• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'विमलेन्द्र निधिजी मधेसको निम्ति क्यान्सर हो'

64x64
नेपाल लाइभ शनिबार, मंसिर २, २०७४  १६:४०
1140x725

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेकै क्षेत्र रोजेका छन्। चुनावी अभियान र मधेस मुद्दामा केन्द्रित रहेर महतोसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:

तपाईंहरुले लामो समय अहिलेको संविधानको विरोध गर्नुभयो। तर, अहिले त्यसैको कार्यान्वयनका लागि निर्वाचनमा जुटिरहनुभएको छ नि!

कार्यान्वयन होइन, संविधानमा आवश्यक सुधार र संशोधनका लागि जुटेको हो। यो संविधानमा केही कुरा ठीक र केही कुरा बेठीक छ। मधेसको सवालमा बेठीक छ। जनजातिको सवालमा बेठीक छ। दलितको सवालमा बेठीक छ। जहाँजहाँ बेठीक छ, त्यसलाई ठीक पार्नुपर्छ। यो निर्वाचन भनेको संसदीय लडाइँ हो। जुन कुराका लागि सडक संघर्ष गरिएको हो, हाम्रो त्यो आन्दोलन सकिएको छैन। आन्दोलनको रुप फेरिएको छ, अहिले सडक आन्दोलन स्थगित गरिएको छ। सडक आन्दोलन पनि संविधान संशोधनकै लागि हो। हामीले यो चुनावलाई पनि संघर्षकै रुपमा लिएका छौं र यसले संसदभित्रको आन्दोलनलाई बल पुर्‍याउँछ। त्यसैले हामीले संसदको आन्दोलनको तयारी गरिरहेका छौं।

यो बाटोबाट संविधान संशोधन हुन्छ होला?

नगरी सुखै छैन। संविधान संशोधन भएन भने यो मुलुक चल्दैन। मुलुक धेरै संकटमा पर्छ। द्वन्द्व धेरै बढ्छ। आफ्नै गोरुको बाह्रै टक्का भनेर हुँदैन। ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ भन्ने जातिवादी व्यवस्था कहाँ गयो? त्यस्तै,९० प्रतिशतले बनाएको संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा झन्डै ६० प्रतिशत त आइसके नि! अब दुई तिहाईका लागि ६ प्रतिशत भए पुग्छ। त्यो पुग्छ। देश थोडी यसरी चल्छ! जनतालाई अधिकार दिएन भने सडकबाटै संविधान परिवर्तन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ। त्यसैले अंकगणित देखाएर धेरै लामो समयसम्म टिक्न सक्दैन।

विमलेन्द्र निधिसँग चुनाव लड्नु तपाईंका निम्ति कति चुनौती र कति अवसर हो?

निधि यो देशको सबैभन्दा ठूलो पार्टीको मधेसका सबैभन्दा ठूलो नेता हुनुहुन्छ। जुन संविधानले दर्जनौं मधेसीको हत्या गर्‍यो, यो संविधान निर्माणमा उहाँको पनि ठूलो भूमिका छ। यहाँका जनता उहाँको नाम लिन चाहँदैनन्। संविधानमा हस्ताक्षर गरेर उहाँले मधेसी जनतालाई धोका दिनुभएको छ। यो निर्वाचन जनताको लागि एउटा प्रश्न हो, संविधान निर्माणका क्रममा हाम्रो हत्या गर्नेलाई दण्डित गर्ने कि पुरस्कृत गर्ने?

तपाईंको निम्ति चाहिँ उहाँसँग चुनाव लड्नु अवसर कि चुनौती भयो त?

nimb
nimb
Ncell 2
Ncell 2

केही चुनौती छैन। जनकपुरमा उहाँसँग चुनाव लड्नु जरुरी थियो। किनभने संकीर्ण मानसिकता बोकेका कांग्रेसका मधेसी नेता, पदलोलुपता, समर्पणवादी नीति र अडान नभएको नेताका रुपमा उहाँ प्रस्तुत भइदिँदा ठूलो नोक्सान भयो। त्यस्तो नेतालाई परास्त गर्नुपर्छ। निधिजी मधेसको निम्ति क्यान्सर रोग हो। क्यान्सरलाई फाल्नुपर्छ। त्यसैले उनीसँग चुनाव लड्नु अवसर र चुनौती दुवै हो।

तपाईंहरु दुवै नेता व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजको भाषा प्रयोग गरेर भाषणवाजी गरिरहनुभएको छ। नीतिमा बहस गरे हुँदैन?

नीतिमै बहस हो। मैले जति कुरा भनेँ, सबै नीतिकै कुरा त हो नि! काम गर्ने त व्यक्तिले नै हो। व्यक्तिले गरेको कामलाई आकाश–पातालले गरेको भन्न मिल्दैन। संविधानमा हस्ताक्षर व्यक्तिले गरेको हो, गोली व्यक्तिको आदेशबाट चलेको हो। अनि व्यक्तिको नाउँ नलिईकन त हुँदै हुँदैन। त्यसैले व्यक्तिले गरेका गल्तीलाई त मानिसले प्वाइन्ट आउट त गर्छ नि!

घरदैलो अभियानमा व्यस्त हुुनुहुन्छ, जनताको अपेक्षा के छ?

जनताले परिवर्तन खोजेका छन्। जनताले मुक्ति खोजेका छन्। उनीहरुले २५ वर्षदेखि कांग्रेसलाई भोट दिँदै आएको हो। अघिल्लो पुस्तादेखि मत दिँदै आएको पार्टीले केही गरेन। मधेसीले अधिकार पाएनन्। बरु मधेसी जनताको विरुद्धमा काम गर्‍यो। विकास पनि भएन। हुँदाहुँदै मिथिलाको राजधानी जनकपुरलाई नरक बनाएर छोड्यो। नाक छोपेर हिँड्नुपर्ने अवस्था छ। भनेपछि, मधेसलाई कहाँ पुर्‍याएछ त? जनकपुरलाई कहाँ पुर्‍याएछ त? जनतामा वितृष्णा छ।

राजपा र संघीय समाजवादी फोरमका तपाईं ‘हेभीवेट’ नेताहरु सबै प्रदेश २ को पूर्वी क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ, जनकपुरलाई प्रदेशको राजधानी बनाउने संकेत हो यो?

जनकपुर त राजधानी हुने नै भयो। यो त २ नम्बर प्रदेशको केन्द्र हो नि! सांस्कृतिक नगरी पनि हो। कोही नेता यहाँ आएकाले होइन, जनकपुरको हकै बन्छ त्यो त। दाबी गर्नै पर्दैन, स्वतः बन्छ।

लामो समयसम्म मधेसको अधिकारको निम्ति भनेर आन्दोलन गर्नुभयो। अहिले चुनावी घरदैलोका क्रममा जनताले अधिकार र विकासमध्ये कुन कुरालाई बढी प्राथमिकता दिइरहेका छन्?

भनिन्छ– ‘हिँडेपछि ठेस लाग्छ।’ मधेसी जनतालाई पनि ठेस लागेर बुद्धि बढेको छ। विगतको संविधानसभाको चुनावमा जुन प्रतिबद्धता गरेर चुनावमा मत लिए, त्यसको उल्टो संविधान बनाइदिए। आन्दोलन गर्ने मधेसीको हत्या गरिदिए। मधेसी जनताले अब त्यस्तो गल्ती गर्दैनौं भनिरहेका छन्। मंसिर २१ गते सबै हिसाबकिताब चुक्ता गर्ने भनिरहेका छन्। सबैको पहिलो प्राथमिकतामा अधिकार देखिन्छ। एक नम्बरमा अधिकार नै हो। अधिकार पाएपछि विकास त हामी गरिहाल्छौं। 

तपाईंहरुले चुनाव जित्नुभयो भने मधेसले के पाउँछ?

जुन आन्दोलन र संघर्ष भइरहेको छ, त्यसले उपलब्धि पाउँछ। भनेको, मधेसी जनताले देशमा समानताको अधिकार पाउँछन्। विभेदको अन्त्य हुन्छ। जातिको नाममा, समुदायको नाममा कुनै जनताप्रति विभेद गर्नुहुँदैन भन्ने सिद्धान्तको पालना हुन्छ। मधेसका मधेसी, दलित, थारु, मुस्लिम, जनताति लगायतका जनताले लामो समयदेखि गर्दै आएको संघर्ष सफल भएपछि समानता पाउँछ, सम्मान पाउँछ, पहिचान पाउँछ, समावेशी र समानुपातिक अवसर पाउँछ। आफ्नो प्रदेश पाउँछ। भाषा, संस्कृति र भेषभुषाको मान्यता पाउँछ। आफ्नो विकास आफैं गर्न पाउने अवस्था आउँछ। 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन शुक्रबार, चैत २७, २०८२
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर शुक्रबार, चैत २७, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत २७, २०८२
आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्