• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'कानुन नबन्दासम्म बिउ बिजन ल्याउने र लैजाने काम अनुचित'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ७, २०७४  १७:०२
1140x725

०४५ सालमा नेपालमा बिउबिजन सम्बन्धी ऐन बन्यो, तर त्यसले प्रजनक र कृषकको अधिकारबारे केही बोलेन। ऐनले बिउबिजनको कारोबारलाई मात्र सम्बोधन गरेको छ। 

विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य राष्ट्र नेपालले अन्तर्राष्ट्रिय सन्धिअनुसार बिउ बिजनसम्बन्धी नयाँ कानुन ०७७ सालभित्र लागू गरिसक्नुपर्ने बाध्यता छ। नयाँ कानुनमा प्रजनकको मात्र नभई नेपाली कृषकको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ? यस विषयमा तातो बहस सुरु भएको छ। 

अन्तर्राष्ट्रिय कानुनका जानकार डा. कमलेश अधिकारी यसै विषयमा कानुनी मोडल तयार पारिरहेका छन्। ‘युनिभर्सिटी अफ क्विन्सल्यान्ड’ ले उनलाई यही मोडल तयार पार्न अनुसन्धानमा खटाएको छ। 

गत साता काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आर्थिक सम्मेलनमा ‘बिउ बिजनसम्बन्धी नेपालमा कस्तो कानुन बन्नु्पर्छ र कृषकलाई कसरी अत्यधिक फाइदा पुर्‍याउन सकिन्छ’ भन्ने विषयमा सटीक विश्लेषण गरेका डा. अधिकारीसँग नेपाल लाइभका लागि शिशिर ढकालले गरेको कुराकानीः

बिउ बिजनसम्बन्धी ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता किन देखियो?

हाम्रो ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने नेपालमा सन् १९८८ मा पहिलो पल्ट बिउ बिजन ऐन क्रियाशील भयो। यो ऐनमा विदेशबाट नेपाल भित्रिने बिउबिजन र नेपालमै उत्पादन भएका बिउ बिजनलाई दर्ता गरेर किनबेच गर्ने र कृषकसमक्ष पुर्‍याउने उद्देश्य मात्र राखेको देखिन्छ। अहिलेको भूमण्डलीकरण र जैविक प्रविधिको प्रयोग भइरहेको युगमा त्यो कानुन अपूरो भइसकेको छ। यसैकारण उन्नत जातको बिउ बिजन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्न नयाँ–नयाँ चुनौती थपिएका छन्। नयाँ बिउ उत्पादन गरेर बजारमा बेच्दा प्राप्त हुने लाभ (आम्दानी) बिउ कम्पनी, प्रजनक र कृषकबीच समानताको आधारमा कसरी बाँडफाँट गर्ने? यही नै मुख्य चुनौती हो। यसैका लागि हामीलाई नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता थपिएको हो। फेरि अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हामी (नेपाल)ले पनि हस्ताक्षर गरेका छौं। यसैले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ कानुन निर्माण गर्नु हाम्रो पनि राष्ट्रिय दायित्व हो।

नयाँ कानुनमा के–के कुरा समेट्नुपर्ला? 

नयाँ कानुनमा बिउको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार समेटिनु आवश्यक छ। डब्लुटिओको अन्तर्राष्ट्रिय कानुनले दुई किसिमको प्रणाली लागू गर्नु भनेको छ। पहिलो– राष्ट्रिय कानुनमा ‘प्याटेन्ट’ प्रणाली हुनुपर्छ भनेको छ। दोस्रो– बिउ उत्पादकलाई एकाधिकार दिने खालको कानुन कार्यान्वयन गर्नु भनेको छ। ‘प्याटेन्ट’ प्रणाली जटिल भएकाले नेपाल, भारत, बंगलादेशसहित दक्षिण एसियाली मुलुकहरुले यसलाई अँगाल्न खोजेका छैनन्। किसानलाई त्यति सहुलियत नभएको हाम्रो जस्तो मुलुकमा ‘प्याटेन्ट’ प्रणालीको सट्टा मौलिक कानुन बनाउन आवाज उठिरहेको छ। प्रजनकलाई अधिकार दिँदा किसानको अधिकार कुण्ठित नहुने र रैथाने बिउ बिजनको समेत संरक्षण हुनेगरी नयाँ कानुन बनाउनु आवश्यक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ कानुन निर्माणका लागि सरकारले के गर्नुपर्ने आवश्यकता छ?

नयाँ बिउ सिर्जना गर्दा वा प्रजनकलाई अधिकार दिँदा किसानको अधिकार कुण्ठित नहुनेगरी सरकारले कानुन निर्माण गर्नु जरुरी छ। प्रजनक र किसान दुवैको अधिकार सुनिश्चित हुनेगरी कानुन निर्माण गर्न सरकारले प्रजनक र किसानको अधिकार पहिचान गरी सन्तुलित ढंगले कानुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्छ। अल्पविकसित मुलुकले बिउबिजन सम्बन्धी कानुन सन् २०२१ भित्र बनाइसक्नुपर्ने बाध्यता छ। यसमा नेपाल पनि अछुतो छैन। सरकारले कानुन निर्माण गर्दा सरोकारवाला निकायसँग राष्ट्रिय स्तरमै व्यापक छलफल गरी प्रजनक र कृषकको समस्या पहिचान गरेर कानुन निर्माणको तहमा अगाडि बढ्नु जरुरी छ।

कृषकलाई बढी फाइदा पुर्‍याउन बिउ बिजन ऐनमा के–के कुरा समावेश गरिनुपर्ला? 

हामी अझै पनि आयातीत बिउमा बढी निर्भर छौं। हाम्रै बिउ बिजनलाई उन्नत बनाउँदै बजारीकरण गरिनुपर्छ। उन्नत बिउबिजनबाट कृषकलाई लाभ दिलाउन बिउबिजनको पहिचान र वर्गीकरण कानुनी रुपमा गरिनु आवश्यक छ। कुन बिउ कृषकको, कुन प्रजननको र कुन रैथाने हो, यसको पहिचान हुनु जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उन्नत जातको बिउ उत्पादन गर्दा प्रजनक र कृषकले पाउने अधिकारबारे कानुनमा स्पष्ट व्याख्या हुनु आवश्यक छ। व्यापारिक प्रयोजनका लागि प्रजननको अधिकार दिँदा त्यस्ता बिउमा कृषकहरुको पहुँच सरल हुने हिसाबले कानुन निर्माण गरिनुपर्छ। रैथाने जातलाई संरक्षण गरेर प्रजनन गराउनुपर्छ र प्रजननपछि बजारीकरण हुँदा कृषकलाई पनि सीमित लाभ वितरण हुनेगरी कानुन निर्माण गर्नुपर्छ। यो त्रिकोणात्मक किसिमको कानुन निर्माण भयो भने बिउ बिजन उत्पादनमा देखिएका समस्या व्यवस्थित भएर जानेछन्। 

प्रजनकले कृषकको बिउ लगेर उन्नत जातको बनाएर बजारीकरण गर्दा कृषकले कुनै लाभ नपाउने स्थितिको अन्त्य कसरी गर्न सकिन्छ?

हाम्रो कानुनले कुन बिउ कसको हो भन्ने पहिचान गर्न सकेको छैन। घर–जग्गा व्यक्तिको नाममा भए जस्तै बिउ पनि त्यसैगरी दर्ता हुनुपर्छ। कृषकसँग विभिन्न बिउ छन्, तर त्यसमा उनीहरूको स्वामित्व कानुनीरुपमा स्थापित हुन सकिरहेको छैन। एक पटक बिउ किसान, प्रजनक वा रैथानेमध्ये कसको हो भन्ने पहिचान भएको खण्डमा कृषकहरू मारमा पर्ने अवस्था आउँदैन। कुनै कम्पनीले बिउ कृषकबाट लगेर नयाँ बनाएर ल्यायो भने पनि माउ जात छुट्याउन सकिन्छ। कृषकलाई मार नपरोस् भनेर नयाँ बिउ सहुलियतमा प्रयोग गर्न दिने, जगेर्ना गर्न दिने र कृषक–कृषकबीच साटासाट गर्न पाउने कानुनी अधिकार पनि दिन सकिन्छ। यस्तै, कृषकको बिउबाट उन्नत जातको बिउ उत्पादन गर्दा आम्दानीको केही हिस्सा कृषकलाई दिने कुरा कानुनमा उल्लेख भयो भने कृषक ठगिने अवस्थाको अन्त्य हुन्छ।

नेपालका बिउबिजन अन्तर्राष्ट्रिय ‘जिन बैंक’ मा पुर्याउने काम भइरहेको छ, यो सही छ की गलत हो?

उपयुक्त कानुन नबन्दासम्म बिउ बिजन ल्याउने र लैजाने काम अनुचित हो। जहाँसम्म अन्तर्राष्ट्रिय ‘जिन बैक’ वा प्रणालीमा हाम्रो बिउ बिजन समावेश गर्ने प्रश्न छ, सर्वप्रथम त कानुनी रुपमा कुन र कहाँको बिउमा कसको स्वामित्व छ, त्यो स्थापित वा पहिचान गरिनु पर्छ। जस्तै कतिपय बिउ नेपाल सरकारको स्वामित्वमा होलान, अन्य कति कृषक वा स्थानीय समुदायको स्वामित्वमा होलान। यस्ता संवेदनशील कानुनी मुद्धाहरु टुँगो नलगाई बिउ बिजनहरू अनुसन्धान, प्रजनन र व्यापारीकरणका लागि पठाउन पक्कै पनि उपयुक्त हुदैन्। त्यसैले के कस्तो कानुन निमार्णबाट यस्ता विषय सम्बोधन गर्न सकिन्छ, यसका लागि व्यापक बहस आजको आवश्यकता हो। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्