सप्तरी- कञ्चनरुप नगरपालिकास्थित बदगामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नं १० बस्ने ७० वर्षीया फूलवादेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आफ्नै घरमा बसिरहेका अवस्थामा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै बुधबार मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।