भक्तपुर- कार दुर्घटनामा परी भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५ सय मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जितेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ।
शव परीक्षणका लागि उभक्तपुर अस्पताल पठाइएको वृत्तका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।