• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनप्रतिनिधिका समस्या : स्थानीय सरकार छ, कानुन छैन

64x64
नेपाल लाइभ बिहीबार, भदौ २२, २०७४  १२:०९
1140x725

काठमाडौं– करिब २० वर्षपछि स्थानीय तहमा जनताले निर्वाचित जनप्रतिनिधि त पाए तर आफू निर्वाचित भएको तीन महिना बितिसक्दा पनि ती प्रतिनिधिले काम गर्ने कानुन पाएका छैनन्। स्थानीय तह तथा शासन सञ्चालनसम्बन्धी विधेयक सरकारले बैसाख दोस्रो साता नै संसदमा दर्ता गराए पनि हालसम्म पारित हुन सकेको छैन।

संसदमा दर्ता भएको चार महिनासम्म दलहरुले बेवास्ता गर्दा विधेयक पारित हुन नसकेको हो।

सांसदको सुविधा सम्बन्धी विधेयक एकै दिन दर्ता भई पारित गर्न व्यवस्थापिका संसद सफल भए पनि यो विधेयक लामो समयदेखि बेवास्तामा पर्दै आएको छ।

पहिलो चरणको निर्वाचनबाट जेठको पहिलो साता ३४ जिल्लाबाट २८३ स्थानीय तहमा जनप्रतिनिधि चयन भएका थिए भने दोस्रो चरणमा ३३ जिल्लाका ३३४ तहमा जनप्रतिनिधि चयन भएर काम सुरु गरिसकेका छन्। असोज २ गते ८ जिल्लाबाट १३६ तहमा नयाँ जनप्रतिनिधि निर्वाचित हुँदैछन्। तर उनीहरुलाई दैनिक काम गर्न आवश्यक हुने ऐन सरकारले अहिलेसम्म दिन सकेको छैन। 

संविधानको भावना र मर्मविपरीत स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा ६१७ तहहरु सञ्चालन भइरहेका छन्। दैनिक कामकारबाही सञ्चालनका लागि कानुनी आधार हुने यस्ता ऐन नदिँदा जनप्रतिनिधिले कममा अवरोध झेल्नुपरेको छ।

कानुनमन्त्री यज्ञबहादुर थापा भने सरकार ऐन छिट्टै जारी गर्ने तयारीमा रहेकाले केही दिनमै यो संसदबाट पारित हुने बताउँछन्। संघीय मामीला तथा स्थानीय विकास सचिव दिनेश थपलियाले पनि मन्त्रालय ऐन जारी गर्न पहल गरिरहेको बताए।

बैसाख दोस्रो साता तत्कालीन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए। विधेयक संसदमा पेस भएपछि पनि सैद्धान्तिक छलफल, संशोधनको प्रक्रिया दफावार छलफल लगायतका प्रक्रिया सुरु भएको थियो।  जनप्रतिनिधि निर्वाचित भइसक्दा समेत यसलाई पारित गर्न ‘फास्ट ट्र्याक’ विधिमा ध्यान दिइएन। लामो समय गृह, स्थानीय र कानुन मन्त्रालयले यसलाई प्रारुप मिलाउने लगायतका प्रक्रियामा अल्झाएर राखेको थियो। विधेयक हाल संसदको विकास समितिमा छलफलमा रहेको छ।  

नजिकै तेस्रो चरणको स्थानीय निर्वाचन त्यसलगत्तै प्रदेश र केन्द्रको निर्वाचन मिति घोषणा भएकाले तत्काल विधेयक पारित हुन सहज देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

के छ विधेयकमा? 
सरकारले संसदमा पेस गरेको प्रस्तावित विधेयक अनुसार गाउँपालिका तथा नगरपालिकाले संविधानको अनुसूची ८ मा उल्लेख भए अनुसारका अधिकार उपयोग गर्न पाउनेछन्। गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी सञ्चालन, सहकारी संस्थासम्बन्धी नीति निर्माण तथा सञ्चालन, एक सय वाटसम्मको एफएम रेडियो सञ्चालनको अधिकार पाउनेछन्। छापा सञ्चारमाध्यम सञ्चालनको अधिकार पनि स्थानीय तहलाई हुनेछ।  

यस्तै स्थानीय कर सेवा शुल्क र दस्तुर निर्धारण गर्ने अधिकार पनि गाउँपालिका र नगरपालिकालाई हुनेछ। स्थानीय करअन्तर्गत स्थानीय तहले संघीय तथा प्रदेश कानुनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, सेवा शुल्क, पर्यटन कर मनोरञ्जन कर लगायतका शुल्क तोक्न पाउनेछ। गाउँपालिकाका नगरपालिकाले स्थानीय तथ्यांक र अभिलेखको व्यवस्था, स्थानीय आयोजनासम्बन्धी मापदण्ड र कार्यक्रम तय गर्ने अधिकार पनि पाउनेछन्। विकास आयोजना र अन्य परियोजनासम्बन्धी काम पनि स्थानीय तहले पाउनेछन्। 

स्थानीय तह स्वयंले अधारभूत माध्यमिक शिक्षा सञ्चालन गर्न पाउनेछ। यस्तै बजार व्यवस्थापन वातावरण संरक्षणका योजना तर्जुमाका अधिकार पनि स्थानीय तहलाई नै हुनेछ।  स्थानीय सडक, ग्रामीण सडक, कृषि तथा सिँचाइका नीति, कानुन र मापदण्ड बनाउने अधिकार पनि स्थानीय तहलाई दिइएको छ।
  
‘मेलमिलापदेखि लालपूर्जा वितरणसम्म’
स्थानीय तहले संघीय कानुनको अधीनमा रही गाउँसभा र नगरसभामा मेलमिलाप केन्द्र स्थापनाको अधिकार पाउनेछन्। यस्तै मेलमिलापसम्बन्धी आवश्यक नीति तथा कानुन तर्जुमाको अधिकार पनि रहनेछ। 

जग्गा धनीपूर्जा वितरण अब गाउँपालिका स्तरबाटै हुने गरी सरकारले कानुनी व्यवस्था प्रस्तावित गरेको छ। जग्गा दर्तासँगै जग्गाको नक्सा, कित्ताकाट, नामसारी, दाखिला लगायतका काम पनि स्थानीय तहबाटै हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। खानेपानी, साना जलविद्युत् आयोजना तथा वैकल्पिक ऊर्जाका नीति निर्माण तथा कार्यान्वयनको अधिकार स्थानीय तहलाई हुनेछ । खानेपानी, विद्युत् महसुल निर्धारणको अधिकार पनि स्थानीय तहले पाउनेछ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विधेयकअनुसार विपद् व्यवस्थापन, भाषा, संस्कृति कलाको संरक्षण र विकाससम्बन्धी योजना निर्माण तथा कार्यान्वयनको अधिकार स्थानीय तहलाई हुनेछ। यस्तै खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा नीतिनिर्माण र कार्यान्वयनको अधिकार पनि स्थानीय तहलाई नै प्रत्यायोजन गरिएको छ।  स्थानीय निकायका रूपमा यसअघि पाएका जन्मदर्ता, बसाइँसराइ तथ्यांक संकलन लगायतका काम पनि स्थानीय तहले नै पाउनेछन्।

नीतिनिर्माणको अधिकारसँगै स्थानीय तहलाई नियमनको अधिकार पनि हुनेछ। परिचालन र समन्वय, कार्य विभाजन र कार्यसम्पादन तथा स्थानीय तहको अधिकार प्रत्यायोजनका सम्बन्धमा पनि विधेयकले व्यवस्था गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्