• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'म गएपछि तराईका ठालुहरुको झुटको पर्दाफास हुन्छ' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर ६, २०७४  २०:४९
1140x725

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका थिए। पुत्रशोकका कारण गठबन्धनका ओलीका सहयात्री माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको सभालाई सम्बोधन गरेनन्। ओलीले सभामा भने, ‘म प्रचण्डजीको भागको सम्बोधन पनि गरिरहेको छु।’

चुनावी अभियानमा पश्चिमतिर जान लागेका ओलीले चितवनमा नेपाल लाइभसँग केहीबेर कुरा गरे। वाम गठबन्धनले दुई तिहाई ल्याउनेमा ढुक्क देखिएका ओलीसँग सरोजराज अधिकारीले गरेको संवादः 

वाम गठबन्धनको चुनावको तयारी कस्तो भइरहेको छ?

जनतामा असाधारण उत्साह र आशा भरोसा छ। अब नेपाल स्थायित्वमा जाने भयो, बहुमतको सरकार र स्थिर सरकार बन्ने भयो भनेर जनतामा आस छ। एउटा भिजन, अठोट र संकल्पसहितको सरकार बन्ने र विकासको ढोका खुल्ने जनतामा विश्वास पलाएको छ। जनतामा विश्वास पलाएको हुनाले राजनीतिक कार्यकर्तामा समेत विश्वास पलाएको छ। विपक्षमा रहेका पार्टीहरु र केही फरक पार्टीका नेतामा छटपटी छ। तर, आम कार्यकर्तामा अब राष्ट्रियता मजबुत, राष्ट्रिय हित संवर्द्धन, लोकतन्त्रको व्यावहारिक अभ्यास गरिने विश्वास जनतामा पलाएको छ। राष्ट्रिय एकतातर्फ देश जाने र विकासको गति अगाडि बढ्ने आम मानिसको अपेक्षा छ। त्यसको भित्री खुसी फरक पार्टीमा पनि देखिन्छ, जो हामीसँग प्रतिस्पर्धा गर्ने भनिरहेका छन्। तिनका कार्यकर्तामा र मतदाता भनेर जो चिनिन्थे, उनीहरुमा पनि संयुक्त देशभक्त, प्रगतिशील, लोकतान्त्रिक, एकतामुखी र विकासमुखी चुनावी तालमेललाई साथ दिनुपर्छ भन्ने विश्वास पलाइएको छ। यसले गर्दा एउटा अभूतपूर्व र असाधारण लहरको रुपमा निर्वाचन आएको छ। जनतामा त्यसप्रकारको उत्साह छ। 

हिजोका दिनमा माओवादीप्रति तपाईं अलि बढी आलोचक देखिनुहुन्थ्यो। विभिन्न सभामा समेत त्यसलाई तपाईंले स्वीकार गर्नुभएको छ। कसरी वाम गठबन्धन सम्भव भयो? के लागेर यसमा अग्रसरता लिनुभयो?

जब माओवादीमा केही गलत दृष्टिकोण र नीतिहरु थिए, व्यवहारहरु थिए, अरु बोल्न नसकेको बेला मैले आलोचना गर्थेँ। यसकारण गर्थेँ, त्यसबेला मैले निष्ठाको राजनीति गर्थेँ र सत्य बोल्ने गर्थेँ। जोखिमपूर्ण हुन सक्थ्यो, थियो पनि। तर, जोखिमभन्दा सत्य ठूलो कुरा हो। जनतालाई सही कुरा बताउनु र गलत चिन्तन कसैले बोकिरहेको छ भने त्यसबाट उसलाई मुक्त गर्नु पनि कत्र्तव्य हो। त्यो कुरा कायरताबाट होइन, निर्भीकता र साहसबाट हुन सक्छ। 

तर, त्यही कुरामा मात्र अल्झिने होइन, उहाँमा ठूलो परिवर्तन आइसक्यो। जनयुद्ध भनेर आएको शक्तिले संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नु, निर्वाचनको माध्यमबाट स्थिर सरकार दिएर देशलाई अगाडि बढाउनु, निर्वाचन मार्फत लोकतान्त्रिक अभ्यासको माध्यमबाट अग्रसर हुनु र अब लोकतान्त्रिक भनिने पार्टीभन्दा बढ्ता लोकतान्त्रिक ढंगले अगाडि बढ्छु भनेर संकल्प र व्यवहार प्रकट गरेर जानु सकारात्मक कुरा हो। यसमा हामीले प्रशंसा र मद्दत गर्नुपर्ने छँदैछ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसलाई नितान्त राजनीतिक दाउपेचको रुपमा नेपाली कांग्रेसले प्रयोग गरेको होइन र? कांग्रेसले स्थानीय तह निर्वाचनमा सहकार्य गरेको होइन र? कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाएको होइन र? यसमा किन गोल मच्चाउने?

दोस्रो ठूलो पार्टी एमाले माओवादीभन्दा धेरै माथि छ। माओवादीलाई ४० प्रतिशतसम्म दिएर जुन उदारता देखाएर तपाईं एकताको पक्षमा आउनुभयो, यसको रणनीतिक महत्व समेत छ?

स्थानीय तहको मतपरिणामले एमाले पहिलो पार्टी बनेको छ। अब मत, सिट, जनप्रतिनिधिको हिसाबले एमाले पहिलो पार्टी हो। हामी आफ्ना स्वार्थ र दलीय स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय राजनीतिको महत्वलाई गौण महत्वको स्थानमा राख्दैनौं। राष्ट्रिय राजनीतिका लागि हामीलाई ६०/४० प्रतिशत ठूलो कुरा होइन। त्यसैले यसमा गणितीय हिसाब–किताब मात्र होइन, एकताको भावना राष्ट्रिय जिम्मेवारी पूरा गर्न हाम्रो तत्परता छ। हामी फराकिलो छौं, लचिलो ढंगले जान्छौं। हामी लचिलो र उदार किन छौं भन्दा देश अगाडि बढाउनुपर्छ, मजबुत बनाउनुपर्छ। पछाडि फर्किएर हिजोका कमीकमजोरी, कटुता, वैमनस्यता होइन, अब देशलाई नयाँ ढंगले निर्माण गर्न कसरी बढ्ने? कसरी नयाँ सम्झौताका साथ जाने? एकताका साथ जाने? हामीले त्यतातिर ध्यान दिनुपर्छ। विगतका कुरा, सम्झनाका कुरा होइन, आगामी दिनका निम्ति सपनाका कुरा, ती सपनालाई सकारात्मक ढंगले सफलतापूर्वक पुर्याकउनेतिर हाम्रो दृष्टि फर्कनुपर्छ। हामीलाई ६०/४० को भागबन्डाको विषयमा प्रश्न नउठेका होइन, देशको हितको प्रश्नका अगाडि अरु कुरा गौण हुन्छन्।

कत्तिको ढुक्क हुनुहुन्छ, चुनावी सहकार्य पार्टी एकतासम्म पुग्छ भन्ने कुरामा? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामीले पार्टी एकताका लागि सुरु गरेका हौं, नभ्याएर मात्र अहिलेका लागि चुनावी तालमेलमा सीमित भएको हो। हामीले आश्विन १७ गते सभागृहबाट जुन संयुक्त घोषणा गर्यौंन, त्यसमा हामीले पार्टी एकताको विषय स्पष्ट गरेका छौं। एकता नहुँदासम्मका लागि चुनावी तालमेल भएको हो। म जुन काम गर्छु, विश्वासका साथ गर्छु। 

माओवादीको विषयमा तपाईंले आफ्नो धारणा सुनाउनुभयो, तर मधेसप्रति तपाई अलि बढी आलोचना गर्नुहुन्छ भन्ने आरोप छ नि!

आरोप त कसले के लगाउँछ, केही काम नपाएपछि, केही ठाउँ नपाएपछि केही झुटा आरोप लगाउन सकिन्छ। म आफैंले तराई मधेस भनेकै ठाउँमा ५२/५३ वर्ष राजनीति गरेको छु। ०४८ देखि त्यहीँबाट प्रतिनिधि छानिएको हुँ। तराईको विकासको निम्ति त्यहाँको जनतालाई स्थानीय जमिनदार र ठालुहरुबाट पछाडि पारिएको छ। ती जमिनदार र ठालुहरु अहिले राजनीतिको नाममा फरक ढंगले त्यहाँको जनतालाई अलमल्याउने र पछाडि पार्ने षड्यन्त्रमा छन्। त्यसका निम्ति उनीहरुले मेरो पार्टी र मेरो विचारलाई त्यहाँ जान नदिने, निषेधको राजनीति गर्ने र लोकतान्त्रिक होइन, हिंसा, तोडफोड र आक्रमण गर्ने गरेका थिए। कुन लोकतान्त्रिक अभ्यास गरिरहुनभएको थियो उहाँहरु हिजो? म गएपछि झुटा आरोपहरु पर्दाफास हुन्छ। पर्दाफास हुन नदिन र आफ्ना झुट कायम राख्न उहाँहरुले त्यो गर्नुहुन्थ्यो। 

जसरी म प्रधानमन्त्री हुँदा तराई मधेसका लागि बजेट छुट्याएको थिएँ। त्यहाँको सिंचाइ, बाटो, उद्योग, शिक्षा, स्वास्थ्य, जनजीवन अगाडि बढाउने होस्, जनता आवास कार्यक्रम, सुकुम्बासीका समस्या समाधान गर्ने लगायतका विषयमा मैले काम गरेको छु। अझै पनि कानुनी रुपमा मधेसका केही क्षेत्रमा नागरिकताका समस्या छन्। अब बन्ने सरकारले जन्मसिद्धका आधारमा नागरिकताका समस्या समाधान गर्छ। कांग्रेसले अल्झाएर राखेको छ, जहाँ अप्ठ्यारो छ, सरकारले समस्या समाधान गर्नुपर्‍यो नि! 

जसरी पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीका रुपमा देखिएको थियो। तर, दुई नम्बर प्रदेशको चुनावमा एमालेले राम्रो नतिजा ल्याउन सकेन। कतै तपाईंका आक्रामक अभिव्यक्ति त्यसमा जिम्मेवार थिए कि? 

तपाईंले भनेजस्तो हुनुपथ्र्यो, त्यस्तो देखिएन। अब पार्टी अध्यक्षको हिसाबले भन्ने हो भने, हामी एउटा घेराबन्दीमा थियौ, मोर्चाबन्दीमा थियौं। राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै शक्ति त्यहाँ लागेका थिए। प्रमुखमा हामीप्रति टार्गेट गरेर केही कम आयौं। मत र सिटका हिसाबले खासै कम होइन, केही कम हो। तपाईंले भनेजस्तो अत्यन्त कमजोर होइन। अरुभन्दा हामी मजबुत थियौं। कांग्रेसले जुन हिसाबले जालीझेली कुरा गर्योअ, हाम्रो विरुद्ध कुरा लगायो र भ्रम छर्न सफल भयो। तालमेलका साथ सबै शक्ति एकातिर हुँदा पनि एमाले दोस्रोमा त आउँदो रहेछ, राष्ट्रिय स्तरमा पहिलो शक्ति बन्दो रहेछ भन्ने त देखियो नि! त्यसैले विगततर्फ धेरै जान चाहन्नँ। 

त्यसो भए अब भविष्यतिर जाऔं न त, प्रदेश र प्रतिनिधिसभामा कस्तो परिणाम आउला? 

तपाईको अनुमान के छ ? तपाईं देखिराख्नुभाछ? हेरिराख्नुभाछ? हिजोको सभा हेरिहाल्नुभो, अरु सभा देखिराख्नु भा’छ। पत्रकारले भन्न मिल्दैन होला। मैले यही प्रश्न गर्नु नै काफी छ जस्तो लाग्छ। 

चुनावी सभाहरुमा तपाईंले दुई तिहाई आउँछ भनेर भनिरहनुभएको छ नि! 

दुई तिहाईभन्दा बढी आए पनि ठीक छ, अलि कम आए पनि खासै फरक पर्दैन। अन्तिममा, आरामदायी बहुमत आउँछ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्