• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो डिसोसिएटिभ डिसअर्डर?, उपचार के?

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १३:२५
1140x725

धेरैजसो मनोसामाजिक समस्याका कारण भनेको व्यक्तिका आफ्नै मनका अवयवहरु हुन्। मनोवैज्ञानिक भाषामा मनका तीन तह हुन्छन्। ती हुन्, तेस्रो अर्थात् अन्कन्सियस, दोस्रो अर्थात् प्रिकन्सियस र पहिलो अर्थात् कन्सियस।

मनको तेस्रो तहमा व्यक्तिको पूरा हुन नसकेका इच्छा, आकांक्षा, सपना, चाहना, कुन्ठा आदि दबिएर बसेका हुन्छन्। यस्ता तत्वहरुले सजिलो निकास नपाउँदा विकारको रुप लिएर प्रकट हुन्छन्। यसरी पैदा हुने मानसिक समस्यालाई रुपान्तरित विकार भनिन्छ।

रुपान्तरित विकारमा व्यक्तिको मन, स्मरणशक्ति, व्यक्तित्व, परिचय र व्यवहारबीचको समन्वय टुटेर असामान्य वा अस्वभाविक लक्षणहरु देखापर्छन्।

रुपान्तरित विकार धेरै प्रकारका छन्, जसमध्ये केहीको बारेमा यहाँ उल्लेख गरिएको छ।

डिसोसिएटिभ एम्नेसिया
चितवनको सौराहा गुम्न गएकी २५ वर्षीया रेनुका ढकाल (नाम परिवर्तन) बाथरुममा अचेत अवस्थामा भेटिइन्। उनको श्रीमान्ले नजिकैको चितवन मेडिकल कलेजमा लगेर उपचारार्थ भर्ना गरे। उपचारको क्रममा होस त आयो तर उनले न श्रीमान्लाई चिनिन् न त आफ्नो नाम, थर र ठेगाना नै भन्न सकिन्।

उनको टाउकोमा चोट लागेको हो कि भनेर एमआरआई गरियो तर रिपोर्ट सामान्य आयो। अरु जाँच गर्दा पनि केही पत्ता नलागेपछि मनोचिकित्सकको राय मागियो। मनोचिकित्सकले रेनुकालाई डिसोसिएटिभ एम्नेसिया भएको हुनसक्ने बताए। सम्पूर्ण मनोवैज्ञानिक परीक्षणपश्चात् उनलाई केही औषधि दिएर डिस्चार्ज गरियो। घर फर्किएको एक महिनापछि रेनुकालाई सबै कुरा याद आयो। हाल उनी आफ्नो परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छिन्। 

डिसोसिएटिभ फ्युग
१८ वर्षकी मनिता विक (नाम परिवर्तन) काठमाडौं, कलंकीमा बाबुसँग बस्छिन्। उनकी आमा धादिङको दुर्गम गाउँमा अर्को छोरीसँग बस्छिन्। मनिताका बाबु पेशाले भरिया हुन्। तर उनी आफूले कमाएको पैसा सबै रक्सीमा खर्चन्छन्।

यतिमात्र नभएर रक्सीको सुरमा कति पटक मनितामाथि यौन हिंसा गरेका छन्। हुँदाहुँदा कति चोटी उनका जँड्याहा साथीहरुले समेत मनितालाई नराम्रो व्यवहार गर्न खोजे। यी सबै कारणले एक दिन मनिता कोठाबाट भागिन्। उनी धादिङवेशी पुगिन् र आफ्नी आमालाई खोज्न थालिन्।

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्ष पहिले उनी आमासँग धादिङवेशी बसेकी रहिछन्। उनी धादिङवेशीमा ४–५ दिन रुमलिँदै हिँड्दै गर्दा एक दिन उनको फुपु–फुपाजुले मनितालाई भेटे। तर उनले आफ्ना फुपु–फुपाजुलाई चिनिनन्। बारम्बार सोध्दा उनी हाल आमासँग धादिङवेशीमै बसेको बताइरहेकी थिइन्। कलंकीमा बाबुसँग बसेको र आफूमाथि भएको हिंसाबारे उनलाई केही ज्ञान भएन। उनकै फुपु–फुपाजुको सहयोगमा उपचारार्थ काठमाडौं ल्याएर उनलाई मानसिक अस्पतालमा भर्ना गरियो।

डिसोसिएटिभ कनभल्जन
१७ वर्षकी स्नेहा चपाइँ (नाम परिवर्तित) लाई बारम्बार मुर्छा पर्ने, हातखुट्टा कडा पार्ने, मुखबाट फिँज निकाल्ने आदि लक्षण देखिए। उनलाई परिवारले उपचारको लागि धेरै ठाउँमा लगे। सिटी स्क्यान, एमआरआई लगायत सबै जाँचहरु गरियो।

सबै रिपोर्ट सामान्य थिए, केही रोग देखिएन। उनले केही औषधि खाइरहेकी थिइन् तर पनि बारम्बार मुर्छा पर्ने क्रम रोकिएन। धेरै बेरसम्म उनी बेहोसी अवस्थामा नै रहन्थिन्। स्नेहाको बुबाले उनलाई मनोरोग क्लिनिकमा लिएर आउनुभयो। मनोरोग क्लिनिकमा उनीसँग धेरै बेर कुरा भयो। कुराकै क्रममा उनको तनावबारे पनि धेरै कुरा प्रष्ट भयो।

उनकी आमाले सिजोफ्रेनिया भन्ने कडा खालको मानसिक रोगको औषधि खाइरहनुभएको रहेछ। एनका बाबु सेनामा कार्यरत हुनुहुन्छ र हाल काठमाडौंमै बस्नुहुन्छ। उनी पाल्पाको एउटा विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। उनकी दिदी भने पोखरामा कक्षा ११ मा विज्ञान विषय पढ्दैछिन्। यी सबै कुरालाई पनि उनले तनावको रुपमा लिएकी थिइन्।

Xtrem

Xtrem

बाबु आमाको मायाबाट वञ्चित हुनुपरेको, आफ्ना आवश्यकताहरु पूरा नभएका आदि कारणले उनमा यस्तो समस्या आएको थियो। मनोवैज्ञानिक परामर्श र उपचारपश्चात् उनको अवस्था राम्रो हुँदै गएको छ। उनको बाबुसँग पनि यसको बारेमा विस्तृत कुराकानी भएको छ र यो समस्या निराकरणका लागि अपनाउनुपर्ने उपायहरु सिकाइएको छ। 

मास कनभर्जन/मास हिस्टेरिया
२०७३ साल असार महिना, स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत रहँदा ललितपुरको दुर्गम गाउँ गिम्दी जाने साइत जु¥यो। कारण थियो, त्यहाँको स्कुल सरस्वती माविमा फैलिएको अज्ञात रोग। मानसिक अस्पतालबाट एक जना कन्सलट्यान्टसहित म र टिपिओ नेपालबाट तीन जना काउन्सिलर गिम्दीतर्फ लाग्यौं।

वर्षाले अवरुद्ध पारे पनि त्यहाँको स्थिति सहज बनाउने दृढतासहित हामी गिम्दी पुग्यौं। त्यहाँ पुगेपछि थाहा भयो, धेरैजसो कक्षा ६, ९ र १० का छात्राहरु बेहोस हुने समस्या रहेछ। हाम्रो टोलीले प्रत्येक पीडित विद्यार्थीको मनोवैज्ञानिक जाँच तथा परामर्श ग¥यौं। त्यस्तो समस्या भएकामध्ये कक्षा ९ मा पढ्ने एउटी छात्रा सुरुमा बेहोस भएकी रहिछन्।

उनलाई टाउको दुख्ने, आँखा पोल्ने, विस्तारै आँखा नदेख्ने, कमजोरी हुने, खुट्टा गल्ने हुँदै बेहोस हुने लक्षण देखिएको रहेछ। उनमा त्यस्तो समस्या देखिएपछि विस्तारै त्यस्तै समस्या उनका अरु साथीहरु र अन्य कक्षाका अरु विद्यार्थीमा पनि देखिन थाल्यो। यस्तो अचम्मको समस्या देखिएपछि स्कुलमा पूजाआजा गर्नेदेखि विभिन्न उपाय अपनाइयो तर समस्या ज्यूँका त्यूँ।

कतिपय अभिभावकले पहिले चिहान भएको ठाउँमा स्कुल बनाएकाले त्यस्तो विपपत्त परेको र स्कुल अन्यत्र सार्नुपर्ने अडान लिए। हामीले शिक्षक–शिक्षिकासँग कुराकानी गरेपछि प्रत्येक कक्षामा गएर सो रोगको बारेमा बतायौं।

यसरी सम्पूर्ण जानकारी गराएपछि र यो कुनै विशेष कडा खालको रोग होइन, भनी बुझाउन सफल भयौं। तनावको कारणले यस्तो समस्या हुने हुनाले सबैलाई हामीले तनाव व्यवस्थापनका उपायहरु सिकायौं। त्यसपछि विस्तारै विद्यार्थीहरु बेहोस हुने क्रम रोकियो र अवस्था सहज भएपछि हाम्रो टोली काठमाडौं फर्कियो।

उपचार
रुपान्तरित विकार अर्थात् डिसोसिएटिभ डिसअर्डरको उपचार मनोवैज्ञानिक पद्धतिबाट गर्नुपर्छ। कोग्नेटिभ थेरापी, हिप्नोसिस् आदि उपचारका विधि हुन्। त्यसो त यस समस्याकै लागि भनेर विशेष औषधि छैन। यस रोगसँग जोडिएर आउने मनोसामाजिक समस्याहरुको निराकरण गरी उपयुक्त औषधोपचार गर्नुपर्छ।

यस्ता समस्याहरु नहुन् भन्नका निम्ति तनावपूर्ण अवस्थामा काम नगर्ने, तनावलाई सही ढंगले व्यवस्थापन गर्ने आदि कुराहरु सिकाइन्छन्। भूत–प्रेत वा अन्य कारणले यस्तो समस्या आएको भन्दै खाली धामी–झाँक्री वा ‘माता’ को मात्र भर परेमा समस्याले विकराल रुप लिई उपचारमा कठिनाइ समेत आउनसक्छ। त्यसैले सकेसम्म चाँडो मनोचिकित्सक र मनोविद्लाई भेटी यो समस्याबाट मुक्ति पाउने उपायको खोजी गर्नुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्