला कुरा छ, जनताको चाहना भन्ने साच्चै जनताको चाहना हो? 

अक्सर राष्ट्रपति र प्रधानमन्त्रीले के गर्दछन् भने आफ्नो चाहनालाई जनताको चाहना भनेर बुझ्छन्। आफ्नो चाहनालाई जनताको चाहना भनेर बुझेपछि बडा मुस्किल हुन्छ। अत्यन्तै मुस्किल हुन्छ। पानीजहाज मुलुकलाई चाहिएको छ। तर, एउटा भएको हवाइजहाजको पनि बिजोग छ। चलिराखेको, त्यो बिजोग गर्ने श्रेय अलिअलि हामी पनि लिन्छौं। 

धमिजा काण्ड, लाउडा काण्ड, वाइडबडी काण्ड। १० वटा हवाइजहाजको प्रतिस्पर्धामा हाम्रो नेपाल एयरलाइन्स त चलिदेओस्। नेपाल एयर लाइन्सलाई पूरै चलाऔं न। २०/२५ वटा जहाज चलाऔं, त्यसपछि रेल बनाऔं, त्यसपछि पानीजहाज पनि चलाउँला। एउटा क्रमिकता बनाऔं। होइन भने जनताको चाहनाका बारेमा मार्क्सवादीका शैलीमा मनोगत पाराले बात नगरौं। वस्तुगत पाराले बात गरौं। 

थाहा छ, यो लोकतान्त्रिक वक्तव्य होइन। तर, म चुनौती दिन चाहन्छु, छोडिदिनुहोस् जनमत संग्रह गर्ने कुरा। जथाभावी हुन्छ? यो संसदमा मात्रै ह्विप लागू नहुने गरी गोप्य ढङ्गबाट थाहा होओस् त पानीजहाजको प्रस्ताव कतिलाई मान्य छ? हेरौं त म पनि। त्यसैले हे प्रधानमन्त्री महोदय!, हे राष्ट्रपति महोदय! जनताको चाहना हजुरको चाहना हो। मेरो पूर्ण समर्थन छ। तर ती कुरा अलिक ढिला गरौं, वृक्षारोपण छिटो गरौं। 

गम्भीर विचार गर्नुपर्ने हुँदा विकास भन्ने शब्द संसारमा जो छ, यहाँ धेरै पटक आएको छ। विकासजस्तै एउटा शब्द म भन्न चाहन्छु, त्यसलाई प्रगति भनिन्छ। प्रगति बहुआयामिक हुन्छ। विकासलाई तथाकथित 'ग्रोथ रेट'बाट नाप्न सकिन्छ। ग्रोथ रेट बढिरहन्छ। 

प्रधानमन्त्रीलाई उखान टुक्का गर्न बडो इच्छा लाग्छ। उखान टुक्काको एउटा ऐतिहासिक घटना बताउँछु– प्रधानमन्त्री थिए, चर्चिल। प्रधानमन्त्री बोल्दै थिए। बोल्दा बोल्दै भन्दिए उनले- यो मुलुकको वृद्धिदर मैले जुरुक्क उठेर एउटाले कति गरेको छ भन्दा, जरुरतभन्दा बढ्दा, मैले भन्दिसकेँ। दैनिक मैले १५ आना गराइदिएको छु। अर्का, सांसद उठेर भने होइन हजुर यो १५ आना होइन ६ आना पुग्छ। भोलि आएर जवाफ दिन्छु भनेर अर्थमन्त्री कहाँ गए। अर्थसचिवले प्रधानमन्त्रीले बोलेको कुरा गल्ती छ भने। 

प्रधानमन्त्री गएर तँलाई जगेडाबाट ल्याएर अर्थसचिव राखेको मेरो तथ्य देलास् भनेर कि, विपक्षीको तथ्य देलास् भनेर? लोकसेवाबाट पास भएर आएका हाकिमलाई मुख्य त सचिव र मुख्यसचिव बेलायतमा पनि किन बनाइँदो रहेछ भने प्रधानमन्त्रीले बोलेको कुरामा समर्थन गर्न तथ्य खोज्ला भनेर। 

यो बिलकुल ऐतिहासिक कुरा हो। चर्चिलको संस्मरणमा पढ्न सक्नुहुन्छ। त्यसैले तथ्यका बारेमा कुरै गर्न चाहन्नँ। 

म सोझै के भन्छु भने विकासको जुन अवधारणा छ, त्यसका बारेमा वर्तमान सरकारले, नेपाल सरकारले, ज्यूँदो शहिद केपी ओलीको सरकारले शाहदत हुनबाट उम्किएका सहअध्यक्ष प्रचण्डको सरकारले विचार गरोस्। विकासको एउटा मोडल संसारभरमा असफल भइसकेको छ। जसलाई विकास भनिन्छ, विकास र विदेशी ऋणले लंकाजस्तो देशलाई दयनीय बनाइसकेको छ। विकासको अर्को मोडल पनि छ। साधारण पढ्ने मान्छेले पनि गुगलमा 'अल्टरनेटिभ डेभलपमेन्ट' हेरेर थाहा पाउँछ। 

समय थोरै छ, अल्टरनेटिभ डेभलपमेन्ट लाइनमा सोच्नुहोस्। जहाँ वृद्धिदर होइन, रोजगारीको चिन्ता गरिन्छ। नेपालबाट विदेशिएका लाखौं मान्छेलाई कुन योजनाबाट ल्याउनुहुन्छ? भन्न त भनिएको छ, पाँच लाख रोजगारी सिर्जना गर्ने योजना खडा गरिएको छ। त्यो खडा गर्न खोज्नुहोस्, दश वर्षपछि नेपालको अनुकरण विश्वले गर्नेछ। कुनै समय गौतम बुद्ध लोकप्रिय भएजस्तै कमसेकम वर्तमान नेतापनि तेस्रो विश्वमा लोकप्रिय हुनेछन्।

प्राविधिक आर्थिक भाषामा भन्दा आज मुलुकलाई वृद्धिदर, तथ्यांक र मिथ्यांकका आधारमा होइन, ती विदेशमा खटिरहेका नेपालीलाई फिर्ता गर्ने आधारमा चलाउनु पर्‍यो। 

एक जना कवि छन्, मीनबहादुर विष्ट। लाहुरेको विषयमा लेखेका थिए, 'क्या रख्खा हैं पहाड में साला।' रुँदै हिमालका ती डाँडाकाँडा छेड्दै, हरियाली हेर्दै हिन्दुस्थान पुगेको मान्छे जब हिन्दी बोल्न थाल्छ नि, हो यही कुरा भन्छ- क्या रख्खा हैं पहाड में साला। एउटा गरिब, पहाडी गाउँको प्राकृतिक सम्पदा भएको व्यक्ति दिल्ली पुगेर चौकिदारी गरेर यस्ता कुरा भन्न थालेको कुरा सो कवितामा छ।

आज ती मध्ये पूर्वमा प्रचण्ड गर्मीमा काम गरिरहेका मानिसलाई जुन योजनाले नेपाल फर्काउन सक्छ, त्यो योजना हुन्छ समाजवादोन्मुख, प्रगतिवादी। अहिले प्रगति योजनाका रूपमा विनाशको बाटोमा जाँदैछौं। प्रधानमन्त्री महोदय!, अर्थमन्त्री महोदय! यसका बारेमा सोचिदिनुहोस्। 
धन्यवाद, जय नेपाल।

 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ?
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्