काठमाडौं– शरणार्थीको हैसियतमा बसेका केही विदेशीहरु नेपालमा लागूऔषध तस्करीमा संलग्न रहेको खुलेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ‘खात’ नामक लागूऔषधसहित सोमालियाका तीन शरणार्थीलाई पक्राउ गरेको छ। नेपालमा पहिलो पटक उक्त लागूऔषध बरामद भएको हो।
सोमालियनहरु ब्राहिक अली हाजी, जाम एब्डिफाथी र अब्डिफहद युसू पक्राउ परेका हुन्।
शरणार्थीका रुपमा नेपालमा बस्दै आएका उनीहरुले अफ्रिकाबाट खात नामक लागूऔषध भित्र्याएर उनीहरुले नेदरल्यान्डमा तस्करी गर्न लागेको डिआइजी ठुले राईले नेपाल लाइभलाई बताए।
खात चियाको पात जस्तै देखिने लागूऔषध हो। चियाको पात भनेर नेपालबाट युरोपमा तस्करी हुने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।