मनिला- फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिस्ट विद्रोही मारिएको त्यहाँको सेनाले जनाएको छ।
मारिएकामध्ये ६ जना महिला छन्। घटनामा अरू पाँच जना घाइते भएका छन्।
राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन्। दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए।
द्वन्द्व अन्त्य गर्न वार्ता भए पनि धेरै विषयमा सहमति हुन नसकेपछि स्थगित भएको थियो।
फिलिपिन्समा सन् १९६८ देखि कम्युनिस्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ। पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिस्ट पार्टीले विद्रोह गरेको बताएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।