• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : भूकम्प कहिल्यै नबिर्सौँ, पाठ सिकौं

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  २०:३१
1140x725

२०७२ सालको भूकम्पका कारण धेरैले ज्यान गुमाए। कैयौं घाइते भए। निजी र सार्वजनिक, पुरातत्विक महत्त्वका कैयौं सम्पदा र संरचना ध्वस्त भए। विशेषगरी भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोटलगायत १४ जिल्लामा अत्यधिक विनाश गरेको थियो।

क्षणभरमै जेजे भयो, त्यसको आघात अझै ताजै छ। मानिसहरुले अझै पनि भरपर्दो बासस्थानको व्यवस्था गर्न सकेका छैनन्। बालबच्चाले पढ्ने कैयौं विद्यालय पुनर्निर्माण भइसकेका छैनन्। स्वास्थ्य चौकी तथा सुरक्षा निकायका भवन पुनर्निर्माणमा पनि खुसी हुनुपर्ने अवस्था छैन।

मानिसका बिजोगमाथि सुरुदेखि नै हेलचेक्र्याइँ गर्ने काम भयो। सुरुका केही वर्ष राजनीतिक दलहरूको काम सरकार फेर्ने र पुनर्निर्माण प्राधिकरणलाई पनि 'खेलौना' बनाउनमा नै सीमित भयो। भूकम्पपश्चात् चार सरकार र पाँच कार्यकारी अधिकृत बन्नु त्यसकै उदाहरण हो।

यसको परिणाम पुनर्निर्माणको गति अति नै सुस्त भयो। मानिसले अत्यासलाग्दा बर्खायाम र मुटु कमाउने जाडो छाप्रामा नै बिताउनुपर्‍यो। राज्यको साथ र भरोसाले भरथेग गर्न सकेको देखिएन। सरकारहरूले आफ्नो सफलता झल्काउने बुँदा सार्वजनिक गरिरहँदा धेरैमा प्रतितर्क निस्कन्छ- भूकम्पपीडितको अवस्था उस्तै छ।

भूकम्पपछिको पुनर्निर्माणमा सरकारी पहलभन्दा निजी वा संघसंस्थाका पहलहरू बढी चर्चामा आए। एकीकृत बस्ती बनाउनेहरुमाथि आम मानिसको भरोसा बढेको देखियो।

nimb
nimb
Ncell 2
Ncell 2

जिम्मेवार निकायले हेलचेक्र्याइँ गरेको मात्रै होइन, पाठ नसिकेको अवस्था पनि देखियो।

भूकम्पबाट हामीले सिक्नुपर्ने केही विषयहरू थिए। जस्तो कि खुला ठाउँको संरक्षण। मुख्य सहरमा बचेका केही खुलास्थानमा त्यतिबेलामा पीडितहरूले लामो समयसम्म बसेर दिन बिताएका थिए। तर, पछिल्लो समय त्यस्ता स्थानको दोहन गर्ने क्रम जारी छ। काठमाडौंमै खुलामञ्च मिचिएका मात्रै होइन, सार्वजनिक जग्गाहरू व्यक्तिका नाममा सार्ने क्रम उस्तै छ। घरहरू बन्ने क्रम रोकिएको छैन। अहिले पनि सलाइका बट्टा ठड्याएजस्ता घरहरू देख्न सकिन्छ। यसतर्फ कुनै विशेष पहल हुन सकेन।

अर्कोतिर, जेजति भौतिक संरचना निर्माण भएका छन्, तिनमा नेपालको मौलिक परम्परा ध्वस्त पार्ने काम भएको छ। आम मानिसमा हाम्रा पुराना संरचना शैली भूकम्प प्रतिरोधी छैनन् र अब नयाँखाले घर वा संरचना बनाउनुपर्छ भन्ने मानसिकता विकसित भयो। जिम्मेवार निकायले न कुनै अनुसन्धान गरेर कुनै निष्कर्ष निकाल्न सके, न कुनै विकल्प दिन सके।

भयो के त? हाम्रा विशिष्ट पहिचान बोकेका कतिपय गाउँघरहरु खलबलिए। चामलका गेडा छरिएजस्ता घरहरु टल्किन थाले। हामीले अवसर गुमायौं।

भूकम्पका कारण भत्किएका पुरातात्विक महत्त्वका संरचनाको पुनर्निमाणको अवस्था पनि उत्साहजनक छैन। बाह्य देशबाट आउने भनिएको सहयोग रकम पनि हाम्रा लागि आकाशको फलजस्तै भयो। कुनै किसिमका प्रभावकारी कूटनीतिक पहल गर्न सकेको देखिएन।

यस्ता ऋणात्मक सूचकहरूले गर्दा 'क्षतिलाई अवसरमा बदल्ने' भन्ने हाम्रो प्रतिबद्धता साह्रै खोक्रो सावित भएको छ। अहिले त हामी पाठ सिक्नेतिर होइन, भूकम्प गएकै भुल्न पो थाल्यौं कि भन्ने प्रतीत हुँदैछ।

हामीले बेवास्ता गरिरहे हामीसँग त्यही आघात हात लाग्ने छ, जुन चार वर्षअघिको भूकम्पपछि हात लागेको थियो। जेजे सम्भव छ, सिकौं र व्यवहारमा लागू गरौं। मर्म के हो भने, हामीले भूकम्प नबिर्सौं। यसलाई पाठका रूपमा लिँदै भविष्यमा हुनसक्ने जोगिम न्यूनीकरणको तयारीमा लागौं।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्