• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चिनियाँ समुद्र जोड्ने पारवाहन सम्झौता, के छ नेपाललाई फाइदा?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  २०:४७
1140x725

काठमाडौँ- नेपालका लागि बहुप्रतिष्ठित एउटा सपनाले सोमबारबाट सार्थकता पाएको छ। त्यो हो- चीनका सुख्खा र सामुद्रिक बन्दरगाहासम्मको पहुँच। 

पहिलोपल्ट चीनको राजकीय भ्रमणका निस्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँगको द्विपक्षीय वार्तापछि गरेका ७ सम्झौतामध्ये महत्वपूर्ण एक सम्झौता हो-यातायात तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)मा हस्ताक्षर। 

चीनको सरकारी भवन ‘ग्रेट हल अफ दि पिपुल’मा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र चीन सरकारको तर्फबाट चिनियाँ यातायातमन्त्री ली सियाओफङले हस्ताक्षर गरेसँगै चीनको समुद्रसम्मको नेपाल फैलावटले वैधानिकता पाएको छ। 

हस्ताक्षर भएसँगै प्रोटोकल कार्यन्वयनमा जानेछ र तेस्रो मुलुकबाट आयात हुने सामान चीनका सुक्खा र सामुद्रिक बन्दरगाह प्रयोग गर्दै नेपाल ल्याउन पाइनेछ। त्यति मात्रै होइन्, नेपाली सामान निर्यात पनि चीनको बाटो हुँदै तेस्रो मुलुकसम्म गर्न पाइनेछ। 

तात्कालिक फाइदा कम 
नेपालले अब चीनका सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। तत्कालका लागि भने तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। 

त्यस्तै नेपालले चीनका सबै सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने भएको छ। हाललाई भने लान्जाओ, ल्हासा, र सिगात्से सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ। 

यातायात तथा पारवाहन प्रोटोकलमा भएको सम्झौताले रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङ्चुङगोला गरी ६ वटा नाकामार्फत् ढुवानी गर्न सक्ने अवस्था पनि सिर्जना गरेको छ। 

चीनसँग भएका सम्झौता उपलब्धिपूर्ण मानिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर,नेपालतर्फको भौगोलिक जटिलताका कारण तत्कालै ठुलो फाइदा लिइहाल्न सक्ने अवस्था भने छैन। 

चीन जोड्ने नेपाली सडक अझै सबल नभएकाले नेपालले तत्कालै लाभ पाइहाल्दैन। तर, समस्या परेको वा केरुङसम्म रेल आएको खण्डमा भने त्यसमा सहजता बढ्ने देखिन्छ। 

२०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा केही मात्रामा भएपनि नेपालले चीनबाट प्रटोलियम पदार्थ सन्दर्भ ताजै छ। 

प्राटोकलमा हस्ताक्षरपछि प्राप्त अवसरलाई बढीभन्दा बढी फाइदामा बदल्न नेपालले वर्षभर चल्ने सडक बनाउन जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रणनीतिक फाइदा बढी
चीनसँग यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको सम्झौताको आर्थिक महत्व त छँदै छ, त्यो भन्दा यसको रणनीतिक महत्व बढ्ता मानिएको छ। 

नेपालले यसअघि बांग्लादेशसँग पनि यस्तो सम्झौता गरेको थियो। तर, त्यसका लागि भारतकै बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसको कार्यान्वयन हुन सकेन। 

भारत निर्भर पारवहनमा मात्रै सीमित नेपालजस्तो भूपरिवेष्ठित देशका लागि त्यही अधिकार अर्को शक्तिशाली देश चीनसँग प्रयोग गर्न पाउनुको ठूलो रणनीतिक महत्व हुनु स्वभाविक हो। यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारको परिदृश्य नै फेर्न सक्छ।

नेपालमा हुने ठुला राजनीतिक परिर्वतनमा आफूले चाहेजसरी हिस्सा पाउन नसक्दा भारतले नाकाबन्दीलाई पटक–पटक अस्त्रको रुपमा प्रयोग गरेको छ। 

भारतसँगको परर्निभरता भोगिरहेको नेपालले नचाहँदा नचाहँदै पनि झुक्नुपर्ने अवस्था रहेकोमा यसले अब नेपालको आत्मविश्वसालाई बढाउने देखिन्छ। 

नेपालले तेस्रो मुलुकसँगको व्यापारमा अहिलेसम्म भारतको हल्दिया–कलकत्ता र विशाखापटनम् बन्दरगाह मात्र प्रयोग गर्दै आएको छ। प्रोटोकलमा भएको हस्ताक्षरले नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ। 

यसले चीनसँगको दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भने अर्कातर्फ नेपाल भारतसँगको एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ। 

दुई देशबीच यो सम्झौता हुनुमा संविधान जारी भएपछि त्यसमा असन्तुष्ट जनाउँदै भारतले गरेको पछिल्लो अघोषित नाकाबन्दीले काम गरेको हो। 

नाकाबन्दी खेपिरहेकै बेला तीन वर्षअघि चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको त्यस्तो हैकम कम गर्न चीनसँग यातायात तथा पारवहन सम्झौता गर्ने सहमति गरेका थिए। 

सम्झौतालाई शीघ्र र व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान सके एक छिमेकीको नाकाबन्दीकै कारण सार्वभौमिक अधिकार प्रयोग गर्नमा खुम्चनुपर्ने अवस्था सिर्जना हुने छैन। 

अर्कोतर्फ व्यापारलाई विविधीकरण गर्दै समृद्ध बन्ने नेपाली सपनालाई व्यवहारमा रुपान्तरण गर्न यो कोसेढुंगा साबित हुनेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्