• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

टाटा समूहको चुनावी चन्दा मात्र ५०० करोड! कसलाई पैसा दिन्छन् औद्योगिक घराना?

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  ०९:०३
1140x725

देशका गरिब प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी खर्चको इतिहास बदल्दै छन्। जसले गर्दा औधोगिक घरानाहरूले धेरैलाई चन्दा दिनैपर्ने हुन्छ।

उद्योगीहरू यो तथ्य स्वीकार गर्छन् तर कति र कसलाई चन्दा दिन्छन् भन्ने खुलाउन चाँहि चाँहदैनन्। उनीहरुको सुविधाका लागि चतुर प्रधानमन्त्री मोदीले इलोक्ट्रोलर बन्ड बनाउने कानुन बनाएका छन् जसले गर्दा सहजसँगै जनतालाई चुनाव प्रक्रिया 'क्लिन' रहेको बताउन पछि पर्दैनन्। 

म आज अलगअलग समयमा प्रकाशित भएका दुई खबरहरू यो आलेखमा राख्न चाहान्छु। पहिलो खबर हो, एक साता पहिले इन्डियन एक्सप्रेसमा छापिएको र दोस्रो चाँहि भर्खर मात्र बिजनेस स्टान्डर्डमा छापिएको छ। यो कुरा बताउनुको पनि उद्देश्य छ। पत्रिका पढ्ने तरिका बदल्न जरुरी छ वा पत्रिका नै? त्यो तपाईं आफैंले फैसला गर्नुपर्ने विषय हो। 

यी दुई समाचार पढेपछि तपाईंंको सोचाईमा के परिर्वतन आयो? के हिन्दी पत्रिकाहरू मेहनत गर्छन्,  के भारतीय 'न्युज च्यानल'हरू यस प्रकारका समाचारहरूमा तपाईंहरूलाई साक्षर गराउँछन् त? 

यसमा तपाईंले आफैंलाई नियालेर हेर्नु पर्नेछ। यदि जवाफ 'होइन' भन्ने आउँछ भने भारतीय न्युज च्यानलहरू पढ्न र देख्न बन्द गरिदिनुस्। त्यसैपनि ती च्यानल हेर्दा जानकारीको नाममा भ्रम मिल्ने गर्दछ। तर अपवादमा कहिलेकाँही साँच्चै समाचार पनि आउने गर्दछन्। तर यो आक्कलझुक्कल मात्र हो।

आज चर्चा गर्न लागिएको मुख्य विषयमा फर्किऔं। समाचार संस्था इन्डियन एक्सप्रेसले सूचनाको हक प्रयोग गरेर प्राप्त भएको एक विवरणका आधारमा लेखिएको समाचारअनुसार यस वर्ष १ मार्चदेखि १५ मार्चका बीचमा कति इलेक्ट्रोलर बन्ड बिक्री भए त भनी उल्लेख छ। 

सबैलाई थाहा छ, प्रधानमन्त्री नरेन्द्र मोदीले पारदर्शिताको कानुन बनाएका छन्। जुन कानुनअनुसार स्टेट बैंकको कुनै पनि शाखाबाट कुनै पनि पार्टीलाई चन्दा दिन इलोक्ट्रोलर बन्ड किन्नुपर्ने हुन्छ। यसरी खरिद गर्दा दाताको नाम गोप्य राखिन्छ। 

यो बन्ड खरिदका लागि पैसा कहाँबाट आयो, कुन कम्पनीले बन्ड खरिद गर्दै कुन पार्टीलाई चन्दा दियो? यी विवरण गोप्य राखिन्छ। तर यो नियमलाई पनि मोदी र उनका मन्त्रीहरू पारदर्शी कानुन भन्ने दाबी गर्दछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो वर्ष १ मार्चमा यो स्किमको घोषणा गरिएको थियो। उक्त अवधिदेखि हालसम्म १५ मार्चसम्म २७७२ करोड रुपैयाँको बन्ड बिक्री भएको देखिन्छ। तपाईं कुन पार्टीलाई कति गयो भनेर खोज्नुहुन्छ भने त्यो पाइनेछैन किनकी यसलाई गोप्य भनिएको छ। 

तर यसमा रोचक पक्ष भनेको आधा रकमको बन्ड चाँहि मार्च १५ को दिनमा बिक्री भएको देखिन्छ। स्टेट बैंकले १३६५ करोड रुपैयाँको बन्ड बेचेको विवरणमा उल्लेख छ। 

अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेको कुरा सबैलाई जानकारी भएकै हो। तर यही समयमा किनिएका २७४२ बन्ड मध्ये १२६४ बन्ड चाहिँ  एक करोड मूल्यका थिए। 

सबैभन्दा धेरै बन्ड मुम्बईस्थित स्टेट बैंकको मुख्य कार्यालयबाट बिक्री भएको देखिन्छ। ४७१ करोड रुपैयाँको बन्ड उक्त शाखाबाट बिक्री भएका थिए। दिल्ली र कोलकोत्ताका शाखाहरूमा त्यसको आधा पनि बन्ड बिक्री हुन सकेनन्। 

दिल्लिमा मात्र १७९ करोड र कोलकत्तामा १७६ करोडको रुपैयाको बन्ड बिक्री भयो। यसबाट के देखिन्छ भने अहिले पनि राजनीतिक दलहरूलाई चन्दा मुम्बईबाटै बढी आउने गर्दछ। सर्वोच्च अदालतले सबै दललाई चन्दाको विवरण निर्वाचन आयोगलाई बन्द खाममा उपलब्ध गराउन हालै आदेश जारी गरेको छ। सर्वोच्चले यो पनि उल्लेख गर्न भनेको छ कि उनीहरूको बन्ड कसले खरिद गर्दै चन्दा दियो। 

अब चर्चा गरौ हालै प्रकाशन भएको बिजनेस स्टान्डर्डको पहिलो खबर। आर्चिज मोहन र निवेदिता मुखर्जीको यो रिर्पोटमा सन् २०१४ देखि २०१९सम्म टाटा ग्रुपले दिएको चन्दा २० गुणा वृद्धि भएको उल्लेख छ। 

टाटाले राजनीतिक दलहरूलाई चन्दा दिनका लागि एउटा ट्रष्ट नै खडा गरेको छ। प्रोग्रेसिभ इलोक्ट्रोरल फन्ड यसको नाम राखिएको छ। यही ट्रस्टले राखेको विवरणका आधारमा यो समाचार तयार गरिएको हो। 

रिर्पोटमा २०१९ को चुनावमा टाटा ग्रुपले ५०० देखि ६०० करोड रुपया चन्दा दिएको उल्लेख छ। २०१४ मा टाटाले सबै दललाई गरी २५ दशमलव ११ करोड रुपया चन्दा दिएको थियो। करिब ६०० करोडमध्ये प्रधानमन्त्री मोदीको पार्टी भाजपाले कति पायो होला? यो प्रश्नको जवाफमा ग्रुपका तर्फबाट आधिकारिक जवाफ दिन मानिएन। तर अलग अलग राजनीतिक दलहरूको हिसाब गरी पत्रिकाले अनुमान भने गरेको छ।

पत्रिकाले सबै राजनीतिक दलहरूको भागबन्डा गर्दा ३०० देखि ३५० करोड रुपया भाजपालाई टाटाले चन्दा दिएको देखिन्छ। कांग्रेसको ५० करोड र बाँकी तृणमुल, सिपिआई, सिपसएम र एनसिपीलाई दिएको पत्रिकामा उल्लेख छ। 

टाटा ग्रुपका धेरै कम्पनीमा लगानी रहेको छ। सबैले आफ्नोआफ्नो हिस्सा प्रोग्रेसिभ इलोक्ट्रोलर फन्डमा राख्ने गर्दछन्। २०१४ मा सफ्टवयेर कम्पनी टिसिएसले मात्र १ दशमलव ४८ करोड रुपैयाँ यो फन्डमा जम्मा गरेको थियो। यसपटक यो कम्पनीले २ सय २० करोड रुपैयाँ जम्मा गरेको विवरणमा उल्लेख छ। 

यसबाट यो प्रष्ट हुन्छ कि भारत इतिहासकै महङ्गो निर्वाचन यो पटक सम्पन्न हुँदैछ। देशका गरिब प्रधानमन्त्रीले चुनावी खर्चको इतिहास बदलिदिएका छन्। त्यसैले औद्योगिक घरानाको पनि धेरै चन्दाको ग्राफ निकै चुलिएको छ। धेरैजसो कम्पनीले २५ करोडदेखि ५०० करोड रुपैयाँसम्म यो निर्वाचनमा चन्दाका लागि मात्र खर्च गरेका छन्। 

उद्योगीहरूले कति र कसरी चन्दा दिइरहेका छन् र त्यसबापत के लिन्छन् भन्ने कुरा कुनै पनि उद्योगीहरु खोल्न चाहँदैनन्। उनीहरूको सुविधाका लागि प्रधानमन्त्रीले इलोक्ट्रोलर बन्ड जारी गर्न कानुन बनाइदिएकै छन्। तर सहज रुपमा प्रधानमन्त्री जनताबीचमा चुनावी प्रक्रिया पारदर्शी रहेको भन्दै बच्दै आएका छन्। 

प्रतिपक्षी दल पनि के कम! उसको लागि पनि पक्कै आफ्नो भाग मिल्ने नै छ। त्यसैले संसदमा हो कि हो भनेर चुच्चो मिलाइरहेकै छन्। तर यो गुप्त नियमको आडमा चन्दाका नाममा व्यापारी र राजनीतिक पार्टीले खेलेको खतरनाक खेल भने चलिरहेकै छ।  

सर्वोच्च अदालतले कमसेकम निर्वाचन आयोगलाई त यसको विवरण थाहा होस् भन्ने लागेर आदेश जारी गरेको हो। यो चुनाव हरेक कोणबाट हेर्दा एकतर्फी लाग्दछ। सबै थोक लिएर पनि प्रधानमन्त्री आफू स्वयंलाई पीडित बताउन छोड्दैनन्। सबै थोक उनकै अगाडिपछाडि छ तर पनि उनी मञ्चमा मेरो पछाडि किन यसरी विपक्षीहरू लागेका हुन् भनी रोइकराइ गर्छन्। 

अब यी दुई पत्रिकाको समाचार सुनेपछि तपाईंलाई के लागिरहेको छ? के तपाईंलाई यी खबर हिन्दी अखबार च्यानलमा मिलेको छ भनेर घोत्लने समय आएको छ। नत्र तपाईं आफैं मुर्ख बन्नुको विकल्प देखिँदैन। स्क्रोल बेबसाइटमा एउटा समाचार रहेको छ जसलाई शोएव दानियालले लेखेका छन्। सो समाचारका अंश हरी विश्लेषण गरौं।  

आचार संहितापछि प्रधानमन्त्री कार्यालयअन्तर्गतको नीति आयोग भाषण लेख्न भाजपा नेता नरेन्द्र मोदीलाई सहयोग गरिरहेको छ। जिल्ला अधिकारीहरूसँग र्‍याली र अन्य तमाम जानकारीहरू माग्ने र त्यसलाई इमेलमा पठाउने कार्य पनि यही आयोगले गरिरहेको छ। यो सरासर आचारसंहिताको उल्लंघन हो। 

लज्जाजनक कुरा त के हो भने जिल्ला अधिकारीहरू भाषणका लागि प्रधानमन्त्रीलाई जिल्लाको इतिहास र धार्मिक स्थलहरूको जानकारी पठाइरहेका छन्। गुप्त रुपमा प्रधानमन्त्री कार्यालयका मानिसहरू भाजपाको चुनाव प्रचार गरिरहेका छन्। तर बिडम्वना चुनाव आयोगमा हिम्मत छैन, कारबाही हुँदैन। 

हिन्दी पत्रिकाहरूमा यस्तो खबर छापिँदैन। समाचार च्यानलहरू यो समाचार बजाउँदैनन्। कसैको व्यक्तिगत भाषण र चर्चामै पत्रकारिता चलिरहेको छ। तर यसरी समाचार खोजी गरेर उनीहरू किन बजाउँदैन्? यसमा कुनै पनि एक च्यानल अपवाद छैन।
म अंग्रेजी पत्रिकाको बयान गर्दै छैन। उनीहरूका बीचमा पनि यस्तो संकट छ। तर पनि यस्ता जोखिम भरिएका समाचार प्रकाशन भइरहेका छन्। यसैले खासगरी हिन्दी च्यानलको बन्द गरिदिए हुन्छ। अंग्रेजी च्यानल पनि उस्तै घटिया छन्। पत्रकारिताको धर्मअनुसार चलेकै छैनन्। 

मेरो पहिलो सुझाव त हिन्दी पत्रिका बन्द गर्नुस्। सक्नु हुन्न भने प्रत्येक महिना फरक पत्रिका लिनु्स्। एउटै पत्रिका वर्षभर वा जिन्दगीभर कहिल्यै नपढ्नुहोस्। तपाइसँग यति आशा गरेँ। पत्रकारिता बदलिने आशा कसैले पनि नराख्नुस्।

यो लेख मूल रुपमा रवीश कुमारको फेसबुक पेजमा प्रकाशित छ। 
(द वायरमा प्रकाशित आलेखबाट नेपाल लाइभका दुर्गा दुलालले गरेको भावानुवाद)

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन
सम्बन्धित सामग्री
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा राष्ट्रपति अनुरा कुमारा दिसानायकले यो प्याकेज अहिलेसम्मको सबैभन्दा ठूलो राज्य अनुदान भएको बताउनुभयो र यसले करिब दुई करोड २० लाख जनसङ... मंगलबार, चैत २४, २०८२
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताएका हुन् । मंगलबार, चैत २४, २०८२
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक भिडियो शेयर गर्दै ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको बता... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन मंगलबार, चैत २४, २०८२
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मंगलबार, चैत २४, २०८२
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्