• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अधिनायकवादको कुरा कांग्रेसको पराजित मानसिकताको उपज हो : पुष्पकमल दाहाल ‘प्रचण्ड’ [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर ६, २०७४  १९:२३
1140x725

०७४ मंसिर ५ गते । चितवनमा वाम गठबन्धनको भव्य सभा सम्पन्न भयो। सभामा तीन जना पूर्व प्रधानमन्त्री सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)। आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाट प्रत्यासी बनेका छन्, दाहाल। सभा सोही क्षेत्रमा भएको थियो। तर, दुई दिनअघि मात्र पुत्र (प्रकाश दाहाल) शोकमा परेका प्रचण्डले सभामा सम्बोधन गरेनन्। त्यसको भोलिपल्ट बुधबार प्रचण्ड नेपाल लाइभसँग कुराकानी गर्न तयार भए। कुराकानीका क्रममा उनी सहज रुपमा प्रस्तुत भए। आसन्न निर्वाचन, वाम गठबन्धन र सामयिक राजनीतिबारे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग सरोजराज अधिकारीले गरेको संवादः

शोकको अवस्थामा पनि चुनावी अभियानमा होमिनुभएको छ। कस्तो भइरहेको छ चुनावी प्रचार?

सबैभन्दा पहिला अप्रत्याशित रुपमा प्रकाशको अवसानले मेरो परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएको छ। सबैतिरबाट समवेदनाका सद्भावहरु प्राप्त भइरहेका छन्। तपाईंले भर्खरै पनि समवेदना प्रकट गर्नुभयो। त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। 

जहाँसम्म निर्वाचनको प्रश्न छ, देशमा राजनीतिक स्थायित्वका र आर्थिक विकासका लागि सकारात्मक वातावरण बनाउने उद्देश्यले वाम गठबन्धनको तर्फबाट देशैभर साझा उम्मेदवारी दिएका छौं। साथसाथै, हामीले पार्टीलाई एउटै बनाउने संकल्पसहित पार्टी एकता संयोजन समिति पनि बनाएका छौं। देशैभरि वामपन्थी जनमतमा आत्मविश्वास र उत्साह बढेकै छ। देशभक्त र यो देशमा राजनीतिक अस्थिरताको अन्त्य होस् भन्ने चाहना राख्ने नेपाली कांग्रेस, राप्रपा लगायतका अन्य पार्टीका पनि ठूलो पंक्ति खुसी भएको मैले देख्छु।

वाम गठबन्धनको अन्तिम ध्येय चाहिँ के हो?

अन्तिमभन्दा पनि हाम्रो संविधानले अबको राज्य समाजवाद उन्मुख राज्य भनेर भनेको छ। शान्तिपूर्ण र प्रतिस्पर्धा मार्फत, लोकतान्त्रिक विधि प्रक्रिया मार्फत समाजवाद निर्माण गर्ने कुरा जसरी संविधानको भूमिकामा नै राखिएको छ, अहिले वाम गठबन्धनको उद्देश्य त्योभन्दा बाहिर र फरक बिल्कुलै छैन। लोकतान्त्रिक र प्रतिस्पर्धाको तरिकाले समाजवादको आधार निर्माण गर्ने र त्यसको निम्ति राष्ट्रिय पुँजीको निर्माण र आर्थिक विकासको गति अपरिहार्य सर्त हो।

तर वामपन्थी गठबन्धनले अधिनायकवाद ल्याउँछ र यो मुलुकको आर्थिक विकासका लागि घातक छ भनिरहेका छन्। यसमा के भन्नुहुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

यो बिल्कुल आधारहीन कुरा हो। उहाँहरुले त्यस्तो प्रचार गर्नुभएको छ। तर कहीँ कतैबाट, कुनै तर्क र तथ्यले त्यो पुष्टि हुँदैन। त्यो आधार पनि छैन। किनकि, हामीले नेपाली कांग्रेससँग मिलेर संविधान जसरी बनायौं, त्यो समझदारीका साथ बनाएका छौं। त्यसैले त्यो संविधानलाई नै पालन गरेर जानेभन्दा बाहिर, लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर वाम गठबन्धनको कुनै मनसाय छैन। कुनै कुराले त्यो पुष्टि पनि गर्दैन। अहिले अर्को पक्षले जसरी अधिनायकवादको कुरा गरेको छ, मैले त भन्ने गरेको छु, साथीहरु अलिकति विक्षिप्त हुनुभयो। यति विक्षिप्त हुनुपर्दैनथ्यो। वाम गठबन्धनले बहुमत ल्याउने भयो, आफ्नो स्थिति कमजोर हुनेभयो भन्ने चिन्ताले त्यस्तो गर्नुभएको होला। उहाँले पनि राम्रो काम गरेर, हिजो विभाजित भएका सबै घटक मिलेर फेरि बहुमत ल्याउने स्थिति बनाउँदा हुन्छ। तर, यो अनावश्यक, तथ्यहीन, तर्कहीन आरोप लगाउन छाड्दा राम्रो हुन्छ। म के भन्न चाहन्छु भने पहिले–पहिले कम्युनिस्टहरु सरकार आयो भने बूढाबूढीहरुलाई मार्छन् भन्ने चलन थियो। तर, अहिले कम्युनिस्टहरु नै बूढाबूढीलाई भत्ता दिइरहेका छन्। हामीले त घोषणापत्रमै ५ हजार दिन्छौं भनेका छौं। यसबाट के पुष्टि हुन्छ भने, झुटो आरोप धेरै दिन टिक्दैन। अधिनायकवाद र निरंकुशताको जुन कुरा आइरहेको छ, त्यो चाहिँ पराजित मानसिकताको उपज बाहेक अरु केही हो भन्ने मलाई लाग्दैन।

तपाईंहरु चुनाव सम्पन्न गर्नेसम्मको उद्देश्यले कांग्रेससँगको गठबन्धनमा हुनुहुन्थ्यो। तर सरकारमा पनि बसिरहने र विपक्षीसँगको गठबन्धनमा चुनावी मोर्चा कस्ने स्थिति किन सिर्जना भयो?

पहिलो कुरा, निर्वाचन सम्पन्न नहुँदासम्म कांग्रेसलाई समर्थन दिने भन्ने हाम्रो समझदारी थियो। त्यो समझदारीबाट हामी भड्केका छैनौं। समझदारी उल्लंघन नहोस्, शेरबहादुरजीकै नेतृत्वमा चुनाव होस् भन्ने उद्देश्यले हामी सरकारमा अहिले पनि बसिरहेका छौं। त्यतिबेलाको प्रतिपक्षसँग गठबन्धन गरेको बिल्कुल निर्वाचन प्रयोजनका लागि हो। किनकि, निर्वाचनमा हरेक पार्टीले कोसँग तालमेल गर्दा आफूलाई बढी फाइदा हुन्छ, त्यसैसँग गर्छन्। हिजो पहिलो चरणको स्थानीय तहको चुनावमा म प्रधानमन्त्री थिएँ, नेपाली कांग्रेस पनि सरकारमा थियो। तपाईंले रेकर्ड हेर्नुभयो भने रोल्पा, सल्यान, जाजरकोट र कालिकोटमा कांग्रेस र एमालेको तालमेल भएको छ, माओवादीका विरुद्धमा। तर, मैले ‘कांग्रेसले एमालेसँग तालमेल गर्ने ?’ भनेर कराएर हिँडिनँ। 

अहिले पनि कांग्रेसले बढी चिन्ता गर्नुपर्ने कारण छैन। यो त चुनावी कुरा हो। यस पटक एमाले र माओवादीको पार्टी एकताको कुरा चाहिँ फरक हो। त्यो चुनावी तालमेलभन्दा फरक कुरा हो। यो चाहिँ कम्युनिस्ट पार्टी हुनुका नाताले, मार्क्सवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त मान्ने कारणले, समाजवादतिर जाने उद्देश्यमा समानताका कारणले पार्टी एकता गर्ने हामीले संकल्प गरेका छौं। यसो गरे भनेर अर्को पक्ष चिन्तित हुनुपर्दैन। यसले अर्को पक्षलाई पनि मिलेर थोरै पार्टी भएर प्रतिस्पर्धा गरेर देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य हो, यो भनेपछि त उहाँहरुले त्यो आरोप लगाइराख्नुपर्ने कारण पनि छैन। मैले राजनीतिक इमानदारी र नैतिकताको आधारमा नै शेरबहादुरजीलाई समर्थन गरिरहेको छु। चुनावी तालमेलबाट माओवादी केन्द्रलाई बढी फाइदा हुन्छ, वामपन्थी आन्दोलनलाई बढी फाइदा हुन्छ र त्यसो गर्दा भोलि विचार मिल्नेसँग पार्टी एकता गर्न पनि सजिलो हुन्छ भनेर गरेको हो। यो कुनै अनैतिकता र जालझेलको कुरा होइन। यो सीधासीधै खुल्लै कुरा भएको छ। फेरि मैले त्यसो हुनुभन्दा अगाडि प्रधानमन्त्रीजीसँग गएर भनेको पनि हुँ– ‘हामीले विचारको आधारमा पार्टी गठबन्धन गर्दै छौं, तपाईं चिन्तित नहुनुहोला। यो तपाईंको विरोधमा होइन। अब प्रतिपक्ष पनि रहँदैन। अब एमाले पनि सरकारको विरोध गर्दैन। तपाईं चुनाव गराउनुस्, समर्थन नै गर्नुहुन्छ।’ मैले त सुझाव पनि दिएको थिएँ, फुटेको कांग्रेस जति जुटाउनुस्। त्यसो हुँदा देशकै हितमा राम्रो हुन्छ। मैले यो कुरा भनेको हो र म अहिले पनि त्यसमा प्रस्ट छु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब मुलुक दुई पार्टी सिस्टममा जाने संकेत हो?

अब विस्तारै त्यतातिर जाँदैछ देश। अबको विश्व परिस्थिति, नेपालको भूराजनीतिक अवस्थिति र नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाभित्रबाट हेर्‍यो भने दुई पार्टी सिस्टमतिर नै जाने सम्भावना छ।

तपाईंहरु अहिले सहकार्य गरिरहनुभएको छ। यो पार्टी एकताको बिन्दुसम्मै पुग्छ भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?

इतिहासको समीक्षा र छलफलका आधारमा हामीले पार्टी एकता संयोजन समिति नै बनाइसकेका छौं। अहिले क्षेत्र निर्धारणदेखि उम्मेदवार चयनसम्म दुवै पार्टीका नेताहरुको साझा कमिटीमार्फत हामीले गर्‍यौं। यसले प्रस्ट देखाइसकेको छ, पार्टी एकता हुन्छ। प्राविधिक कारणले चुनावअघि गर्न नसकिएको मात्रै हो। चुनाव सकिए लगत्तै हामी दुवै पार्टीलाई एउटै बनाउँछौं।

तपाईंले युरोपियन युनियनका राजदूतसँगको भेटमा यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो, पार्टी नै एकता भने हुँदैन भनेको भन्ने कुरा आयो नि!

त्यो चाहिँ मैले भनेकै छैन। त्यो कसरी बाहिर आयो, मलाई थाहा भएन। मैले भनेको के हो भने चुनावी तालमेल र एकता एउटै कुरा होइन। चुनावी तालमेल हुनेबित्तिकै पार्टी एकता भइहाल्छ भन्ने कुरा होइन। पार्टी एकता भिन्न कुरा हो। पार्टी एकताका लागि दर्शन, विचार, राजनीति सबै विषयमा समानता ल्याउनुपर्ने हुन्छ। चुनावी तालमेल हुने तर पार्टी एकता नहुने पनि हुनसक्छ। पार्टी एकता नै भयो भने चुनावी तालमेलको त कुरै भएन। मैले यसरी व्याख्या गरेको थिएँ। चुनावी तालमेल नै पार्टी एकता हो भनेर बुझ्न हुँदैन भनेर व्याख्या गरेको हो मैले। तर, वास्तविकता के हो भने, हामीले यो पटक पार्टी एकता संयोजन समिति बनाएर चुनावी तालमेल गर्‍यौं। पहिले–पहिले तालमेल हुन्थ्यो, पार्टी एकताको कुरा मात्रै गरिन्थ्यो। अहिले त हामीले पार्टी एकताको उद्देश्यले संयोजन समिति बनाएका छौं। यता तालमेल पनि गरेका छौं। यही कुरालाई कसरी बुझियो, मलाई थाहा छैन। 

तपाईं पहिले विभिन्न ठाउँबाट चुनाव लडेर यस पटक चितवन आइपुग्नुभएको छ। किन?

यो बारेमा मैले बडो प्रस्टसँग बताउँदै पनि आएको छु। पहिलो पटक रोल्पा र काठमाडौंबाट चुनाव लड्नुको ठूलो राजनीतिक उद्देश्य थियो, विद्रोह र राजधानीलाई जोड्नु। रोल्पा करिब–करिब हाम्रो विद्रोहको राजधानी मानिथ्यो, काठमाडौं चाहिँ देशको राजधानी। यो दुइटाको भावनालाई मनोवैज्ञानिक ढंगले जोड्नु र शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्‍याउन सकारात्मक वातावरण बनाउने उद्देश्यका साथ म दुई ठाउँबाट चुनाव लडेको हुँ। मानिसहरुले यसलाई त्यति ध्यान दिएका छैनन्। यदि म रोल्पा र काठमाडौं दुवै ठाउँबाट जितेर नगएको भए सेना समायोजन गर्न धेरै गाह्रो थियो। शान्ति प्रक्रियाको दृष्टिले यो ठूलो ऐतिहासिक र रणनीतिक कदम थियो भन्ने मेरो दाबी छ। 

दोस्रो पटक मधेसमा कताकता अलगाववाद आउने खतरा पैदा भयो। मधेसको सेन्टिमेन्टलाई पहाडका विरुद्ध भड्काउने खतरा देखा पर्न थाल्यो। मधेसमा अलगाववादी र अतिवादी ट्रेन्डहरु बढ्न थाले। मलाई चितवनमा आउने मन त पहिलो चुनावमा पनि थियो। दोस्रोमा पनि थियो। तर, म शान्ति प्रक्रियामा एकमात्र जीवित हस्ताक्षरकर्ता, मैले मधेस, पहाड र हिमाल सबैतिरका उत्पीडित जनताका हक, अधिकार र पहिचानका निम्ति लडेको र नेतृत्व पनि गरेको हुनाले म मधेसमा जानुपर्छ र मधेसमा अलगाववादी र अतिवादी भावनालाई भड्काउने प्रयास भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्छ र त्यसका निम्ति म मधेसबाटै चुनाव लड्नुपर्छ र काठमाडौंसँग जोड्नुपर्छ भन्ने लागेर लडेको हुँ। म चितवन र सिरहाबाट पनि लड्न सक्थेँ। तर, त्यसो गर्दा मधेसको भावना र राजधानीको भावना जोडिँदैन थियो। मैले मधेसबाट चुनाव लड्दा मधेसलाई राष्ट्रिय मूलधारमा अझ मजबुत ढंगले ल्याउन सक्छु भन्ने लागेर, एउटा ऐतिहासिक र रणनीतिक सोचका साथ सिरहा गएको हुँ। 

अहिले मलाई खुसी छ। मैले स्थानीय तहको निर्माण र पहिलो चरणको चुनाव मेरै नेतृत्वमा सम्पन्न भयो र अन्य चरणको चुनावको सुनिश्चितता गरेर मैले छाडेँ। यहाँसम्म मधेस पनि अझ खुसीसाथ, उत्साहका साथ जोडियो। तपाईंहरुलाई सम्झना होला, मैले मधेसमा चुनाव लड्न जाँदै गर्दा ‘मेरो मधेससँग लभ छ’ भन्दै गएँ। किनकि, मधेसी जनताको हक–अधिकारका लागि १३ सय मधेसी जनताको ज्यान गएको छ। त्यसको प्रतिनिधित्व गर्दै म गएँ र सफल पनि भएँ। पछिल्लो समय मधेसमा माओवादीप्रति र विशेषगरी मप्रति एउटा ठूलै आकर्षणको लहरै देखापर्‍यो। अब मैले आफ्नो जिम्मेवारी त्यहाँ पनि पूरा गरेँ भन्ने लागेको छ। किनभने, संविधान कार्यान्वयनतिर पनि गयो। तराई, पहाड र हिमाल जोडियो पनि। अलगाववाद अलगावमै पर्‍यो। परास्त भयो। राष्ट्रिय एकता र स्वाधीनताको भावनाले जित्यो। मलाई गर्व छ। अब मैले फेरि रोल्पा जानुको त औचित्य छैन। म फेरि मधेस जाने भन्नुको पनि औचित्य छैन। अब त मैले आफू हुर्केको, पढेको, बढेको, राजनीति सिकेको, पञ्चायतका विरुद्ध आन्दोलनका मोर्चाहरु चितवनमा सम्हालेको नाताले आफ्नो गृहजिल्लामा जानु मेरो कत्र्तव्य र जिम्मेवारी हुन्छ भनेर म चितवन आएँ। चितवन आउनुमा चुनाव जित्नु मात्रै उद्देश्य नभएर यो पहिले ७६औं र अहिले ७८औं जिल्ला हो। यहाँ सबैतिरका मान्छे छन्, राजनीतिक चेतना ठूलो छ, विकासको सम्भावना प्रचुर छ। चितवनका सचेत जनताको मत लिएर राष्ट्रिय नेतृत्व लिँदा, राष्ट्रिय रुपमा पनि विकासको मोडल बनाउन सघाउ पुग्छ। चितवनको विकास र समृद्धिमा मैले योगदान गर्न सक्छु। 

म ०४६ सालको आन्दोलन अगाडि एउटा पार्टीको महामन्त्री पनि भएँ। त्यसको १० वर्ष मेरो विचार निर्माणमा खर्च भयो। १० वर्ष मेरो युद्धमा गयो। १० वर्ष शान्ति र संविधानमा बित्यो। अब १० वर्ष म विकास निर्माण र समृद्धिमा बिताउँछु र समाजवादका लागि यो देशमा आधार तयार पार्छु भन्ने संकल्पसहित म चितवन आएको छु।

वाम गठबन्धनले दुई तिहाइ ल्याउने भनेर सार्वजनिक सभाहरुमा भन्दै आउनुभएको छ। कति ल्याउला खासमा? कति छ तपाईंको अपेक्षा?

पार्टी नै एउटै बनाएर र एउटै चुनाव चिह्न लिएर अभियानकै रुपमा गएको भए दुई तिहाइको सम्भावना त हो। नेपालमा वामपन्थी जनमत दुई तिहाई छ। तर, त्यो सबै गर्न हामीलाई समय पुगेन। त्यसैले दुई तिहाइ नै आउने भनेर भन्न सक्ने मलाई लागेको छैन। चुनाव हो, राम्रोसँग क्याम्पेन चल्यो भने आउन पनि सक्छ। तर, सुविधाजनक बहुमत चाहिँ सुनिश्चित छ। 

पार्टी एकता नै भइसकेपछि तपाईंहरुले तयारी गर्नुभएको होला, पार्टी अध्यक्ष को हुने, प्रधानमन्त्री को हुने भनेर?

यस विषयमा हाम्रो छलफल पक्कै पनि भएको छ। हामी यसलाई सहजै टुंग्याउनेमा छौं। सहजै टुंगिन्छ। पदहरु अरु पनि छन्। राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख लगायतका पदहरु छन्। तिनमा कसरी सेटिङ गर्ने भन्ने कुरा, सरकारको नेतृत्वमा पनि आलोपालो गरेर टुंग्याउन सकिन्छ भन्ने कुरा छन्। हामी अन्तिम निर्णय चुनावपछि सजिलै गर्छौं भनेर बसेका छौं। 

भनेको तपाईंले पार्टीको नेतृत्व गरिरहँदा केपीजीले सरकारको नेतृत्व गर्ने र तपाईंले सरकारको नेतृत्व गरिरहँदा उहाँले पार्टीको नेतृत्व गर्ने?

यो विषयमा अन्तिम निर्णय त हामीले गरेका छैनौं। तर, हामी सजिलै यसलाई सहमति र समझदारीबाट टुंग्याउँछौं।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्