काठमाडौं– सोमवार अमेरिकाको वासिङ्टन डिसीमा रहेको संसद् भवन, यूएस क्यापिटलमा स्थानीय समय अनुसार १२ बजे डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिको पदभार सम्हाल्ने पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनिसँगै उपराष्ट्रपति जेडी भान्सले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नवनिर्वाचित राष्ट्रपतिले आधिकारिक रूपमा पदभार ग्रहण गरेपछि देशका नाममा पहिलो सम्बोधन गरे।
ट्रम्पले सपथग्रहण लगत्तै २०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्,उक्त आदेशहरूमा चीनीया सोशल मीडिया ऐप टिक-टकको विषय पनि समेटियो।
यद्यपि टिक-टक सम्बन्धी अर्डरमा के लेखिएको छ भन्ने विस्तृत जानकारी हाल दिइएको छैन तर डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको समय दिने कुरा गरेका छन्।
त्यस्तै ट्रम्प राष्ट्रपति बनेलगत्तै उनले क्यापिटल हिल दंगामा संलग्न करिब १५०० व्यक्तिलाई सजाय माफी दिएका दिए।
अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० व्यक्तिलाई माफी दिने आदेश जारी गरेका छन् ।
गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए।
एजेन्सीहरुको सहयोगमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।