• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

टाटा समूहको चुनावी चन्दा मात्र ५०० करोड! कसलाई पैसा दिन्छन् औद्योगिक घराना?

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  ०९:०३
1140x725

देशका गरिब प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी खर्चको इतिहास बदल्दै छन्। जसले गर्दा औधोगिक घरानाहरूले धेरैलाई चन्दा दिनैपर्ने हुन्छ।

उद्योगीहरू यो तथ्य स्वीकार गर्छन् तर कति र कसलाई चन्दा दिन्छन् भन्ने खुलाउन चाँहि चाँहदैनन्। उनीहरुको सुविधाका लागि चतुर प्रधानमन्त्री मोदीले इलोक्ट्रोलर बन्ड बनाउने कानुन बनाएका छन् जसले गर्दा सहजसँगै जनतालाई चुनाव प्रक्रिया 'क्लिन' रहेको बताउन पछि पर्दैनन्। 

म आज अलगअलग समयमा प्रकाशित भएका दुई खबरहरू यो आलेखमा राख्न चाहान्छु। पहिलो खबर हो, एक साता पहिले इन्डियन एक्सप्रेसमा छापिएको र दोस्रो चाँहि भर्खर मात्र बिजनेस स्टान्डर्डमा छापिएको छ। यो कुरा बताउनुको पनि उद्देश्य छ। पत्रिका पढ्ने तरिका बदल्न जरुरी छ वा पत्रिका नै? त्यो तपाईं आफैंले फैसला गर्नुपर्ने विषय हो। 

यी दुई समाचार पढेपछि तपाईंंको सोचाईमा के परिर्वतन आयो? के हिन्दी पत्रिकाहरू मेहनत गर्छन्,  के भारतीय 'न्युज च्यानल'हरू यस प्रकारका समाचारहरूमा तपाईंहरूलाई साक्षर गराउँछन् त? 

यसमा तपाईंले आफैंलाई नियालेर हेर्नु पर्नेछ। यदि जवाफ 'होइन' भन्ने आउँछ भने भारतीय न्युज च्यानलहरू पढ्न र देख्न बन्द गरिदिनुस्। त्यसैपनि ती च्यानल हेर्दा जानकारीको नाममा भ्रम मिल्ने गर्दछ। तर अपवादमा कहिलेकाँही साँच्चै समाचार पनि आउने गर्दछन्। तर यो आक्कलझुक्कल मात्र हो।

आज चर्चा गर्न लागिएको मुख्य विषयमा फर्किऔं। समाचार संस्था इन्डियन एक्सप्रेसले सूचनाको हक प्रयोग गरेर प्राप्त भएको एक विवरणका आधारमा लेखिएको समाचारअनुसार यस वर्ष १ मार्चदेखि १५ मार्चका बीचमा कति इलेक्ट्रोलर बन्ड बिक्री भए त भनी उल्लेख छ। 

सबैलाई थाहा छ, प्रधानमन्त्री नरेन्द्र मोदीले पारदर्शिताको कानुन बनाएका छन्। जुन कानुनअनुसार स्टेट बैंकको कुनै पनि शाखाबाट कुनै पनि पार्टीलाई चन्दा दिन इलोक्ट्रोलर बन्ड किन्नुपर्ने हुन्छ। यसरी खरिद गर्दा दाताको नाम गोप्य राखिन्छ। 

यो बन्ड खरिदका लागि पैसा कहाँबाट आयो, कुन कम्पनीले बन्ड खरिद गर्दै कुन पार्टीलाई चन्दा दियो? यी विवरण गोप्य राखिन्छ। तर यो नियमलाई पनि मोदी र उनका मन्त्रीहरू पारदर्शी कानुन भन्ने दाबी गर्दछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष १ मार्चमा यो स्किमको घोषणा गरिएको थियो। उक्त अवधिदेखि हालसम्म १५ मार्चसम्म २७७२ करोड रुपैयाँको बन्ड बिक्री भएको देखिन्छ। तपाईं कुन पार्टीलाई कति गयो भनेर खोज्नुहुन्छ भने त्यो पाइनेछैन किनकी यसलाई गोप्य भनिएको छ। 

तर यसमा रोचक पक्ष भनेको आधा रकमको बन्ड चाँहि मार्च १५ को दिनमा बिक्री भएको देखिन्छ। स्टेट बैंकले १३६५ करोड रुपैयाँको बन्ड बेचेको विवरणमा उल्लेख छ। 

अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेको कुरा सबैलाई जानकारी भएकै हो। तर यही समयमा किनिएका २७४२ बन्ड मध्ये १२६४ बन्ड चाहिँ  एक करोड मूल्यका थिए। 

सबैभन्दा धेरै बन्ड मुम्बईस्थित स्टेट बैंकको मुख्य कार्यालयबाट बिक्री भएको देखिन्छ। ४७१ करोड रुपैयाँको बन्ड उक्त शाखाबाट बिक्री भएका थिए। दिल्ली र कोलकोत्ताका शाखाहरूमा त्यसको आधा पनि बन्ड बिक्री हुन सकेनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिल्लिमा मात्र १७९ करोड र कोलकत्तामा १७६ करोडको रुपैयाको बन्ड बिक्री भयो। यसबाट के देखिन्छ भने अहिले पनि राजनीतिक दलहरूलाई चन्दा मुम्बईबाटै बढी आउने गर्दछ। सर्वोच्च अदालतले सबै दललाई चन्दाको विवरण निर्वाचन आयोगलाई बन्द खाममा उपलब्ध गराउन हालै आदेश जारी गरेको छ। सर्वोच्चले यो पनि उल्लेख गर्न भनेको छ कि उनीहरूको बन्ड कसले खरिद गर्दै चन्दा दियो। 

अब चर्चा गरौ हालै प्रकाशन भएको बिजनेस स्टान्डर्डको पहिलो खबर। आर्चिज मोहन र निवेदिता मुखर्जीको यो रिर्पोटमा सन् २०१४ देखि २०१९सम्म टाटा ग्रुपले दिएको चन्दा २० गुणा वृद्धि भएको उल्लेख छ। 

टाटाले राजनीतिक दलहरूलाई चन्दा दिनका लागि एउटा ट्रष्ट नै खडा गरेको छ। प्रोग्रेसिभ इलोक्ट्रोरल फन्ड यसको नाम राखिएको छ। यही ट्रस्टले राखेको विवरणका आधारमा यो समाचार तयार गरिएको हो। 

रिर्पोटमा २०१९ को चुनावमा टाटा ग्रुपले ५०० देखि ६०० करोड रुपया चन्दा दिएको उल्लेख छ। २०१४ मा टाटाले सबै दललाई गरी २५ दशमलव ११ करोड रुपया चन्दा दिएको थियो। करिब ६०० करोडमध्ये प्रधानमन्त्री मोदीको पार्टी भाजपाले कति पायो होला? यो प्रश्नको जवाफमा ग्रुपका तर्फबाट आधिकारिक जवाफ दिन मानिएन। तर अलग अलग राजनीतिक दलहरूको हिसाब गरी पत्रिकाले अनुमान भने गरेको छ।

पत्रिकाले सबै राजनीतिक दलहरूको भागबन्डा गर्दा ३०० देखि ३५० करोड रुपया भाजपालाई टाटाले चन्दा दिएको देखिन्छ। कांग्रेसको ५० करोड र बाँकी तृणमुल, सिपिआई, सिपसएम र एनसिपीलाई दिएको पत्रिकामा उल्लेख छ। 

टाटा ग्रुपका धेरै कम्पनीमा लगानी रहेको छ। सबैले आफ्नोआफ्नो हिस्सा प्रोग्रेसिभ इलोक्ट्रोलर फन्डमा राख्ने गर्दछन्। २०१४ मा सफ्टवयेर कम्पनी टिसिएसले मात्र १ दशमलव ४८ करोड रुपैयाँ यो फन्डमा जम्मा गरेको थियो। यसपटक यो कम्पनीले २ सय २० करोड रुपैयाँ जम्मा गरेको विवरणमा उल्लेख छ। 

यसबाट यो प्रष्ट हुन्छ कि भारत इतिहासकै महङ्गो निर्वाचन यो पटक सम्पन्न हुँदैछ। देशका गरिब प्रधानमन्त्रीले चुनावी खर्चको इतिहास बदलिदिएका छन्। त्यसैले औद्योगिक घरानाको पनि धेरै चन्दाको ग्राफ निकै चुलिएको छ। धेरैजसो कम्पनीले २५ करोडदेखि ५०० करोड रुपैयाँसम्म यो निर्वाचनमा चन्दाका लागि मात्र खर्च गरेका छन्। 

उद्योगीहरूले कति र कसरी चन्दा दिइरहेका छन् र त्यसबापत के लिन्छन् भन्ने कुरा कुनै पनि उद्योगीहरु खोल्न चाहँदैनन्। उनीहरूको सुविधाका लागि प्रधानमन्त्रीले इलोक्ट्रोलर बन्ड जारी गर्न कानुन बनाइदिएकै छन्। तर सहज रुपमा प्रधानमन्त्री जनताबीचमा चुनावी प्रक्रिया पारदर्शी रहेको भन्दै बच्दै आएका छन्। 

प्रतिपक्षी दल पनि के कम! उसको लागि पनि पक्कै आफ्नो भाग मिल्ने नै छ। त्यसैले संसदमा हो कि हो भनेर चुच्चो मिलाइरहेकै छन्। तर यो गुप्त नियमको आडमा चन्दाका नाममा व्यापारी र राजनीतिक पार्टीले खेलेको खतरनाक खेल भने चलिरहेकै छ।  

सर्वोच्च अदालतले कमसेकम निर्वाचन आयोगलाई त यसको विवरण थाहा होस् भन्ने लागेर आदेश जारी गरेको हो। यो चुनाव हरेक कोणबाट हेर्दा एकतर्फी लाग्दछ। सबै थोक लिएर पनि प्रधानमन्त्री आफू स्वयंलाई पीडित बताउन छोड्दैनन्। सबै थोक उनकै अगाडिपछाडि छ तर पनि उनी मञ्चमा मेरो पछाडि किन यसरी विपक्षीहरू लागेका हुन् भनी रोइकराइ गर्छन्। 

अब यी दुई पत्रिकाको समाचार सुनेपछि तपाईंलाई के लागिरहेको छ? के तपाईंलाई यी खबर हिन्दी अखबार च्यानलमा मिलेको छ भनेर घोत्लने समय आएको छ। नत्र तपाईं आफैं मुर्ख बन्नुको विकल्प देखिँदैन। स्क्रोल बेबसाइटमा एउटा समाचार रहेको छ जसलाई शोएव दानियालले लेखेका छन्। सो समाचारका अंश हरी विश्लेषण गरौं।  

आचार संहितापछि प्रधानमन्त्री कार्यालयअन्तर्गतको नीति आयोग भाषण लेख्न भाजपा नेता नरेन्द्र मोदीलाई सहयोग गरिरहेको छ। जिल्ला अधिकारीहरूसँग र्‍याली र अन्य तमाम जानकारीहरू माग्ने र त्यसलाई इमेलमा पठाउने कार्य पनि यही आयोगले गरिरहेको छ। यो सरासर आचारसंहिताको उल्लंघन हो। 

लज्जाजनक कुरा त के हो भने जिल्ला अधिकारीहरू भाषणका लागि प्रधानमन्त्रीलाई जिल्लाको इतिहास र धार्मिक स्थलहरूको जानकारी पठाइरहेका छन्। गुप्त रुपमा प्रधानमन्त्री कार्यालयका मानिसहरू भाजपाको चुनाव प्रचार गरिरहेका छन्। तर बिडम्वना चुनाव आयोगमा हिम्मत छैन, कारबाही हुँदैन। 

हिन्दी पत्रिकाहरूमा यस्तो खबर छापिँदैन। समाचार च्यानलहरू यो समाचार बजाउँदैनन्। कसैको व्यक्तिगत भाषण र चर्चामै पत्रकारिता चलिरहेको छ। तर यसरी समाचार खोजी गरेर उनीहरू किन बजाउँदैन्? यसमा कुनै पनि एक च्यानल अपवाद छैन।
म अंग्रेजी पत्रिकाको बयान गर्दै छैन। उनीहरूका बीचमा पनि यस्तो संकट छ। तर पनि यस्ता जोखिम भरिएका समाचार प्रकाशन भइरहेका छन्। यसैले खासगरी हिन्दी च्यानलको बन्द गरिदिए हुन्छ। अंग्रेजी च्यानल पनि उस्तै घटिया छन्। पत्रकारिताको धर्मअनुसार चलेकै छैनन्। 

मेरो पहिलो सुझाव त हिन्दी पत्रिका बन्द गर्नुस्। सक्नु हुन्न भने प्रत्येक महिना फरक पत्रिका लिनु्स्। एउटै पत्रिका वर्षभर वा जिन्दगीभर कहिल्यै नपढ्नुहोस्। तपाइसँग यति आशा गरेँ। पत्रकारिता बदलिने आशा कसैले पनि नराख्नुस्।

यो लेख मूल रुपमा रवीश कुमारको फेसबुक पेजमा प्रकाशित छ। 
(द वायरमा प्रकाशित आलेखबाट नेपाल लाइभका दुर्गा दुलालले गरेको भावानुवाद)

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्