• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नारायणकाजीसँग मेरो कुनै प्रतिस्पर्धा नै होइन'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ७, २०७४  १७:५३
1140x725

१ सय ६५ क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको चुनाव अन्तर्गत चर्चित क्षेत्रमध्ये पर्छ, गोरखा २ । यहाँबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुई पटक माओवादीका उम्मेदवारका रुपमा सो जिल्लाबाट जितेका भट्टराई यस पटक नयाँ शक्ति पार्टीका तर्फबाट चुनावमा होमिएका हुन्। नयाँ शक्तिका अन्य क्षेत्रका उम्मेदवारहरुबारे खासै चर्चा नसुनिए पनि भट्टराई भने निकै चर्चामा छन्। 

चुनावी प्रचारका क्रममा गोरखामै रहेका भट्टराईसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानी: 

यसअघिका दुई निर्वाचनमा गोरखाबाट तपाईंले व्यक्तित्वका कारणले जित्नुभएको थियो कि माओवादीको संगठनका कारण?

मूल रुपमा मैले लोकतन्त्र र गणतन्त्रका लागि त्याग र बलिदानको बाटो लिएँ। त्यसै क्रममा माओवादी आन्दोलनको निर्माण भएर आयो। त्यसमा माओवादी र बाबुराम भट्टराई अन्योन्याश्रित ढंगले जोडिएका थिए। त्यसैले ती दुइटालाई अलग गरेर हेर्न मिल्दैन। दुवैको योगदानका कारण मैले पहिले जितेको हुँ। अब पनि जित्छु।

यस पटक चाहिँ तपाईंको जितको आधार के हुन्छ त?

संविधान निर्माणका लागि मैले भूमिका खेलेको छु। संविधानसभाका निम्ति गोर्खाली जनताले मलाई जुन जिम्मेवारी दिएका थिए, त्यो मैले पूरा गरेको छु। त्यो पहिलो आधार हो। त्यस्तै, म निरन्तर रुपमा गोर्खाली जनतासँग जोडिएको छु। म प्रत्येक महिना गोरखा आएको छु र गोरखाको विकास निर्माणका लागि बाटाघाटा, पहाडी लोकमार्ग, विभिन्न परियोजना लगायतका रणनीतिक पूर्वाधारहरु तयार गर्नमा भूमिका खेलेको छु। विकास र समृद्धिका लागि मेरो योगदान, इमानदारी र लगनशीलतालाई कदर गर्दै जनताले पुन: जिम्मेवारी दिन्छन् भन्ने कुरामा म विश्वस्त छु।

यो चुनावमा तपाईंको प्रतिस्पर्धी तपाईंले विगतमा वैचारिक प्रतिस्पर्धा/संघर्ष गरेकै व्यक्ति हुनुहुन्छ। यो चुनाव त्यसैको विस्तारित रुप हो कि फरक खाले प्रतिस्पर्धा/संघर्ष हो?

होइन। उहाँसँग कुनै प्रतिस्पर्धा नै होइन। उहाँ गोरखामा जन्मिनुभएको मात्रै हो। यो उहाँको कार्यक्षेत्र कहिल्यै पनि रहेन। उहाँलाई गोर्खाली जनताले कहिल्यै पनि चिनेनन्। कहिलेकाहीँ आक्कलझुक्कल देखिनुभएको मात्रै हो। त्यसैले मलाई उहाँसँग प्रतिस्पर्धाको कुनै सूचनै छैन।

Ncell 2
Ncell 2
nimb
nimb

चुनौती छैन?

छैन। गोर्खाली जनताले मलाई जिताउँछन्, त्यसमा म ढुक्क छु। गोर्खाली जनताले स्वयं त्यो बताइरहेका छन्।

तपाईंहरु दुवै जना राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। तर, चुनाव प्रचारका क्रममा व्यक्तिगत आक्षेपहरु लगाइरहनुभएको सुनिन्छ। राष्ट्रिय नीतिकै विषयमा, विकासको मोडलमा बहस गरे हुँदैन?

मैले कसैलाई आपेक्ष लगाउने काम गरेको छैन। मैले त आफूले गरेको कामको आधारमा जनतासँग मत मागिरहेको छु। त्यो कुरा जनताले पनि बुझेका छन्। अरुले के बोले, मैले सुन्ने गरेको पनि छैन। त्यसमा जवाफ फर्काउने पनि गरेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नयाँ शक्तिको तर्फबाट तपाईं एक जनाले जिते पनि संसदको गणित र निर्णयमा खासै निर्णायक भूमिका खेल्न सक्ने होइन। त्यसैले तपाईंलाई जिताउनु बेकार हो भन्ने विश्लेषण पनि गरिन्छ नि!

गलत कुरा हो। जित्न त सबैले एक्लै-एक्लै जितेर जाने त हो नि। १६५ मध्ये सबैले एक्लै-एक्लै जितेर जाने हो। दोस्रो कुरा, नयाँ शक्ति पार्टी यसपटक राष्ट्रिय पार्टीका रुपमा आउँछ। अर्को पटक प्रमुख पार्टी बन्ने हाम्रो लक्ष्य छ। देशमा एजेन्डा सेट गराउन हिजो हामीले हिजो पनि भूमिका खेलेका थियौं, भोलि पनि खेल्न सक्छौं। संसदमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं। यो देशमा जुन खालको शासकीय स्वरुप छ, त्यहाँ स्थिर र बहुमतको सरकार बन्न गाह्रो छ। त्यो अवस्थामा हामीले भूमिका खेल्न सक्छौं। यी सबै कुरा हिसाब गर्दा, आगामी दिनमा नयाँ शक्ति पार्टीको महत्त्वपूर्ण भूमिका रहन्छ।

नयाँ शक्तिको सम्पूर्ण ऊर्जा गोरखा २ मा मात्रै केन्द्रित भइरहेको देखिन्छ। अन्यत्रको उम्मेदवारप्रति किन उदासीन? पार्टीकै तर्फबाट उनीहरुलाई जिताउन किन पहल नभएको?

त्यो  सत्य होइन। एउटा प्रचार मात्रै त्यसरी भएको हो। तर, हाम्रा साथीहरु विभिन्न ठाउँमा खटिइरहनुभएको छ। राम्रै भइरहेको छ। त्यसैले नयाँ शक्तिको एउटा सम्मानजनक मत आउँछ र राष्ट्रिय पार्टीको रुपमा उदय हुन्छ।

स्थानीय तहको चुनावको मत हेर्दा तपाईंको क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनको मत झन्डै बराबर छ। यस्तो अवस्थामा लोकतान्त्रिक मतलाई जोगाउँदै वामपन्थी गठबन्धनको मतलाई तान्न कतिको सकस छ?

स्थानीय तहको चुनावमा हामीले तयारी नै गर्न पाएका थिएनौं। निर्वाचन आयोगले दिएको आँखा चिह्न पनि प्रयोग गर्न पाएनौं। त्यसैले अरुको चिह्न सापट लिएर जानुपरेको थियो। यस्ता विभिन्न कारणले राम्रो मतको अपेक्षा गर्न सक्ने अवस्था त्यतिबेला थिएन। अहिले हामीसँग आफ्नै चुनाव चिह्न छ र खुला ढंगले आफ्नो नीति र विचार लिएर जनतामाझ जान सकेका छौं। त्यसैले यसपटक हाम्रो चुनावी प्रदर्शन राम्रो हुनेछ।

केही दिनअघि केही व्यक्तिले ‘अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका’ बाबुराम भट्टराईलाई ‘गोरखाका पारखी जनताले पहिचान गरी सही निर्णय हामीले अपेक्षा गरेका छौं’ भनी एउटा विज्ञप्ति जारी गरे। यसबारे केही प्रतिक्रिया छ?

मेरो बारेमा अरुले के भन्छन् भनेर सुनिरहने फुर्सद छैन। बाबुराम भट्टराई गाउँमा जन्मेको सामान्य व्यक्ति हो, जो देशका लागि ज्यान छोडेर लाग्यो। जसलाई गोर्खाली जनताले मलाई राम्रोसँग बुझेका छन्। को अवसरवादी हुन् भनेर जनताले राम्रोसँग छुट्याउँछन्। देश र जनताका लागि मर्न तयार हुने र जुनसुकै जोखिम बेहोर्न तयार हुने व्यक्ति अवसरवादी हो कि पद प्रतिष्ठाको लागि चहार्दै हिँड्ने मान्छेहरु अवसरवादी हुन्, जनताले छुट्याउँछन्। गोर्खाली जनता धेरै पारखी पनि छन्। त्यस्ता खालका दुष्प्रचारले गोर्खालीमा कुनै प्रभाव पर्छ जस्तो मलाई लाग्दैन।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्